सूर्यवहादुर वल निर्विरोध निर्वाचित

असोज १७–१८ गतेसम्म सन सिटी प्यालेस, भरतपुर, चितवनमा भएको महाअधिवेशन सूर्यवहादुर वल (हनोक तामाङ्ग) लाई पास्टर तारा गुरुङले अध्यक्षमा समर्थन गरेपछि तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्य समितिको पदावधी तीन वर्ष हुन्छ । स्मरण रहोस् अध्यक्ष तामाङ्ग २०५३ सालदेखि २०५९ साल गरि २ कार्यकाल अध्यक्षको भुमिका निर्वाह गरेका छन् । उनको बाहिर हुँदा होस् या भित्र हुँदा होस् एनसिएफलाई प्रभाव पार्ने व्यक्तित्वको रुपमा लिइन्छ । हाल उहाँ आराधना चर्च, सानेपाका पाष्टरको रुपमा सेवा गरिरहेका छन् । केही हप्ता अघि आराधना चर्चले ४० औं बार्षिक उत्सव भब्यताको साथ सम्पन्न भएको थियो । साथै तामाङ्ग एनसिएफको महासचिवको पदमा समेत कार्यभर सम्हालिसकेका छन् ।
यस्तै उपाध्यक्षमा पास्टर विर बहादुर कार्की, सचिवमा पास्टर विर बहादुर तामाङ र कोषाध्यक्षमा पास्टर विश्वदेव खड्का निर्वाचित हुनुभएका छन् ।  चार जना प्रतिस्पर्धी भएपनि पास्टर विर वहादुर कार्कीले २१६ मत ल्याई विजयी हुनुभएको हो । सचिव पदका लागि तीन जना प्रतिस्पर्धी भएपनि विर बहादुर तामाङले २५६ मत ल्याई विजयी हुनभएको थियो भने कोषाध्यक्ष पदका लागि दुई जना प्रतिस्पर्धी भएतापनि पास्टर विश्वदेव खड्काले २८५ मत ल्याई विजयी हुनुभएको हो ।

Related Articles

Back to top button