त्यो गाई खाने र सानो जातले मान्ने धर्म मान्न गएको रहेछस्, अब यो घरमा नबस्

मेरो नाम शंकर दत्त भट्ट (सुशिल) हो । मेरो जन्मस्थल सुदुर पश्चिमको बैतडी जिल्ला भटना गा.वि.स. वडा नं. ९ मा पर्दछ, र हाल ललितपुर जिल्ला सुनाकोठी–२६ जैनखेलमा बस्दै आइरहेको छु, अनि गुड न्युज मिसन मण्डलीमा पास्टरीय सेवाकाइ गरिरहेको छु । मेरो नाम शंकर दत्त भट्ट (सुशिल) हो । मेरो जन्मस्थल सुदुर पश्चिमको बैतडी जिल्ला भटना गा.वि.स. वडा नं. ९ मा पर्दछ, र हाल ललितपुर जिल्ला सुनाकोठी–२६ जैनखेलमा बस्दै आइरहेको छु, अनि गुड न्युज मिसन मण्डलीमा पास्टरीय सेवाकाइ गरिरहेको छु ।

म हिन्दू परिवारमा जन्मी हुर्किएको हु। म सानोमा रिसाहा स्वभावको थिए, साथीहरूलाई पिट्थें र आपूm पनि कहिल्यै काही पिटाई खान्थें । म सानैदेखि पढाईमा अब्बल थिएँ । पोखरामा नि.मा.वि.मा अध्ययनको सिलसिलामा साथी श्री निरञ्जन बम र विरबहादुर गडालको माध्यमद्वारा सुसमाचारीय पत्रिका “आनन्दित जीवनको बाटो” भाग–१ पढ्ने मौका पाएँ । केही समयपछि त्यही पुस्तकको भाग–२ पढ्ने मौका पाएँ । एस.एल.सी. परीक्षा दिएर बसेको बेलामा “नेपाल सुसमाचार प्रचार केन्द्र” (ने.सु.प्र.के.) पोखराबाट एम.एस.राणा सरले एकहप्ते चेलापन तालिममा सहभागी हुनको लागि रजिस्टरहरू पठाउनुभयो । त्यसमा म लगायत साथीहरू निरञ्जन र विरबहादुरसँग त्यस तालिममा सहभागी हुने भनेर निर्णय गर्यौ, अनि हामी ३ जना पोखराको नयाँ गाउँ मण्डलीमा तालिममा सहभागी भयौं । खास कुरा के भने म त्यहाँ पुग्दासम्म पनि येशू खास कसको नाउँ हो भन्ने पनि राम्ररी थाहा थिएन । त्यो एक हप्ते तालिममा बल्ल मैले प्रभुको बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ, र ख्रीष्टियन समुदायका वरिष्ठ व्यक्तिहरूसँग पनि भेटघाट भयो ।
त्यो समयभन्दा पहिले म साथीभाइहरूको लहलहैमा चुरोट र गाँजा खान थालिसकेको थिएँ, तर त्यो एक हप्ते तालिमले मेरो जीवन फेरिदियो । त्यसै समयमा २२ जना सहभागीमध्येमा म लगायत ७ जनाले परमेश्वरलाई “मेरा प्रभु र मुक्तिदाता” भनी व्यक्तिगतरूपमा ग्रहण गयौं । तालिमको अन्तिम दिनमा सरले सोध्नुभयो, “तपार्इंंहरूमध्ये कति जनाले बप्तिस्मा लिन चाहनुहुन्छ ?” अनि म, एकजना गोर्खाकी बहिनी र एकजना धादिङका भाइ गरी हामी ३ जना तयार भयौं र पोखराको विजय नदीमा पास्टर गृष्म पराजुलीको हातबाट पानीको बप्तिस्मा लियौं । मैले बप्तिस्मा लिएता पनि मलाई अझै बप्तिस्माको बारेमा पनि केही थाहा थिएन । जेहोस् परमेश्वरलाई धन्यवाद होस्, त्यसै समयदेखि उहाँले मेरो जीवनमा ठूलो योजना बनाउनुभएको रहेछ ।

तालिम सकेपछि म आÇनो घर बैतडीमा फर्कें र तालिममा जे सिकेको थिएँ, ती कुराहरू परिवारलाई बताएँ । म ब्राहमन परिवारको भएको कारण मलाई परिवारबाटै खेदो आयो । मेरो बुबा जान्ने धामी हुनुहुन्थ्यो । मेरो कुरा सुनेपछि उहाँले “त्यो गाई खाने र सानो जातले मान्ने धर्म मान्न गएको रहेछस्, अब यो घरमा नबस् ।” भनी गाली गर्नुभयोे, र मलाई पिट्नु पनि भयो । घरमा बस्ने अवस्था भएन? र म लुगा कपडा झोलामा हालेर घरबाट हिँडें तर कहाँ जाने भन्ने कुरा थाहा थिएन । मैले प्रार्थना गरेंं, “हे प्रभु, मलाई यो संसारका आमाबुबाले त्याग्नुभयो, घरमा बस्न दिनुभएन, अबदेखि मेरा आमाबुबा भनेको नै तपार्इं हुनुहुन्छ । अबको सबै समय तपार्इंलाई नै दिन्छु ।” हिब्रू १३ः५ पदलाई सम्झें, “…म तिमीलाई कुनै रीतिले छोड्नेछैन, म तिमीलाई त्याग्नेछैन ।”

मेरी दिदी धनगढीमा हुनुहुन्थ्यो र म उहाँको घरमा गएँ । त्यहाँ मण्डली खोजेर जान थालें । अलि पछि त्यहाँबाट मैले पोखराको पूर्ण कायस्थ सरलाई फोन गरें र मेरो अवस्थाबारे बताएँ । उहाँले, “यहाँ आउनु तपार्इंंको लागि केही व्यवस्था मिलाइदिनेछु” भन्नुभयो र म पोखरा गएँ । पोखरा पुगेको १०÷१५ दिनपछि ४ महीने मण्डली स्थापना तालिम प्रभुले जुटाइदिनुभयो जुन तालिम क्याम्पस क्रुसेड फर क्राइष्टको मातहतमा थियो । तालिममा अरू धेरै कुराहरू सिक्ने मौका पाएँ । तालिम सकिएपछिको समयमा फेरि म कहाँ जाने भन्ने मेरो जीवनमा अर्को चुनौती थियो । जे भए पनि मेरो घरमा नै जान्छु, भनी घर फर्कें । दाज्यु रिसले कराउनुभयो र बाइबल भजनहरू सबै मट्टितेल हालेर जलाइ दिनुभयो । तालिमकै समयमा एस.एल.सी.को रिजल्ट आयो, र पास भएँ तर क्याम्पसमा भर्ना गर्ने समय सकिएको कारण र मेरो घरको अवस्था मप्रति साहै्र नकारात्मक भएको कारण मैले पढाईलाई निरन्तरता दिन सकिनँ । त्यसपछि “बरू कतै तालिममा नै जान पाए जाने थिएँ” भन्ने सोचें, अनि पुनः दिदीको घर धनगढीमा गएँ । धनगढीका कलवरी मण्डलीका पास्टर जोसेफ श्रेष्ठले २ वर्षको चेलापन तालिममा काठमाडौंमा सहभागी हुने अवसर मिलाई दिनुभयो । यो तालिम सिध्याएर पनि फेरि घर फर्कें । मैले निरन्तर मेरो परिवारलाई सुसमाचार सुनाई नै रहें । फलस्वरूप पहिला भाइ प्रभुमा आउनुभयो, त्यसपछि बाइबल जलाइदिने दाइ प्रभुमा आउनुभयो र अहिले उहाँ बैतडीमै पास्टर भएर प्रभुको सेवाकाइ गरिरहनुभएको छ । ८१÷८२ वर्ष पुगेका आमाबुबा र दिदीको परिवारले पनि परमेश्वलाई ग्रहण गरे । हल्लेलूयाह ¤
हाल धनगढी र अरू ठाउँहरूमा १० वटा स—साना छोरी मण्डलीहरू स्थापना भइसकेको छ र २ वटा बाल—विकास केन्द्रलाई पनि सम्हालेको छु । त्यसको साथै आवना क्लवमा स्वम—सेवकको रूपमा अनि नाजरिन मण्डली, सी.एन.सी.एम. सुदुर पश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलको क्षेत्रमा संयोजकको रूपमा पनि काम गर्दैछु । मर्सी मिसन हिमालयजको सचिव, एन.सी.एम.को बोर्ड सदस्यलगायत अन्य ठाउँहरूमा पनि परमेश्वरले सेवाकाइ गर्ने अवसर दिनुभएको छ । हाल एन.सी.एफ.एम र बिल्डको एम.मिन र आई.एल.एल.बि. अध्ययन गर्दै पास्टरीय सेवामा निरन्तर लागिरहेको छु, र द तीमोथी इनोसेटिभमा डि.एलका रूपमा काम गरिरहेको पनि छु । यसरी मेरो जीवनमा परमेश्वरले धेरै भन्दा धेरै आशिषहरू दिइरहनु भएको छ । यो सबै परमप्रभुबाट भएको अनुग्रह हो ।

अहिले सम्झँदा सायद त्यस बेलामा मलाई मेरो बुबाले घरबाट त्यसरी ननिकालेका भए, म यो अहिलेको स्थानमा पुग्ने थिइन जस्तो लाग्छ । ती विगतका दिनहरूलाई नियाल्दा र यी अहिलेको आशिषहरू हेर्दा सबै कुराको लागि भित्री ह्दयदेखि नै परमेश्वरलाई धन्यवाद नदिई रहन सक्दिनँ । तसर्थ, म बाँचुन्जेल परमप्रभुको सेवा र प्रशंसा गर्नेछु । आमेन ।

Related Articles

Back to top button