दुईवटा खुट्टा भएकाहरू गएको मैले देखिनँ तसर्थ, म जानैपर्छ

उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा स्कटल्यान्डमा जन्मेका जर्ज स्टट हाम्रो छिमेकी मुलुक चीनको झेजियाङ्ग प्रान्तको वेन्जु सहरमा जाने पहिलो ख्रीष्टियान मिसनरी हुन् ।

१९ वर्षको उमेरमा लडेर खुट्टा सुन्निएकोले पछि तिनले देब्रे खुट्टा नै गुमाउन पुगे । अपाङ्ग हुँदाहुँदै पनि तिनी ४ अक्टोबर १८६५ मा मिसनरी भएर चीनतर्फ लागे । शारीरिक अशक्तताको बाबजुत पनि तिनी एक प्रभावशाली मिसन अगुवाको रूपमा खडा भए ।

स्टटले सेवा गरेको वेन्जु सहरमा स्थापित झेङ्ग्सी क्रिस्चियन चर्च प्राचीनतम चर्च हो जुन अहिलेसम्म पनि तिनको सेवाको साक्षीको रूपमा खडा छ । आज वेन्जु सहरलाई “चीनको यरूशलेम” भनेर चिनिन्छ किनकि पुरै वेन्जु नगरपालिकामा भएका ६० लाख जनसङ्ख्यामध्ये त्यहाँ १०% अर्थात् ६ लाख इभान्जलिकल ख्रीष्टियान छन् ।

एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी तिनलाई सोध्दा तिनले यसरी उत्तर दिएका थिए, “दुईवटा खुट्टा भएकाहरू गएको मैले देखिनँ । तसर्थ, म जानैपर्छ ।” अपाङ्ग भएर तिनले चीनमा २२ वर्षभन्दा बेसी समय बिताए ।

_ Kamal Adhikari with Reasons to Believe

Related Articles

Back to top button