एन.सि.एफ. नेपालको केन्द्रिय महाधिवेशनबाट रेभ. हनोक तामाङ्ग निरविरोध निर्वाचित

२०७४ असोज १७ र १८ गते भरतपुर चितवनको सनसिटी पार्टी प्यालेसमा सम्पन्न भएको एन.सि.एफ. नेपालको केन्द्रिय महाधिवेशनबाट आराधना मण्डली सानेपाका बरिष्ठ पाष्टर रेभ. सुर्य बहादुर बल तामाङ्ग (हनोक) अध्यक्ष पदमा निरविरोध निर्वाचित हुनुभएको छ । अन्यपदको लागि भने एकभन्दा बढि उम्मेदवारहरुको मनोनयन दर्ता परेकाले निर्वाचन प्रकृयाद्धारा विजय पदधिकारीहरुको टुङ्गो लगाईएको हो । जसअन्तर्गत उपाध्यक्षमा रेभ. बीर बहादुर कार्की, सचिवमा पाष्टर बीर बहादुर तामाङ्ग र कोषाध्यक्षमा पा विश्वदेव खड्का विजय हुनुभएको छ । नवनिर्वाचित पदधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त डा. सिमोन पाण्डे ज्यू, ले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
दुईदिन सम्म लगातार संचालन भएको यस अधिवेशनको पहिलो दिन भरतपुर महानगरपालिका को उपमेयर पार्वती शाह ठकुरीको प्रमुख आथित्य एवं अध्यक्ष टेक ब. दाहालको सभापत्विमा उद्घाटन सत्र सम्पन्न भएको थियो । प्रमुख अतिथि उपमेयर पार्वती शाह ठकुरीले सभाको उद्घाटन गर्दै एन.सि.एफ. नेपालले राष्ट्रव्यापीरुमा मण्डली तथा सामाजिक क्षेत्रमा पु¥याएको उल्लेखनिय योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो साथै यस अधिवेशनले एकताको सन्देश दिदै सर्वसमत असल नेतृत्व चयन हुन्सकोस भन्ने कामना पनि गर्नुभएको थियो । आफ्नो मनतव्य दिने क्रममा आफुले कसरी प्रभुलाई विश्वास गरेको र प्रभुको अनुग्रहले उपमेयर जस्तो गरिमामय पदमा निर्वाचित हुन् सफल भएको विषयमा आफ्नो गवाही पनि बाड्नु भएको थियो । यसै क्रममा आफु एक इसाई जनप्रतिनिधि भएको कारणले नेपाली मण्डलीहरुको लागि राज्यस्तरमा आवज उठाएर सक्दो सहायत गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।
भातृप्रेम रहिरहोस हिब्रु १३ः१ पद अधिवेशनको थिम रहेको थियो । प्रमुख बक्ता पाटन क्वाईनोनिय चर्च का बरिष्ठ पाष्टर डा. मंगलमान मर्हजन, विशषे वक्ताहरु इम्मानुएल कृपा चर्चका बरिष्ठ पाष्टर रेभ. बी.बी. राई, र एन.सि.एफ का भुपु अध्यक्ष रेभ. एस. सोदेम्बा ज्यूले अधिवेशनको थिमभित्र रहेर विभिन्न सेसनहरुमा प्रभावशाली रुपमा उपस्थित प्रतिनिधिहरुको वीचमा परमेश्वरको वचनको सेवा गर्नुभएको थियो ।
साधारण सभामा एन.सि.एफ.नेपालका निमित महासचिव डा. के.बि.तामाङ्ग ज्यूले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम परियोजना त्यस्तै गरि केन्द्रिय कोषाध्यक्ष विश्वदेव खडका ज्यूले प्रस्तुत गर्नुभएको लेखापरिक्षण प्रतिवदेन एवं नयाँआर्थिक बर्षको बजेट परियोजनालाई सभाले सर्वसहमत पारिद गरेको थियो ।
सभालाई सम्वोधन गर्दै सभापति टेक बहादुर दाहाल ज्यूले आफ्नो कार्यकालमा भएगरिएका केही गतिविधिहरुलाई उल्लेख गर्दै कार्यकाल अवधीभर विभिन्न रुपमा सहायत पुर्याउनु भएका कार्यसमितिका पदधिकारी, सल्लाहकार, कर्मचारी साथै मण्डली सदस्य प्रतिनिधिहरुलाई धन्यवाद दिर्दै कार्यासमिति विघटन भएको घोषण गर्नुभएको थियो । यसैक्रममा निवर्तामान अध्यक्ष टेक बहादुर दाहाल ज्यूको नेतृत्वमा रहेको निवर्तामान कार्यसमितिलाई डा. मगलमान महर्जनको बाहुलीबाट केन्द्रिय कार्यालयले तयार पारेको मायाको चिनो प्रदान गरिएको थियो ।
अधिवेशनको बन्दसत्रमा प्रवेश गरि प्रमुख निर्वाचन आयुक्त डा. सिमोन पाण्डेले नयाँ कार्यसमिति गठनको लागि प्रकृया अगाडी बढाउनु भएको थियो । निर्वाचन समितिमा डा. मगलमान महर्जन र रेभ. बी.बी कार्की पनि आयुक्तको रुपमा हुनुहुन्थ्यो भने भु.पु अध्यक्ष रेभ. एस सोदेभ्बा निर्वाचन पर्यवेक्षक बन्नुभएको थियो । यस अधिवेशनमा एन.सि.एफ.मा आवद्ध मण्डली तथा संघसस्थाका करिव ५०० जना प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

Related Articles

Back to top button