मृत्युको मुखबाट उहाँलेले नयाँ र अन्नत जीवन दिनुभयो

म सरिता खड्की हु । जन्मस्थल घर काठमाडौंको भोटाहिटीमा हो । हाल कुसुन्तीमा बस्छु । कुसुन्तीको मिस्पा मण्डलीमा जान्छु । तपार्इंंसँग जीवन गवाही र आशिष् बाँड्न गइरहेकी छु ।म सरिता खड्की हँु । जन्मस्थल घर काठमाडौंको भोटाहिटीमा हो । हाल कुसुन्तीमा बस्छु । कुसुन्तीको मिस्पा मण्डलीमा जान्छु । तपार्इंंसँग जीवन गवाही र आशिष् बाँड्न गइरहेकी छु ।
हिन्दू परिवारमा जन्में,  हुर्कें र हिन्दू परिवारमा नै पाटनमा विवाह भयो । ४ जना छोरीहरू भए । नानीहरूलाई मैले भने जस्तोे खान, लगाउन र शिक्षा दिन सकिन, किनभने आर्थिक अवस्था कमजोर थियो । त्यसैकारण श्रीमानले विदेश जाने निर्णय गर्नुभयो । त्यसपछि घरको सबै जिम्मेवारी मेरो हातमा आयो । ४ जना छोरीहरू र सासूससुराहरूलाई हेर्नु पर्ने भयो ।
मलाई  टाउको दुख्ने, पेट दुख्ने समस्या थियो । डाक्टरलाई देखाउदा भन्नुभयो, “किट्नीमा पत्थरी छ ।” मैले श्रीमानलाई भनीन, किनकि पैसा कमाउन जानु भएको किन चिन्ता दिने । जब मेरो श्रीमान््् ३ वर्ष पूरा भएपछि घर आउनुभयो र किट्नीको अपरेसन भयो र  उहाँ फेरि विदेश नै फर्कनुभयो ।
नानीहरू र सासूससुराहरू पनि बिमारी भंैरहन्थे । प्रत्येक बिहिवार पाटनको ब·लामुखी मन्दिर जान्थें । छोरीहरू भने खवरै नगरि मण्डली जान्थे । मैले थाहा पाएपछि तिनीहरूलाई कराएँ र भनें, “म ब्रत बसेकी मान्छेलाई नछौंऊ… म चोखो गरेर बस्नुपर्छ ।” तिनीहरूचाहिँँ नरिसाइ सुसमाचार सुनाइरहें र भन्थे, “ममी एक पटक चाखेर त हेर्नुहोस् ।”
ब·लामुखीको ब्रत बसेको ३ वर्ष भैसकेको थियो । मेरो मनमा डर, त्रास, निरासा र अशान्ति मात्र थियो । यी कुराहरूबाट छुट्कारा पाउनको लागि चोखो गरि ब्रत बसि पूजा गर्ने र मन्दिर जाने गर्थें, तर पनि मेरो जीवनमा केही परिवर्तन भएन । झन््झन्् अशान्ति र समस्या मात्र भयो । यसरी नै मेरो दिनहरू बितिरहेका थिए । मेरो छोरीहरूलेचाहिँँ तिनीहरूलाई नराम्रो बोली र गाली गरेता पनि मलाई प्रभुको बारेमा सुसमाचार सुनाइ रहन्थे र भन्थे, “प्रभुलाई विश्वास गर्नुहोस्, तपार्इंंमा भएको सबै रोग र निरासाहरू प्रभुले हटाई दिनुहुन्छ ।” मण्डली जान थालें र  छोरीहरू पनि खुशी थिए । मण्डलीमा दिदीबहिनीहरूसँग सङ्कति र प्रार्थना गर्दा एक छुट्टै प्रकारको आनन्द, शान्ति आयो, र मैले त्यसै समयमा परमेश्वरलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगतरूपमा ग्रहण गरें ।
ब्रत बस्न छोडि दिएँ र निर्णय गरें, “अब पूजापाठ र मन्दिर जाँदिन, परमेश्वरमा विश्वास गर्छु ।” श्रीमान््् विदेशमा ७ वर्ष पूरा गरेर घर आउनुभयो । छोरीहरूसँग मण्डली गइरहेको कुरा बताएँ । उहाँले पनि विदेशमा प्रभुमा ग्रहण गरिसक्नु भएको थियो । सासू पनि मण्डली जानुहुँदो रहेछ, तर हामीलाई थाहै थिएन यो सबै कुरा आपूm–आपूmमा लुकाइरहेका थियौं । यो थाहा भएपछि सबैजना एकअर्कामा खुसी भयौं । त्यसपछि सबै परिवार ७ जनाले नै हामी एउटै मण्डलीमा जाने भनेर कुसुन्तीको व्याप्तिस मण्डलीमा जान थाल्यौं ।  केही समयपछि सबै परिवारले पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा पनि लियौं । सबै परिवारहरू मण्डली जान थालेपछि पहिलाको जस्तो बिरामी हुन छाड्योे । निरासा र अशान्तिहरू हट्यो । छोरीहरूको पढाई पनि राम्रो भयो, र परिवारमा परमेश्वरले आशिषहरू थपि दिनुभयो ।  फेरि टाउको दुख्न थाल्यो । उपचार गर्ने क्रममा एउटा वरिष्ठ डाक्टरकोमा पुगें । डाक्टरले जाँच गरेर एउटा औषधी लेखि दिनुभयो । औषधी किन्दा त्यहाँको भाइले भन्नुभयो, “दिदी यो औषधी खाँदा तपार्इंंलाई शरीरमा केही चिलाउने, बिमिरा वा खटिरा जस्तो देखियो भने रोक्नुपर्छ ।” औषधी २ हप्ताको थियो । १२ दिन बेलुकी औषधी खाएर सुतें । रातको १२ बजेदेखि शरीरमा साना—साना खटिरा र चिलाउन थाल्यो । बिहानसम्ममा  ओठ, जिब्रो, मुख र सबै शरीरभरि खटिरा र पानी भरेर बेलुनको लोला जस्तो भयो र आपैmँ फुटेर मासु र छाला छुट्टियो, र पाटन अस्पतालमा गएँ । खान, पिउन, हिड्न, बोल्न र उठ्न गाह्रो भयो । सास फेर्नसम्म गाह्रो भयो ।  शरीरको अंगहरूबाट रगत र पिप बग्यो । डाक्टरले भन्नुभयो, “यदि यो औषधीले १३ दिनसम्ममा काम गर्यो भने उपचार लाग्छ, नत्र हामी ग्यारेन्टी दिन सक्दैनौं, तपार्इंंहरू ख्रीष्टियन हुनुहुँदो रहेछ, प्रार्थना गर्नोस् ।” त्यो समयमा अक्सिजन र औषधीले काम गरेको थिएन । स्वास—नलीमा पनि घाउ, त्यसैले धेरै गाह्रो भएको थियो । अस्पतालमा हेर्न आउने मानिसहरू पनि मलाई देखेर निरास हुन्थे । छोरीहरूले सान्त्वना दिन्थे “आहा… ममी आज त कति धेरै राम्रो हुनु भएछ ।” तर वास्तबमा केही समयपछि बाथरूममा गएर रून्थे । सो कुरा थाहा पाउथें । प्रभुसँग पुकारा गरिरहन्थें, “परमेश्वर पिता तपार्इंंले मलाई त्याग्नु भए पनि मेरो घर परिवारलाई शान्तिसँग राख्नुहोस् ।” म त्यो समयमा मृत्युसँग लडिरहेकी थिएँ । मलाई साहै्र प्रार्थनाको आवश्वक थियो । मलाई लाग्थ्यो, “यो रोगलाई प्रभुबाहेक कसैले निको पार्न सक्तैन प्रभुमा मात्र सम्भव छ,।” ९ दिनमा मेरो जीवनमा परमेश्वरले आश्चर्यजनक कार्य गर्नुभयो । अस्पतालको बेडमा यसरी तड्पिरहेकी थिएँ । साहिली छोरी अस्पतालमा कुरूवा बस्ने, जेठी र माईली छोरी जाँच दिन जाने र कान्छी छोरी  पसलमा बस्ने गर्थे । कान्छी पसलमा रूदै प्रार्थना गरिरहेकी थिइन् । अचनाक एक बृद्वा ७० वर्षको मानिस आएर सोध्नुभयो, “नानी तिमी किन रोएकी तिम्रो घरमा को बिरामी छन्?” छोरीले अचम्म मान्दै सबै कुरा बताइन् । बुबाले भन्नुभयो, “म परमेश्वरका दास के.बी. राई हँु र घर खोटा·माड्डहो । नानी तिम्रो आमालाई केही पनि हँुदैनन्, निको हुन्छिन्, प्रार्थना गरिदिन्छु । मलाई यसैको लागि परमेश्वरको अगुवाइद्वारा यहाँ आएको हँु ।” छोरीले फोन गरिन्, र फोन मै बुबाले मेरोनिम्ति प्रार्थना गरिदिनुभयो । केही समयपछि छोरीले बुबालाई अस्पतालमा ल्याइन । उहाँले मलाई देख्नासाथ हाँसेर भन्नुभयो, “छोरी परमेश्वरमा भरोसा राख, मलाई परमेश्वरले तिम्रोनिम्ति पठाएको हो, तिमी परमेश्वरमा विश्वास गर र निको हुनेछौं ।” मैले टाउको हल्लाएर “हुन्छ” भनी संकेत गरें, किनकि म बोल्न पनि राम्ररी सक्तिन थिएँ र सुन्न मात्र सक्थें । प्रार्थनापछि घाउमा केही सितल भयो । साँझ भई सकेको थियो त्यसैले म भोली आउछु भनी उहाँ फर्कनुभयो । त्यही रात साहिली छोरी र श्रीमान््् बेडको नजिकै सुते । रातको १२ बजेको थियो । म निदाउँन सकेकी थिइन । त्यसै समयमा एउटा भयानक टाउको जस्तो मेरो बेडमाथि विस्तारै आइरहेको थियो र मैलेभित्रि ह्दयदेखि परमेश्वरलाई सकि—नसकि पुकारें, गुहार मागें, त्यो भुईमा झर्यो र फुट्यो । त्यसपछि म निदाएँ ।  दशौं दिन, पहिला भन्दा धेरै नै हलुको भैरहेको थियो । बुबा अस्पतालमा आउनु भयो र बाइबलका खण्डहरू पढि प्रार्थना गरिदिनु भयो, र फर्कनुभयो । त्यही रातमा मलाई परमेश्वरले केही साना—साना पानीका फोकाहरू हावाझँै गरि पठाउनु भएको मैले महशुस गरें, जसले मेरो घाउहरूलाई सितल दिइरहेको थियो ।  एघारौं दिन । फेरि बुबा आउनुभयो र सदाझैँ बाइबल पढेर प्रार्थना गरि दिनुभयो । जुन दिनदेखि बुबा आएर मेरो निम्ति प्रार्थना गरि दिनुभएको थियो, त्यही दिनदेखि मलाई औषधीले पनि काम गर्न शुरू गरेको थियो ।
त्यसैगरि लगातार चौधौं दिनसम्म बुबा अस्पतालमा आएर तेलले अभिषेक गरि प्रार्थना गरिदिनुभयो । म पूर्णरूपमा निको भएँ र डाक्टरले डिस्चार्ज दिनुभयो । सबै परिवार खुशी साथ रमाउँदै घर फकियौं । जसमा विश्वास गरेकी थिएँ, र प्रार्थना गरेकी थिएँ, अहिले मलाई त्यो परमेश्वरले निको पार्नुभयो । हल्लेलूयाह …¤
जेठी छोरी एक जना अमेरिकन प्रभुको दाससँग विवाह भयो । माहिली दुबइमा जागिरको शिलशिलामा गएकी छिन्, साहिली र कान्छी मेडिकलसम्बन्धि पढ्दैछन् । मलाई परमेश्वरले कष्टपछिको मज्जाको आनन्द जीवन दिनुभयो । परिवारप्रति साहै्र सन्तुष्टि छु । अहिले सबै परिवार परमेश्वरकै सेवामा समर्पित छौं । मलाई मृत्युको मुखबाट परमेश्वरले नयाँ र अन्नत जीवन दिनुभयो । परमेश्वरलाई धन्यवाद होस् ।

Related Articles

Back to top button