मण्डली भवन निर्माणको लागि अनलाइनबाट २५ लाख उठ्यो

  • Bishwas Thapa

    पछिल्लो सयम इन्टरनेट माध्यम धेरै नै प्रभावकारी काम भइरहेको छ । प्रभावकारीको साथै दुरुप्रयोग पनि प्रशस्त हुँदै पनि आइरहेको छ । कतिले अनलाइन माध्यमबाट पैसा उठाउने गरेको तर सार्वजनिक रुपमा नआएको कयौं घटना हाम्रै आँखा अगाडि छर्लङ्गे छ । यसै बीचमा कतिले राम्रो काम पनि गरिरहनु भएको छ । यही एक उदाहरण बनेको छ नेपाली इशाई परिवार नामक ह्वाटस्एप् समूह ।

३ वर्ष अघि शुरु गरिएको नेपाली इशाई परिवार नामक ह्वाटस्एप् समूहले २५ लाख रुपैयाँ संकलन गरेको छ । विशुद्ध मण्डली भवनको निर्माणको निम्ति उठाएको पैसा हो ।

विश्वको बिभिन्न देशहरुमा हुनुभएको नेपाली भाषी ख्रीष्टीयनहरु करीब ७०० जना नेपाली इशाई परिवार वाट्सअप नामक ग्रुपमा अनलाइन संगति गर्नुहुन्छ जस मध्य १४० जना परमेश्वरको जनहरुले मण्डली भबन निर्माणको लागि स्वइच्छा भेटि संकलित गरि मण्डली भबन निर्माण कार्य तीब्र गतिमा अगाडि बढ़ीरहेको छ।नेपाली इशाई परिवार ग्रुप मा ३५ जना एडमिन र संचालक तथा संचालिकाहरुले संगतिमा असल ढंगबाट संचालन गरीरहनु भएको छ।

गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा नं. ८ लक्ष्मी बजार नजिकैको मार्चु गाउँमा कमला छिनालले सितैमा दिनु भएको १ रोपनी जग्गामा २५० जनाको संख्यामा सङ्गति गर्न सकिने सोही समूहले भूकम्प प्रतिरोधक भवन बनिदै छ । लगभग ८० प्रतिशत काम पुरा भएको कुरा कृष्ण कुँवरले जानकारी गराउनु भएको छ ।

पास्टर प्रदीप छिनाल र प्रचारक कृष्ण कुँवर हाल दुबई र संचालक राम कुँवर र कल्पना कुँवर हंङ्गकङ मा रोजगारी तथा सेवाकाई गर्नुहुन्छ। यहोशू छिनाल र तुलसी लोप्चान मण्डली भवन निर्माणमा खट्टिरहनु भएको छ । 

यही समूहबाट मकवानपुरको मनहरी सुनाचुरीको चेपाङ्ग बस्तीका बाढि पीडित लगभग ७० हजार नेपाली रुपैयाँ बराबरको खाद्यान्य र ब्लान्केट बितरण गरिसिकेको छ भने, इशाई परिवार यूएईले रोगले ग्रस्त भएकाहरू, गरीब र बिधवा त्यस्तैको निम्ति मासिक ५००० संकलन गरि पठाउने गरेका छ ।

 

नेपाली इशाई इशाई परिवार मण्डलीका परमेश्वरका प्रिय छोराछोरीहरुले सु-समाचार प्रचार गरी परमेश्वरमा बाचेका आत्माहरु,तल उल्लेखित परमेश्वरका छोराछोरीहरुले पिता र पुत्र र पबित्र आत्माको नाउँमा ख्रीष्ट येशू लाई आफ्नो जीबनको मुक्तिदाता,उद्धारकर्ता र जीबनदाता भनेर ग्रहण गरी सक्नु भएको छ।

(१) मिना राई (कुबेत बाट)
(२) बल ब. बिक (साउदी अरब)
(३) दीपक बिक (साउदी अरब)
(४) मीना गिरी (तनहुँ, हाल दुबई)
(५) पुस्पा बि.सि (नेपालगंज)
(६) सुर्जी रहपाल (ओमन)
(७) लक्ष्मी तामाङ (लेबनान)
(८) एलिना तामाङ (नवलपरासी, हाल कुबेत)
(९) सम्झना परियार (कपिलबस्तु,हाल कुबेत)
(१०) बबिता श्रेष्ठ (संखुवासभा, हाल कुवेत)
(११) सुरेन्द्र महत (रौतहट)
(१२) रमेश सुनार (रौतहट)
(१३) बिष्णु लामीछाने (गोर्खा)
(१४) टेक बहादुर सुनार (साउदी)
(१५) ज्योती तामाङ (इण्डिया)
(१६) धन केशर गुरुङ (दुबई)
(१७) शर्मिला बीसी (कुबेत)
(१८) दीपा परियार (दांङ,हाल साउदी अरब)
(१९) छोटेलाल कुमाल (रौतहट, हाल काठमाण्डौ)
(२०) सुनील चौधरी (दुबई)

पिता र पुत्र र पबित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिनु हुनेहरु:-

(१) माया बुढाथोकी (झापा नेपाल,हाल दुबई)
(२) बिष्णु लामीछाने (गोर्खा नेपाल)
(३) सुरेन्द्र महतो (रौतहट नेपाल)
(४) प्रकाश छिनाल( हाल काठमाण्डौ)
(५) उषा छिनाल(हाल काठमाण्डौ)
(६) बिरेन्द्र परियार( बागलङ्ग हाल इराक)
बिबाह:-

१) सिमोन खडका र गीता राई को बिबाह सम्पन्न
२) दिलीप तामाङ र उर्मिला तामाङको बिबाह सम्पन्न

अझ नयाँ जानकारी प्राप्त भएमा हामी सार्वजनिक गर्नेछौं ।

 

Related Articles

Back to top button