गायिका अन्जु पन्तद्वारा बालबालिकालाई आर्थिक सहायोग

डोटी जिल्लाका एचाइभि संक्रमित अभिभावक, एकल अभिभावक भएका र अति गरिबीमा रहेका केही बालबालिकाहरुलाई चर्चित गायिका अन्जु पन्तले आर्थिक सहयोग गरकी छिन् । पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय लोकप्रिय गायिका अन्जुले आफ्नै नाउमा अन्जु पन्त फाउन्डेसन स्थापित गरेर सेवा पु-याइरहेकी छिन् ।

सामाजिक पत्रकार श्रवण बोम्जन सुदुर पश्चिमका  जिल्लाहरुमा सेवकाई गरिरहेका छन् । एचाइभि संक्रमित, एकल अभिभावक भएका र अति गरिबीमा रहेका केही बालबालिकाहरुको स्थलगत रिर्पोटसहितको फोटो फेसवुक भिक्तामा राखेका थिए । दयालु हृदयहरुले उनीमार्फत ति बालबालिकाहरुलाई सहायता पु-याउने कार्यको थालनी भइरहको छ । यसैक्रममा गायिका अन्जु पन्तले उनीमार्फत ७२ हजार पाएको जानकारी वचन पत्रिकालाई श्रवण बोम्जनले बताउनु भयो । केही समयपछि उनी सो रकमसहित राहत वितरण गर्ने जानकारी प्राप्त भएको छ ।

Related Articles

Back to top button