के वास्तवमा परमेश्वर हुनुहुन्छ ?

रेभ. विजय कर्माचार्य

हरेक मानिसले जीवनमा सोध्ने गर्छन्, के परमेश्वर हुनुहुन्छ ? जब मानिस जीवनमा दुःख वा संकष्टमा पर्छ उसले आफैलाई सोध्छ, के परमेश्वर हुनुहुन्छ ? वा अरुलाई सोध्छ, के परमेश्वरको अस्तित्व छ त ? परमेश्वरको अस्तित्वको बारेमा संसारमा चलिआएको बिभिन्न तर्कहरू मध्ये प्रमुख तीनवटा तर्कहरूको बारेमा उल्लेख गरौं ।
पहिलो तर्कलाई सृष्टि सम्बन्धी तर्क (Cosmological  Argument) भनिन्छ । संसारको सृष्टिलाई हेरेर तर्क गरिन्छ कि यो सृष्टिको पछाडि कसै न कसैको हात पक्कै छ, यसलाई सृष्टि सम्बन्धी तर्क भनिन्छ । दोश्रो तर्क अनुसार यो सृष्टिको जुन प्रकारको आकार वा मानचित्र छ, त्यसाई कसैले डिजाइन गरेको हुनुपर्छ, अर्थात कुनै चित्रकारको हात छ भन्ने तर्क गरिन्छ । यस तर्कलाई टेल्योलोजिकल आर्गुमेन्ट (Teleological Argument) भनिन्छ । किनकि टेलोसको अर्थ कुनै डिजाइन वा मानचित्र भन्ने अर्थ लाग्छ । तेश्रो तर्क अनुसार मानिसमा जुन प्रकारको ठीक वा बेठीक छुट्याउने नैतिक चेतना छ त्यो चेतनाको पछाडि केही सिद्ध नैतिकवान मानिस छ र त्यो नैतिकवान परमेश्वर नै हुनुपर्छ । यसलाई एक्सियोलोजिकल आर्गुमेन्ट (Axiological Argument) भनिन्छ । एक्सियसको अर्थ न्याय वा नैतिक भन्ने हुन्छ ।
सृष्टि सम्बन्धी तर्क ः
सृष्टिको अस्तित्वको पछाडि कोही सृष्टिकर्ता हुनुपर्छ । यसलाई ल अफ कज्यालिटी पनि भन्दछ । कुनै पनि कुरा कुनै वस्तु, तत्व वा धातु विना सुन्यताबाट आउन सम्भव छैन । यस संसारको आकाश, जमिन, पानी, जिवजन्तु इत्यादीको पछाडि कुनै कारक हुनुपर्छ र त्यो कारक परमेश्वर हुनुहुन्छ । भनिन्छ,”Non being can not cause being, Something never spark from nothing, From nothing comes” । संसार यहाँसम्म आइपुगेको छ भन्नुको मतलव यसको शुरुवात भएको हुनुपर्छ र शुरुवात हुनुको अर्थ यसलाई शुरु गर्नुपर्ने हुन्छ । जीवन हुनुको अर्थ पनि जीवन दिने हुनैपर्छ । शुरु गर्नेमात्र भएर हुँदैन तर यसलाई निरन्तरता दिने पनि चाहिन्छ । जस्तो घडी कसैले सृष्टि गर्छ र यसलाई निरन्तरता दिनको निम्ति केही न कोही चाहिन्छ, बिग्रिएमा वा यसको व्याट्री सिद्धिएमा यसलाई हेर्ने व्यक्ति चाहिन्छ । यस विचारलाई शुरु गर्ने प्लेटो भन्ने दार्शनिक थिए पछि एरिस्टोटलले यसलाई प्रसिद्ध बनाए ।
मानचित्र सम्बन्धी तर्क ः
मानचित्र सम्बन्धी तर्कले भन्दछ कि कुनै घरको निर्माण गर्न निर्माण गर्ने व्यक्ति चाहिन्छ । सो घरलाई निर्माण गर्नको निम्ति कुनै डिजाइनर वा इन्जिनियरको आवश्यकता परे जस्तै यस संसारको सृष्टिको निम्ति पनि कोही न कोही एक जना डिजाइनर चाहिन्छ । यो परमेश्वर बाहेक अरु कोही हुन सक्दैन । कुनै पनि चित्र जति विषम वा गहन हुन्छ, त्यो मानचित्रको चित्रकार त्यति नै महान् हुनुपर्छ । यत्रो विशाल संसार सृष्टिको निम्ति कोही महान् मानिसले मात्र गर्नै सक्दैन, यसको पछाडि कसै परमेश्वरको नै हात हुनुपर्छ । संसारको सबैथोकलाई ठीकसँग व्यवस्थित रुपले सृटि गर्नु एकदमै असाधारण कुरा हो । १८औं शताब्दिमा विलियम पेले भन्ने व्यक्तिले यो विचारलाई अघि सारेका हुन् ।
नैतिकता सम्बन्धी तर्क ः
नैतिकता सम्बन्धी तर्कका अनुसार मानिसलाई ठीक बेठीक छुट्याउन सक्ने गरी सृष्टि गर्नुको पछाडि कोही सिद्ध, नैतिक र न्याय परमेश्वरको हात हुनै पर्छ । परमेश्वर बाहेक अरु कसैले सृष्टि गर्नै सक्दैन । संसारमा चोरी, व्यभिचार, झुठा अश्लिलता गलत हो भन्ने कुरा कहाँबाट आयो ? दोषीलाई दण्ड दिनुपर्छ भन्ने कुराको चेतना कहाँबाट आएको हो त ? यसको श्रोत कोही हुनुपर्छ । चोरले पनि चोरी गरेको कुरा कसैले नदेखेको त होला तर रातमा उ ठीकसँग सुत्न सक्दैन किनकि उसलाई आपूmले गलत गरेको थाहा छ । यो प्रकारको चेतना वा विवेक कहाँबाट आयो । यसको निम्ति कोही सिद्ध र नैतिकवान हुनुपर्छ ।
संसारको सृष्टिको पछाडि परमेश्वरको हात छैन भन्ने संसारमा एक विचार छ । यसलाई द्यष्न द्यबलन थ्योरी भनिन्छ । यो विचार संसारको धेरै मानिस र देशहरूमा पाइन्छ । यो विचार अनुसार आज भन्दा करिब २० अरब वर्ष अगाडि यो संसार केवल एउटा विन्दुमात्र थियो । यस विचार अनुसार एउटा बिन्दु वा धुलोको कण जत्रो वस्तु दू्रत गतिमा दौडिरहेको थियो र यसले एउटा विशाल विस्फोटको रुप लियो । यो विचारका प्रतिपादक बेल्जियमका एक खगोलशास्त्री जर्ज एडवार्ड लिमिटर थिए । संसारमा यस विचारलाई विज्ञानको विषयमा राखेर सिकाउनु उपयुक्त छैन कारण आजसम्म संसारमा कुनै पनि वैज्ञानिकले यसलाई प्रमाणित गर्न सकेको छैन । त्यो बिन्दु वा कण कहाँबाट आयो र यसलाई द्रुत गतिमा घुम्नको लागि उर्जा कहाँबाट आयो र यस भित्र के थियो । वैज्ञानिकहरूको भनाइ अनुसार ब्रम्हाण्डमा १ अर्ब तारापुञ्ज छन् । एउटा तारापुञ्जमा १ खर्ब भन्दा बढी तारा अट्न सक्छ । एउटा तारामा लाखौं सूर्य अटाउन सक्छ, एउटा सूर्यमा हामी बस्ने १० लाख भन्दा बढी पृथ्वी अटाउन सक्छ । यति विशाल संसारको शुरुवात एउटा धुलोको कणबाट भयो भन्नु तर्क संगत छैन । प्रकाशले १ सेकेण्डमा १ लाख ८६ हजार माइल दुरी पार गर्छ । प्रकाशको गतिमा यात्रा गर्ने हो भने १ मिनेटमा ७ पटक हामी बस्ने पृथ्वीको परिक्रमा गर्न सकिन्छ । सौर्य मण्डलको बाहिरी दुरी ३ अरब ५० करोड माइलको छ । यदि प्रकाशको दुरीको गतिमा यो सौर्य मण्डललाई १ पटक परिक्रमा गर्न मात्र ८ अरब बर्ष लाग्छ । यति विशाल र विषम संसार एउटा बिन्दुबाट आउनै सक्दैन ।
भजनसंग्रह ९०ः२ ले पहाडहरू उत्पन्न हुन भन्दा अघि अथवा पृथ्वी र संसार सृजनाभन्दा अघि अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ भन्दछ । भजन संग्रह ३३ः८, ९ मा सार पृथ्वीले परमप्रभुको भय मानोस् संसारका सारा निवासीहरूले उहाँको भक्ति गरुन् । किनकी उहाँको मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो र ती स्थिर रह्यो भनिएको छ । परमेश्वरले संसारलाई सृष्टि गर्नुभएको हो र यसलाई उहाँले नै हेर्नुहुन्छ भनि कलस्सी १ः१६ ले भन्दछ । यूहन्ना १ः३ ले सबैथोक येशू परमेश्वरबाट आएको हो भनिएको छ । सृष्टिलाई कसैले जाँच नै सक्दैन । सृष्टि भएको बेलामा को थियो ? तपाईं कुन कुरामा विश्वास गर्नुहुन्छ ? केवल परिकल्पनाहरूमा कि परमेश्वरको सत्यतामा सृष्टि भएको भन्ने कुरामा विश्वास गर्नुहुन्छ ? यो प्रश्नको जवाफ तपाईं आफैंले दिनुपर्छ । सृष्टिको पछाडि परमेश्वरको हात छ भनेर बाइबल धर्मशास्त्रले भन्दछ । संसारको प्रकृति, यसको चित्र तथा मानिसमा भएको चेतनाले पनि परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्दछन् ।

Related Articles

Check Also
Close
Back to top button