मैले विश्वास गरेको परमेश्वर “साँच्चै कै परमेश्वर” हुनुहुन्छ

म कृष्णदेवी राई ‘मार्था’ हु । जन्मस्थल घर भोजपुर जिल्ला खावा गा.वि.स. वादु·ला केराबारी–१ मा पर्दछ । हाल ललितपुर कुसुन्तीमा बस्छु । प्रोत्साहन मण्डली काठमाडौं, महाँकालमा सेवारत  म कृष्णदेवी राई ‘मार्था’ हु। जन्मस्थल घर भोजपुर जिल्ला खावा गा.वि.स. वादु·ला केराबारी–१ मा पर्दछ । हाल ललितपुर कुसुन्तीमा बस्छु । प्रोत्साहन मण्डली काठमाडौं, महाँकालमा सेवारत  छु ।  तपार्इंंसामु यस पुस्तकमार्पmत गवाही बाँड्न गइरहेकी छु ।
पुर्खौली धर्म किराँती परिवारमा जन्में र हुर्कें । एस. एल. सी. सम्म गाउँमा पढें । एस.एल.सी. पास गरेपछि काठमाडौं अध्ययनको क्रममा आएँ । पाटन क्याम्पसमा अध्ययन गर्न थालें । त्यस समयमा क्याम्पस क्रुसेड फर क्राईष्टका स्टाफ शान्ति तामांगले “चार आत्मिक नियम” बाट मलाई र मेरा केही साथीलाई सुसमाचार सुनाउनुभयो । मैले त्यसै समयमा प्रभुलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगत रूपमा ग्रहण गरें । मचाहिँँ नयाँ—नयाँ कुराहरू सिक्न र बुभ्mन चाहने व्यक्ति हु । त्यसैले यो पनि के रहेछ सुनौन त, बुझौन त, र क्याम्पस क्रुसेड फर क्राईस्टका सामग्रीहरूबाट उहाँले प्रभुको बारेमा सिकाउनुभयो ।
साथीको कोठामा एक जना विश्वासीलाई भेटें । उहाँसँग पहिलो पटक मण्डली गएँ र  सातदोबाटोस्थित  “ललितपुर स्थानिय मण्डली” मा निरन्तर जान थालेंं । प्रभुमा अगाडि बढ्ने अवसर, मौकाहरू पाएँ, र सोही मण्डलीबाट पानीको बप्तिस्मा पनि लिएँ र मेरो नाउँ “कृष्णदेवी राई” बाट  “मार्था राई” भनेर पास्टर बुबाले राखि दिनुभयो ।
क्राईस्ट टिमका स्टाफ “पा.राजेन्द्र मल्ल” हुनुहुन्थ्यो, हाल उहाँ लिभिङ्क बप्तिस मण्डलीका वरिष्ठ पास्टर हुनुहुन्छ । उहाँसँग भेटभयो, र क्याम्पस क्रुसेडका साना—साना एल.टी.आई. र एन.एल.ए. जस्ता तालिमहरूमा सहभागी बनाई धेरै कुराहरू सिक्न पाएँ । मैले १२ कक्षा सिध्याएपछि जि.सि.टि.सि. ९ महिने तालिम गर्न मौका पनि पाएँ । तालिम सिध्याएपछि नेपाल क्याम्पस क्रुसेड फर क्राईस्टमा ४ वर्ष भक्तपुरमा  १ वर्ष ललितपुर क्याम्पस टिममा सेवाकाइ गर्ने मौका मिल्यो ।
५ वर्षपछि मेरो विवाह भयो । विवाह पश्चात सेवाकाइलाई निरन्तर दिन सकिन किनकि क्याम्पस क्रुसेड फर क्राईस्टको रणनीतिमा श्रीमान् र श्रीमतीे दुवैले काम गर्ने  संस्था हो । श्रीमान् इन्जिनियर र अमेरिका जाने प्रक्रियामा हुनुहुन्थ्यो । त्यसैले म आफैँले छाड्नुपर्ने बाध्यता भयो ।  यस संस्थालाई मेरो ह्दयदेखि धन्यवाद दिन्छु ।

श्रीमानको आÇनो जन्मस्थल घर भुटान हो । झापा जिल्लाको बेल्डागीमा २० वर्ष अघिदेखि बस्दै आउनुभएको थियोे, र तेस्रो मुलुक अमेरिका, क्यानाडा, अष्टे«लियामा लगिरहेका थिए । उहाँ पनि अमेरिका जाने प्रक्रियामा बेल्डागीमा बसी प्रोसेस गर्दैहुनुहुन्थ्यो । मैले पनि आÇनो जागिर छाडें र श्रीमानले पनि आफ्नो पेशा इन्जिनियर छाड्नुभयो । म गर्भवती थिएँ र हातखट्टुा सुनियो ।  साथीहरूलाई र परिवारले भन्नुभयो, “यो समयमा यस्तै हुन्छ, र खासै समस्या होइन…।” मैले पनि त्यसलाई समस्या ठानिन र हल्का नै सम्झे, तरै पनि समय–समयमा गाह्रो भइरहेको हुन्थ्यो । भोजपुरमा जन्मि, हुर्की र काठमाडांैमा बसोबास गर्दै आएकी थिएँ ।

हामी दुवै जना काठमाडौंबाट बेल्डागीमा गयौ । तराईको गर्मी ठाउँमा बसेकी थिइन । बैशाख, जेठ महीना र गर्मी थियो । त्यहाँका मानिसहरूका प्रत्येकको हातमा पंखा हल्लाई राखेको देख्दा पहिला मलाई अनौठो लागेको थियो, साथै हाँसो पनि उठेको थियो, तर पछि सासूले मलाई एउटा पंखा दिनुभयो र म पनि पंखा हल्लाउदै ती मानिसहरू जस्तै गर्न थालें ।

रातमा, सुतिराखेकी थिएँ । देब्रे खुट्टामा पानी आएको थाहा पाएँ । टर्स बालेर हेर्दा पानी बगिरहेको थियो । भोलिपल्ट श्रीमानसँग बेल्डाङ्की अस्पतालमा जचाउन गयौं । डाक्टरले भन्नुभयो, “दमकको आम्दा अस्पतालमा जानुहोस् ।” आम्दा अस्पतालका डाक्टरले भन्नुभयो, “विराटनगर वा धरान घोपा क्याम्पमा जानुहोस्, यहाँ उपचार गर्न सकिदैन ।” धरान घोपा क्याममा गएँ र उपचार हुन थाल्यो । घाउ पत्ता नलगाई औषधी गरेका थिए, र निको हुनको सट्टामा झन् फैलिदै नली खुट्टाको घाउ घुँडामा र तीघ्रामा पुग्यो ।  मेरो आमाले  बिरामी भएको कुरा थाहा पाउनुभयो, र तुरून्तै  काठमाडांैमा आउने सल्लाह दिनुभयो र बिराटनगरबाट प्लेनको टिकट काटेर काठमाडौंको एयरपोर्टबाट सिधैं पाटन अस्पतालमा गयौं । मलाई उपचार गर्दा डाक्टरले गाइनोको डाक्टरलाई सोधेर मात्रा गर्नुभयो, किनकि मेरो पेटमा ८ महीनाको बच्चा थियो, र त्यो अवस्थामा औषधी प्रयोग गर्यो, भने पेटमा भएको बच्चालाई असर गर्छ, र असक्त बच्चा जन्मने सम्भावना हुन्थ्यो ।
म दिनदिनै साह्रो भएँ, किनकि दुईवटा समस्या थियो । खुट्टामा ठूलो घाउ र पेटमा बच्चा । रोगसँग लड्न नसकेर घरी—घरी बेहोस् हुन्थे । मलाई गाह्रो भई राखेको थियो । श्रीमानलाई भनें, “मलाई नछाड्नुहोस् ल… ।” त्यस समयमा श्रीमान् र आमा कुरा गरिरहेको सुनें । आमाले भन्नुभयो, “मेरी छोरीले भनेकी थिईन्, “आमा ¤ म तपार्इंंलाई पछि अमेरिका लग्नेछु ।” तर आज मेरो छोरीको अवस्था यस्तो छ, भनी रूनुभयो …।

म विश्वासी भएको कारण मण्डली, अफिस साथै ठाउँ—ठाउँमा विश्वासीहरूले मेरो लागि प्रार्थना गरिरहेका थिए ।
अगापे होस्टेलमा बस्ने बहिनीहरू मलाई हेर्न आउनुभयो । त्यो समयमा मेरो अनुहार र शरीर बेग्लै थियो, र तिनीहरूले देख्न साथ चिच्याउँदैं, प्रार्थना गर्न थाले, “मार्था दिदी तपार्इंंलाई के भयो ? कसरी यस्तो हुनुभयो ?” तर के गर्ने मेरो दिदीलाई रिस उठेछ, र उहाँले भन्नुभयो, “पिलिज बहिनीहरू हामीहरूलाई तपार्इंंहरूको प्रार्थना चाहिन्दैन के तिमीहरूको प्रार्थनाले निको पार्ने भएदेखि मेरो बहिनीको अहिलेको हालत यस्तै हुन्थ्यो ? छाडिदिनोस् प्रार्थना गर्न…” बिचरी बहिनीहरू त अक्क न बक्क भइन् । यो देख्दा मलाई साह्रै नरमाइलो लाग्यो । रून मन लाग्यो र रोएँ पनि । त्यो समयमा म रून बाहेक अरू के गर्न सक्थें र … । बहिनीहरूले प्रार्थना गर्दा खुशी लागेको थियो, किनकि मलाई प्रार्थनाको आवश्यक थियो । बहिनीहरूले सम्झाउदै भनीन्, “दिदी नरूनुहोस्… तपार्इंंको लागि हामीले यहाँ प्रार्थना गर्न नपाए पनि कोठामा प्रार्थना गर्नेछौंैं ।”

तिनीहरू कोठा फर्किन् र दिदी, भिनाजु पनि आफ्नो घर फर्किनुभयो । केही समयपछि श्रीमानबाहिर जानुभएको थियो । उहाँ आइपुग्नु भयो र उहाँलाई देख्नसाथ रून मन लाग्यो । मैले रूँदै दिदीले बहिनीहरूलाई गरेको व्यवहारहरू बताएँ । उहाँले भन्नुभयो, “तिमी निको हुन्छौ…प्रभुले निको पार्नुहुन्छ, निरास नहाऔं, अरूले जे भने पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ ।” त्यस समयमा उहाँ पनि दुःखी बन्नुभयो ।

त्यो समयमा म देख्दै थिए, घरी—घरी डाक्टरले श्रीमानलाई सुटुक्कै बोलाएर बाहिर लग्नुहुन्थ्यो, र मलाई शंका लाग्थ्यो, “मेरो स्वथ्य जटिल हुदैथ्यो ।” भोलि पल्ट मेरै मण्डलीका २ जना दाइहरू मलाई हेर्न आउनुभयो र आमाले भन्नुभयो, “कान्छी हेर त मण्डलीबाट तिमीलाई हेर्न दाइहरू आउनुभएको छ ।” मैले हेरें त्यति मात्र मलाई थाहा छ, अरू केही थाहा पाइन सायद म होसमा थिइन । उहाँहरूले मोबाइलमा मेरो फोटो खिचेर पास्टर बुबालाई देखाउँदै भन्नुभयो, “हामीले त पहिला नै मार्थालाई भनेका थियौं । त्यो केटासँग विवाह नगर भनेर, मानिनन् ।” म बिरामी हुनुमा कसैको दोष थिएन?

एउटा उखान छ, “ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ ।” । भनेको हो, रहेछ । म मृत्युसँग संघर्ष गरिरहेकी थिएँ । परिवारहरू बिरामी भएकोमा खुशी थिएनन्, ज्यादै दुःखी थिए, अर्कोतर्फ मण्डलीबाट परमेश्वरका जनहरूबाट त्यस्तो व्यवहार थियो । बलियो, स्वस्थ र राम्री, हुँदा सबैले मलाईसाथ दिएका थिए, तर बिरामी हुँदा साथ दिएनन् ।
मेरो   पेटमा बच्चा र खुट्टामा ठूलो घाउ । घाउ निको पार्नका लागि कडा प्रकारको एन्टिभाइटिक औषधी प्रयोग गर्नुपर्ने थियो, तर त्यो औषधी प्रयोग गरेमा पेटमा भएको बच्चालाई असर गर्ने र बच्चा ८ महीनाको मात्रा थियो साथै आफै जन्मन नसक्ने अवस्था थियो । बच्चालाई अपरेसन गरेर बचाउन सकिने, तर अपरेसन गरेर बच्चालाई बचाउँदा आमालाई बचाउन नसकिने थियो । ‘आमा’ कि ‘बच्चा’ रोज्नुपर्ने भयो । श्रीमानले भन्नुभयो, “बच्चालाई भन्दा आमालाई नै बचाई दिनुहोस् ।” त्यसपछि मलाई कडा एन्टिभाइटिक औषधी शुरू गरियो ।

२ दिनपछि आई.सी.यु. कोठामा लग्यो । आइ.सी.यु. मा लगेको २ दिनमा मेरो १०÷१५ मिनेट पेट दुख्यो र मरेको छोरा जन्म्यो  । म बाँचे, तर नरमाइलो लाग्छ, किनभने कसैको ज्यान लिएँ । सायद म त्यस समय बेहोस् भए होला । बच्चा खेर गएपछि औषधी, उपचार  गर्न सजिलो भयो, र विस्तारै मेरो घाउ निको भयो ।
आइ.सी.यु. कोठामा हँुदा मलाई थाहा थियो । साह्रो  हुदैछु, खुट्टामा ठूलो घाउ छ, तर त्यो घाउ देख्दा लाग्थ्यो, “यो घाउ त हो निको भईहाल्छ, मर्दिन ।” मेरो आत्माले कहिल्यै पनि हरेस खाएन । साँच्चै नै नमर्ने मानिस हरेस खाँदैन रहेछ । यो मेरो प्रभु येशूमा भएको व्यक्तिगत आशिष् हो ।
३ कुरा सम्झिरहन्थें । पहिलो, मैले हालसालै विवाह बन्धनमा बाँधिएकी थिएँ । अहिले मृत्यु भयो, भने श्रीमानलाई समाजले विभिन्न नराम्रा दृष्टिकोणले हेर्छन् । दोस्रो, घरको एक्लो ख्रीष्टियन थिएँ । ख्रीष्टियन भएर पनि बिमारी हुन्छ र ? भनेर मेरा परिवारले मलाई प्रश्न  गरि तर्साइ रहन्थे, त्यसकारण म गवाही हुन निको हुनै पर्छ ।  परिवारलाई सुसमाचार सुनाउनु पर्छ, र उहाँहरूको आत्मा बचाउनु पर्छ ।  तेस्रो, मैले क्याम्पस क्रुसेडमा सिकेको शिक्षाहरूलाई अरूलाई सिकाउन उत्कट इच्छा थियो । त्यो पूरा हुँदैन, कि भनेर प्रभुसँग प्रार्थना गरिरहन्थें ।

पाटन अस्पतालको आई.सी.यु.मा १८ दिनसम्म राख्यो । आई.सी.यु.पछि स्टेप डाउनमा राख्छ, फेरि १८ दिनसम्म रहें । त्यसपछि साखु सुस्मा मेमोरियल अस्पतालमा घाउको ग्राफ गर्नु पाटनबाट रिफर गरेको थियो, त्यहाँ फेरि, १८ दिनसम्म रहें । त्यसपछि मात्र डिस्चार्ज भई म पूर्णरूपमा निको भई घर फर्केकी थिएँ । मेरो जीवनमा एउटा रहस्य भयो, छुटकाराका दिन १८ मा ।   अर्को आशिष् आई.सी.यु मा हुँदा डाक्टरले भन्नुभयो, “१०० मा १० प्रतिशतमात्र आशा छ ।” आमा चिन्ता गरि रोइरहनु भएको थियो, र त्यस समयमा विरेन्द्र धनुषे दाइले भन्नुभयो, “आमा नरूनुहोस्, बहिनी बाँच्छिन्, मैले दर्शन देखेको छु ।” आमाले भन्नुभयो, “डाक्टरले १०० मा १० प्रतिशतमात्र आशा छ, यो बिरामीमा भनेको छ, म कसरी मेरो छोरीमा आशा गरूँ, यदि तिमीहरूको परमेश्वर साँच्चै कै परमेश्वर हो भने निको हुन्छ, नत्र डाक्टरले त माया मारिसकेको छ ।” तर म बाँचे । प्रभुले मलाई बचाउनु भयो । मेरो आमालाई पनि निरासमा पार्नु भएन । मैले विश्वास गरेको परमेश्वर “साँच्चै कै परमेश्वर” हुनुहुन्छ । हल्लेलूयाह …¤
यो मेरो अर्को आशिष् हो । यो मैले तपार्इंंहरूलाई भन्नै पर्छ । त्यो हो, मेरो श्रीमानबाटको आशिष् । आई.सी.यु.मा बस्दा त्यस समयमा जेष्ठ महीना गर्मी थियो । घरमा नुहाउँनु जाँदा एकैछिनमा हस्पिटल पुग्नुभयो, र कतै बाहिर निस्के पनि साहै्र चाँडो नअल्मलि अस्पतालमा पुग्नुभयो, र सासू—जुवाइँ मेरो आमासँग कुरूवा बस्ने ठाउँमा गफ गर्दै बसी रहनुहुन्थ्यो । मेरो आमाले भन्नुभयो, “कान्छी तिमीलाई तिम्रो श्रीमानले कति धेरै माया गर्नुहँुदो रहेछ ।”

अर्को, स्टेपडाउनमा एकजना नर्स आएर सोध्नुभयो, “मार्था तिमी के गर्छौ ? अनि तिम्रो श्रीमान् के गर्छन् ? तिम्रो श्रीमानको अनि तिम्रो परिवार कस्तो प्रकारको हो ?” त्यसपछि मैले सबै कुरा बताएँ । उहाँले भन्नुभयो,  “मार्था तिमी भाग्यमानी रहेछौं, र तिम्रो श्रीमान्  अति  असल हुनुहुन्छ । यसरी तिमी जस्तो भर्खरको केटीहरू साह्रो बिरामी भयो भने त, कति ले छोडेर जान्छ, र वास्तै गर्दैन, तर तिम्रो श्रीमान् त तिमीलाई छोड्दै छोड्दैनन् ।”

अर्को, पनि एकजना मेरो आत्मिकी आमा भन्दा पनि हुन्छ । “डार्लीङ्क आन्टी” जो अमेरिकाको थिइन् । म निको भएपछि भेट्नको लागि आउनुभयो र भन्नुभयो, “मार्था तिमी भाग्यमानी छौं, तिम्रो श्रीमान् एक असल व्यक्ति हुनुहुन्छ । नेपालीहरूमा तिम्रो श्रीमानलाई एकजना देखें ।” विवाहमा पास्टर बुबाले हामी दुबैलाई करार बाँध्नुभयो र भन्नुभयो, “दुःखमा होस् या सुखमा, अभावमा होस् या प्रशस्तमा, हामीलाई मृत्युले नछुटाएसम्म म तिमीलाई प्रेम र वास्ता गरि नै रहनेछु ।” साँच्चै नै आज मेरो श्रीमानले पूरा गर्नुभएको छ ।
मेरी ५ वर्षकी छोरी छिन् । हाल श्रीमान्  Madison Wisconsin City अमेरिकामा हुनुहुन्छ । परमेश्वरले मलाई धेरै आशिष् दिनुभएको छ । म पूर्णरूपमा च·ाई पाएकी छु । मलाई नयाँ र अनन्त जीवन दिनुभयो । प्रभुलाई मेरोभित्रि ह्दयदेखि नै धन्यवाद दिन्छु ।

Related Articles

Back to top button