नेपाली इसाईहरुले बुझ्नुपर्ने गम्भिर रहस्यको एउटा पाटो

नेपालको सन्दर्वमा सम्पुर्ण नेपालीहरुले र खासगरी नेपाली इसाईहरुले बुझ्नै पर्ने गहिरो रहस्यको कुरा के हो भने जबसम्म हामी प्रत्येक नेपाली नागरिकहरु उद्यमि भएर देसको प्राकित स्रोत साधनको अधिकतम उपयोग गर्दै आथिक परनिर्भताको अवस्थालाई आर्थिक आत्मनिर्भरतामा बदलेर भारतिय मुलका माडवारीहरुका हातमा भएको अर्थतन्त्रको मियो नेपालीहरुको हातमा लयाउदैनौं तबसम्म देशमा ठुलो परिवर्तन ल्याउन सक्नैछैनौं । यसको लागि कुनै न कुनै रुपमा ब्यापार ब्यवसाय उत्पादन बिक्रि बितरणमा धेरै भन्दा धेरै नेपाली नागरिक सहभागी भएर ब्यापक रुपमा पुजि निर्माण गर्नुपर्ने हुन्छ । राष्टिय अर्थनत्त्रको महत्वपुर्ण हिस्सा नेपालीको हातमा लिनको लागि हाम्रो हातमा आएको पैसा फेरी बिदेसिको हातमा पर्न नदिने गरी हाम्रो आफनै बित्तिय सस्था, हाम्रो आफ्नै उत्पादन, हाम्रो आफ्नै खपत, दैनिक उपभोग्य बस्तु उत्पादन, खासगरी खाद्यान्न, तरकारी, फलफुल मासुजन्य बस्तु बिदेसबाट आयत गर्न छोडेर आफै उत्पादन गरी उपभोग गर्ने र निर्यात गर्ने परिपाटिको बिकास गर्नु अत्न्त जरुरी छ ।
हामी इसाईहरुले मुख्य रुपमा राजिनितीमा दिर्गकालिन प्रभाव पार्नको लागि राजनितीक र आर्थिक मुदालाई संगसंगै रणनितिक रुपमा लिएर जानुपर्नेछ । हामी कसरी हुन्छ पुजि निर्माण गर्ने र त्यसको केहि हिस्सा समाज कल्याणमा केहि हिस्सा उत्पादन मुलक काममा केहि हिस्सा बिकासमा लगाएर धेरै मानिसहरुको लागि रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा सक्षम बनाउने दिसामा काम नगरी परंपरागत तरिकाले गफ मात्र गरेर राजनिती गर्नेले सफलताको सपना देखेर गरिएको बिस्लेषण सरासर गलत हो । नेपालको शिक्षाले गफाडि उत्पादन गरेको छ हाम्रो संस्कार हाम्रा पुर्खाका पालाको भन्दा पनि गए गुज्रेको छ । हामी जताततै देख्न सक्छौं कि नेपालीहरु आफ्ना बारी बाँझै राखेर तरकारी, फलफुल, अन्न बिदेसबाट किनेर खाइरहेका छौं । यो परनिर्भरताको पराकाष्ठा हो र यसको जगमा खडा भएको कुसस्कारको जरा उखेल्ने काम परमेश्वरका आत्माको शक्ति र सहयोगमा इसाईहरुले गर्नुपर्नेछ अरुले गर्न सक्दैनन् । त्यसको लागि परंपरागत शिक्षा प्रणालीमा आमुल परिवर्तन गरी एकादेसको कथा पढेर बिस्लेषण गर्दै बस्न छोडेर शिपमुलक, अनुसन्धानमुलक उत्पादनमुलक र उद्यमसिल शिक्षा लागुगर्नुपर्ने हुन्छ । कामलाई बिभेद गर्न छोडेर सम्मन गर्न सिक्नु अत्न्त जरुरी छ र आत्मनिर्भरताको लागि उद्यमसिलताको बिकल्प छंदै छैन । हामी ब्यवसायीक उदमसिल बन्नुको साटो ब्यवसायीक भिखारी बन्ने बाटोमा हिडिरहेका छौं । कहिलेसम्म बिदेसिसंग भिख मागेर महल ठड्याउने गाडि चढ्ने अनि आफनै दाजुभाईलाई हेप्ने संस्कृतिको बिकास गर्ने ? यो गलत छ यसरी हुँदैन हामी झन् झन् कंगाल भइरहेका छौं ।
इजकिएल ४७ः१–१२ लाई एकछिन बिचार गरौं । इतिहासदेखि आजसम्म संसारभरी इसाई मात्र यस्तो जाति हो जसद्धारा परमेश्वरले पृथ्वीमा जीवन ल्याउनुहुन्छ, समृदि ल्याउनुहुन्छ, न्याय स्थापित गर्नुहुन्छ, स्वतन्त्रता ल्याउनुहुन्छ, समानता ल्याउनुहुन्छ, बिकास र ठूला ठूला क्रान्ति पनि इसाईहरुको अगुवाईमा ल्याउनभएका प्रसस्तै ठोस उदाहारणहरु हामीलाई थाहा छ । पुरानो करारमा यहुदिहरुलाई परमेश्वरले दिनुभएका प्रतिज्ञाहरुले आजस्म्म पनि कसरी काम गरिरहेका छन् भन्ने कुराको एउटा प्रमाण आजको विस्वको अर्थ ब्वयस्थालाई अध्ययन गर्दा थाहा हुन्छ । संसारभरमा भएको सम्पुर्ण सम्पतिको ४० प्रतिसत हिस्सा ८ जना यहुदि अरवपत्तिहरुको हातमा छ । युरोप र अमेरिकाको सम्पुर्ण अर्थतन्त्रको ६० प्रतिसत हिस्सा यहुदिहरुको हातमा छ । त्यसकारण उनिहरुले त्यहाँको सारकार राजनिती, अर्थब्यवस्था, बजार लगायत सबै क्षेत्रमा दिर्घकालिन प्रभाव जमाएका छन् । अझ भन्नु पर्दा संसरभरीको अर्थतन्त्रमा यहुदिहरुको प्रभाव परेको छ । तिमीहरु शीर हुनेछौ तिमीहरु ऋण लिने होइन तर ऋण दिने हुनेछौं भन्ने प्रतिज्ञा पुरा भएका छ यहुदिहरुको लागि ।
सन् ७० एडिमा इस्रायल देसको अस्तित्वे समाप्त भएपछि युरोप भागेका र पछि अमेरिकातिर पुगेका यहुदिहरु सुरुमा मानिसहरुका बस्तु ओसार पसार गर्ने भरिया थिए । समयान्तरमा उनिहरु नै नामुद ब्यापारी र उद्योगीमा परिणत भए । पुनरजागरणको समयदेखि युरोपमा भएको कृषि क्रान्ति, औदोगीक, क्रान्ति बैज्ञानिक आविस्को युगको सुरुवात लगायत आजसम्म संसारले जति पनि उपलब्धि हाँसिल गरेको छ र आजको अत्याधुनिक विस्व समाज निर्माणको यस चरणसम्म आइपुगेको छ यसमा सबैभन्दा बढि यहुदिहरुको हात रहेको तथ्य प्रमाण देख्न पाइन्छ । इजकियलले दर्शन देखेको यरुस्लेमको मन्दिरबाट निस्केको सानो नदि अन्त्यमा बिसाल नदि भएको र त्यसले जीवन र समृद्धि ल्याएको कुराको बस्तुगत उदाहरण हामी यसरी देख्न सक्छौं ।
नेपालको सन्धर्भमा के हो त ? हामी नेपाली इसाईहरुको अवस्था र यथार्थ के हो त ? हाम्रो लागि के के अवसरहरु छन् ? हामी साधारण मानिसहरु छौं तर हामी अराधारण मानिसहरु हौं किनकि हामीसंग सारा ब्रमाण्डका रचनाकार हुनुहुन्छ । परमेश्वरसंग सारा विश्वमा जीवन र समृद्धि ल्याउने गुरुयोजना छ । नेपाली इसाईहरुको लागि बढो उत्साहको कुरा यहि हो कि हामी पनि त्यहि गुरुयोजनाको हिस्सा बन्न गइरहेका छौं । एकदिन नेपालका इसाईहरु पनि अरवपत्तिको सुचिमा नाम लेखाउन सक्षम हुनेछन् । देसको अर्थतन्त्रको मुख्य हिस्सा बन्न सक्नेछन् । देसमा सुसासन, न्याय, बिकास समृद्धि र जीवन ल्याउने काममा प्रमुख भुमिका खेल्न सक्नेछन् । हामी एकदिन देसको सर्वौच्च स्थानमा उभिएर गर्भका साथ नेपालको आधुनिक बिकासमा इसाईहरुको महत्वपुर्ण भुमिका रहेको तथ्य घोषणा गर्नेछौं । परमेश्वरले हामीले बिचार भरेको भन्दा भिन्न तरिकाले यस देसमा काम गरिरहनुभएको छ । हामी अझै पनि अल्पमतमा छौं हामी सानो समुदायको रुपमा थोरै संख्यामा छौं तर पनि यस देसमा हाम्रो कारणले निकै ठूलो हलचल आएको छ । कतिपटक हामी भ्यागुते शैलीमा कराएर काम बिगारेका छौं तर पनि परमेश्वरले सबै परिस्थिती समाल्दै यहाँसम्म ल्याउनुभएको छ । अझै पनि उहाँसंग धेरै दुरदृष्टिपूर्ण गुरुयोजना छ जसमा आम्रो सुझबुझपूर्ण सहभागीताको आवस्यक छ । ब्यवस्था ६ः१०–११ हामी उहाँको प्रतिज्ञा देख्न सक्छौं । हामीले नबनाएका सहरहरु, हामीले नबनाएका घरहरु र त्यहाँ भरिभराउ भएका थोकहरु दिन परमेश्वरले इच्छा गर्नुभएको छ ।
हामी संसारभरी बहादुर भनेर कहलिएका जातिहरु हौं । साम्राज्यबादिहरुलाई बिस्वयुद्ध जिताएका जातीहरु हौं तर हाम्रो आफ्नै देसमा चाहि हामी सताब्दियौंदेखि हार्दै आइरहेका छौं । यसको पछाडि भौतिक र आर्थिक कारणमात्र छैन त्यसको पछाडि अत्यन्तै ठूलो आत्मिक कारण पनि छ । अन्धकारको आत्माले सबै देसबासिहरुलाई पैतालामुनि कुल्चेको छ । त्यो शक्तिलाई आफ्नो पैतालामुनि कुल्चने अधिकार र शामर्थय हामी इसाईहरुसंग मात्र मौजुद छ । त्यसका जुइनाहरुलाई एक एक गरी चुँडाएर त्यसको जरा उखेलेर फाल्न्को लागि लामो र कठोर संघर्ष गर्नुपर्नेछ । त्यस संघर्षको लागि सबै बिस्वासीहरुलाई तयार पार्नको लागि सबैभन्दा पहिला हामी घरभित्र आपसमा लड्न छाड्नुपर्छ एकअर्कालाई आफुभन्दा स्रेष्ठ ठानेर सहकार्य गर्नु अत्न्तै जरुरी छ । अवसरबादि चरित्रलाई आफैभित्र मारेर देश र जनताको सेवा इमान्दारितासाथ गर्छु भन्ने अठोट र परमेश्वरको स्पष्ट बोलावट लिएर मैदानमा आउनेहरुमात्र सफलताको सिखरमा पुग्नेछन् ।

  • रोसन खतिवडा

 

Related Articles

Back to top button