धर्म परिवर्तन भन्दा ठूलो केही गल्ती नभेटाएका कारण अरू कारबाही गर्न सकेन ।

म बुद्दी सुनार हु । जन्मस्थल जाजरकोट जिल्ला कार्की गाउँको पिपलटरामा पर्दछ । ख्रीष्टिय मण्डलीमा पास्टरीय सेवाकाइ गरिरहेको म बुद्वि सुनार हु । जन्मस्थल जाजरकोट जिल्ला कार्की गाउँको पिपलटरामा पर्दछ । ख्रीष्टिय मण्डलीमा पास्टरीय सेवाकाइ गरिरहेको छु । मेरो जीवन कथाहरू तपाईंसँग बाँड्न गइरहेको छु ।

हिन्दू परिवारमा जन्में र हुर्कें । सानैदेखि धर्म—कर्ममा धेरै चासो राख्थें । पूजापाठ र मन्दिरमा जाँदा जात—भातको भेद्भाव हुन्थ्यो र प्रसादहरू बाँड्दा सानो जातिलाई दिने चलन थिएन । मन्दिरभित्र पसेर पूजापाठ गर्ने ठूलो इच्छा थियो, तर पाइन्दैनथ्यो । म पनि एक दलित परिवारको भएको कारण मलाई पनि भेद्भाव गरे । आपैmँंलाई प्रश्न गर्थें, “म किन दलित परिवारमा जन्में ?” यी कुराले निरास मात्र ल्याउथ्यो । कसरी पूजापाठ गर्ने र ईश्वर भक्त बन्नें ? मेरो बुबासँग घरमा पूजा गर्दा मलाई रमाईलो लाग्थ्यो । रमाउथें, खुशी हुन्थेंं र ईश्वर भगवानलाई दिनहु पुकार्थें । के ईश्वर भगवान ठूलो जातिहरूका लागि मात्र हुन् त ? ईश्वरले पनि ठूला—साना भनी छुट्टाउनु हुन्छ ? यस्तै—यस्तै प्रश्नहरूको बीचमा म हुर्किरहेको थिएँ ।

कक्षा ६ मा पढ्दा गुरूबाट नैतिक शिक्षामा रहेको पाठबाट सुने “येशूले म नै ईश्वर हु ।” भनेको कारण त्यो देशका राजाले उहाँलाई मृत्यु दण्ड दिएको थियो । यो कुरा सुन्दा मेरो मनमा उथल—पुथल भयो र मलाई लाग्यो, “के ती मानिस ईश्वर हुन्,भने उहाँले के अतभूत् काम गरे होलान् त ? के त्यति भन्दैमा ठूलो गल्ती त होइन होला ?” त्यो कुरा मेरो मनमा खेलिरहन्थ्यो … ।

गाउँमा एकमात्र दलितको घर भएको कारण ठूलो जातिहरूको ठूलो अपमान सहनु पर्दथ्यो । स्कुलमा र गाउँमा सबै साथीहरूले हेप्थे र नराम्रो व्यवहार गर्थे । त्यतिकै केही निहुँ नभए पनि मलाई तिनीहरूले पिट्थे । अरू छिमेकीहरूले पनि बुबाआमालाई नराम्रो व्यवहार गर्थे ।

कक्षा १ देखि ६ सम्ममा प्रथम भएँ, तर ७÷८ कक्षामा फेल भएँ, किनभने घरको अवस्था ठीक थिएन । बुबाले सानी आमा ल्याउनु भएको थियो । फेल भएको देखेर बुबाले मलाई पढ्ने खर्च पनि दिनु भएन । त्यसैले मैले कक्षा १० बाट नै मेरो पढाईलाई छाड्नु पर्यो । आमा पनि बुबाले अर्की आमा ल्याएको कारण चिन्ताले दिनदिनै कमजोर हुनुभयो । जब  स्कुल जान छोडें, तब अर्ध पागल भएर घुम्न थालें । मनमा शान्ति थिएन र गाउँ—गाउँमा घुमि हिड्थें । जहाँजहाँ मानिसहरूको हल्ला र ठट्टा हुन्थ्यो, त्यतैतिर जान्थें । त्यस्तो वातावरण मन पथ्र्यो, रमाईलो लाग्थ्यो, र मेरो ध्यान त्यतैतिर केन्द्रित हुन्थ्यो ।
यो संसारमा काही पनि शान्ति छैन । परमेश्वरमा केही शान्ति होला । त्यसपछि मैले परमेश्वरलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगतरूपमा ग्रहण गरें ।

मैले परमेश्वरमा विश्वास गरेको गाउँका मानिसहरूले थाहा पाएपछि  छिमेकीहरूले आमालाई भने, “तिम्रो छोरो विदेशी धर्म, येशू धर्म मानेर बिग्रियो ।” उहाँ झन्ै दुखित भएर रूनुभयो । मैले उहाँलाई भनें, “आमा हामी दलितहरूलाई यो ठाउँमा राम्रो गर्दैनन्,जे काममा पनि घृणा गर्छन्,र हेप्छन् । मैले रोजेको बाटो गलत छैन, पछि बुझ्दै जाँदा मानिसहरूले मलाई घृणा गर्ने छैन, त्यसको सट्टा मलाई स्याबासी दिन्छन् । मैले रोजेको बाटोलाई पछ्याउनेछ । अर्को कुरा जाँडरक्सी खाएर पागल भएर हिड्ने मान्छे अहिले राम्रो भएको छु ।”

पोखरामा १ हप्ताको तालिममा गएँ । तालिम सकिएपछि मैले त्यही नै पानीको वप्तिस्मा पनि लिएँ । केही समयपछि मलाई पास्टरीय अभिषेक भएँ र मैले मेरो गाउँमा मण्डली चलाउन थालें । त्यो समयमा माआबादीको जनयुद्व भइरहेको थियो र द्वन्दग्रस्त क्षेत्र भनी घोषणा गरेको थियो । मैले विवाह गरेको थिइन । म अविवाहित पास्टर भएको कारण गाउँ, समाज र राजनीतिकका पार्टीहरूले मेरा बारेमा तिनीहरूले केरकार गर्न थालें, र भने, “विदेशी धर्म मान्नेलाई यो सङ्कति रोक्न लगाउने र धर्मसम्म छोड्न लगाउने र यदि नमानेमा ज्यानसम्म लिने ।” भन्ने योजना थियो । धर्म परिवर्तन भन्दा ठूलो केही गल्ती नभेटाएका कारण अरू कारबाही गर्न सकेन ।

मेरो मण्डली घरबाट १ घण्टा  टाढा थियो । यसरी समयसमयमा धम्की दिइरहन्थे । एकदिन मेरो मण्डलीमा भएका सबै सामानहरू बाइबल, भजन किताबहरू, मादल, खैजडी, क्यामरा र मलाई अपहरण गरेर अर्को गाउँमा लग्यो, स्पष्टिकरण लियो र साहै्र कडाका साथ अबदेखि उप्रान्त सगति नगर्ने भनेर भोलि पल्ट छाडे ।

गाउँमा मानिसहरू बिरामी भएपछि मकहाँ प्रार्थना गर्न ल्याउथें । मैले तिनीहरूको लागि प्रभुसँग प्रार्थना गर्थें र निको हुन्थे । दिन–दिनै विश्वासी थपिन्दै गयो, र सङ्कति नगरि नहुने भयो । फेरि गोप्यरूपमा सङ्कति गर्न थाल्यांै । दशांश भेटी र आराधना भेटीहरू जम्मा भयो र मण्डलीमा चाहिने सामानहरू २ वर्षभित्रमा फेरि जम्मा गर्यौं । जति सतावट र बाँधाहरू आयो त्यति सबैजना भेला भएर उपवासका साथ प्रार्थना गर्यांै, र विश्वासीहरू पनि दिनदिनै संख्यामा बढ्दै गयौं ।
मेरो आमाले भन्नुभयो, “छोरो तिम्रो विवाह गर्ने बेला भयो । विवाह गर, घरजम भएको हेर्न चाहन्छु ।” मैले विवाह गरें । त्यसै समयमा बर्षाको समय थियो । मेरो दाज्युले भन्नुभयो, “तिमीहरूको केही पनि कमाई छैन, अब छुट्टिएर बस ।” मेरो परिवारलाई छुट्टाई दिनुभयो ।
गाउँमा हो, सेवाकाइ भनेको नै बिरामीहरूको घरघरमा, अस्पतालमा गएर प्रार्थना गर्ने र सङ्कति दिने हुन्छ । त्यसैले म अस्पताल र सङ्कतिमा व्यस्त थिएँ । एकदिन यसरी प्रार्थना गरेर घर फर्किरहेको थिएंँ । अँध्यारो भैसकेको थियो र चाँडोचाँडो हिडिरहेको पनि थिएँ । बाटो सानो र झाँडी थियो । त्यहाँ लडें, यसो हेरेको त एउटा गोमन सर्प मेरो नजिकै डस्न लागेको रहेछ, देखें र भागें । त्यस समयमा मलाई प्रभुले बचाउनु भयो । हल्लेलूयाह

सतावट र खेदोमा पनि डग्मगाइन, स्थिर रहिरहें र जस्तै परिस्थिति आएँ पनि मसँग परमेश्वर हुनुभयो । मलाई छुट्कारा दिनुभयो र बचाउनुभयो । मलाई विश्वासीहरू धेरै दिनुभयो । यो आशिषलाई हेर्दा प्रभुलाई मेरो ह्दयदेखि नै धन्यवाद दिन्छु । आज परमेश्वरको अनुग्रह ममाथि भएको कारण म एउटा असल साक्षी बन्न सकेको छु । धन्यवाद ।

Related Articles

Back to top button