यस प्रतिमा संसारका सात नव आश्चर्यमध्ये एक हो ।

तस्बिरमा तपाईं देख्दै हुनुहुन्छ, येशू ख्रीष्टको एउटा बडेमाको प्रतिमा । यसको नाउँ रहेको छः ख्रीष्ट मुक्तिदाता । दक्षिण अमेरिकी मुलुक ब्राजिलको सहर रिओ दे जेनेरिओमा निर्मित यस प्रतिमा संसारका सात नव आश्चर्यमध्ये एक हो ।

फ्रान्सेली प्रतिमाकार पावल ल्यान्डोस्कीद्वारा सृजित र ब्राजिलिएन इन्जिनिएर हेइटोर कोस्टाद्वारा निर्मित यो प्रतिमा संसारभर बनाइएका येशूका अग्ला सालिकहरूमध्ये एक हो । ख्रिस्टाब्द १९२२ देखि थालनी गरी ९ वर्षको अवधि लगाएर यस कामलाई १९३१ मा पुरा गरिएको थियो । इतिहासमा आजकै दिन अर्थात् १२ अक्टोबर १९३१ मा यस स्मारकलाई अर्पण गरिएको थियो ।

यसको आधारको उचाइ २६ फिट अग्लो रहेको छ भने आधारमाथिको सालिकको उचाइ ९८ फिट अग्लो छ । यसरी, यो जम्माजम्मी १२४ फिट अग्लो प्रतिमा हो । यसको एउटा पाखुराको टुप्पोदेखि अर्को पाखुराको टुप्पोको दुरी ९२ फिट रहेको छ ।

यसको वजन कति होला? ६३५ मेट्रिक टन । सारा संसारभरको ख्रीष्टियमतको प्रतीकको रूपमा रहेको यस प्रतिमा पर्यटकहरूको गन्तव्य पनि बनेको छ । यस सालिकको आकृतिले ख्रीष्टियान क्रुसको प्रतिनिधित्व गर्छ भने फैलाइएका पाखुराहरू शान्तिको प्रतीक हुन् ।

यसको निर्माणको लागि २ लाख ५० हजार अमेरिकी डलर खर्च भएको थियो जुन मूल्य भनेको हाल ३४ करोड नेपाली रुपियाँ बराबर हुन्छ ।

Related Articles

Back to top button