अनौठो अनुभवपश्चात् तिनी शान्त रही उभिरहे र छक्क परे ।

२९ वर्ष ५ महिना १९ दिन यस धरतीमा बाँची ९ अक्टोबर १७४७ मा आफ्ना मुक्तिदाताकहाँ पुगेका डेभिड ब्रेनार्डको समाधिस्थलको पत्थरमा लेखिएको छ, “स्टकब्रिज, दिलावेर र सुसकेहन्नाका इन्डियन जातिहरूका लागि विश्वासयोग्य र परिश्रमी मिसनरी ।” सत्यता यो हो कि ब्रेनार्डको बलिदानीपूर्ण जीवन सारा संसारमा पुग्यो र तिनको सङ्‌क्षित जीवनले धेरैको ह्रदयलाई चुनौती दियो ।

७ वर्ष पुगेपछि डेभिड ब्रेनार्डले प्रभुको खोजी गर्न लागे । तिनले प्रभुमा आउन ठुलै सङ्घर्ष गर्नुपरेको थियो । आफ्नो स्वधार्मिकतालाई विश्वासले विस्थापित गर्न तिनलाई हम्मेहम्मे परेको थियो ।

एक दिनको कुरो हो । अँध्यारो छाइसकेको थियो । ब्रेनार्ड झ्याम्म परेका वृक्षहरूका बिचमा जाँदै थिए । तिनले “अवर्णनीय महिमा” को अनुभूति गरे । तिनले अनुभव गरेको महिमा कुनै बाहिरी ज्योति थिएन न त त्यो कुनै प्राकृतिक कुरो थियो । तर यो त तिनले परमेश्वरलाई पाएका थिए भन्ने भित्रपट्टिको नयाँ चेतना थियो । तिनले पहिले कहिल्यै त्यस्तो महसुस गरेका थिएनन् । त्यस्तो अनौठो अनुभवपश्चात् तिनी शान्त रही उभिरहे र छक्क परे ।

अब अन्य कुनै पनि थोकभन्दा परमेश्वरलाई उचाल्नु नै ब्रेनार्डको ह्दयको चाहना बन्यो । तिनले झण्डै एक हप्तासम्म बडो आनन्दको महसुस गरे ।

ख्रिस्टाब्द १७१८ मा अमेरिकामा जन्मेका ब्रेनार्ड केवल २९ वर्ष बाँचेका थिए । तर तिनको छोटो जीवनले कैयौँलाई प्रेरणा दियो, येशूलाई पछयाउन । तिनको सङ्‌क्षिप्त जीवन सङ्घर्षको भूमरीमा बितेको थियो । ब्रेनार्ड स्थानीय अमेरिकनहरूका लागि मिसनरी बनेर गएका थिए । विलियम केरी, जिम इलिअट, अदोनिराम जडसनसाथै हेन्‍री मार्टिनजस्ता प्रसिद्ध मिसनरीहरूले तिनकै पाइला पछयाएका थिए । तिनी आफैले थोरैलाई प्रभुमा जितेको भए तापनि तिनको बारेमा लेखिएका पुस्तकहरूको कारणले गर्दा तिनी व्यापक रूपमा चिनिए ।

Related Articles

Back to top button