संसार बद्लिएन तर प्याट बद्लिए

तिनको नाउँ हो, प्याट डे । तिनी विजेता हुन् । तिनी पेसेवार घोडचढी हुन् । तिनले अश्व दौड प्रतियोगितामा अद्भूत कीर्तिमान रचेका छन् । तिनले जीवनमा ८,८०४ ओटा प्रतियोगिता जितेका छन् । मनग्गे इनामहरू बटुल्न सफल तिनी ३ खरब जति नेपाली रुपियाँका मालिक हुन् ।

तर प्याटको जीवनमा एउटा ठुलो समस्या पनि थियोः तिनी ड्रगिस्ट थिए । तिनी कोकिनको कुलतमा फसेका थिए । ख्रीष्टियान परिवारमा हुर्केको भए तापनि तिनले ख्रीष्टियान जीवन-शैली जिएका थिएनन् ।

तर एक दिन प्याटले टेलिभिजनमा जे देखे र सुने त्यसले तिनको जीवनमा आमूल परिवर्तन ल्याइदियो । तिनी होटलको एउटा कोठाभित्र थिए । तिनले टेलिभिजन खोले जुन तिनको आदत थियो । तिनले आफ्ना वस्त्रहरू झुण्ड्याउन लाग्दा तिनले याद गरे कि वक्ता जिम्मी स्वागर्तले टेलिभिजनमा प्रचार गर्दै थिए । तर प्याट ख्रीष्टियान भएकोले वक्ताले तिनले खोजेको कुरो दिन सक्दैनथ्ये भन्ने लाग्यो तिनलाई । त्यसैले, तिनले आफ्नो ध्यान खिँच्ने च्यानलको खोजी गरे । तर तिनले त्यस्तो कुनै च्यानल नभेट्टाएकोले तिनले टेलिभिजन बन्द गरी तिनी सुत्नलाई ओछयानमा पल्टे । तिनी मस्तसित निदाए जुन अनौठो थियो किनकि मद्यपान सेवन नगरीकन तिनी निदाउन सक्नदैनथ्ये । केही समयपछि तिनी ब्युँझे र तिनले पुनः टेलिभिजन खोले र तिनले उही प्रचारकलाई देखे । वक्ताले भर्खरै उद्धारको सन्देशलाई तोडी येशूलाई स्वीकार गर्न निमन्त्रणा दिँदै थिए । त्यस बेला जीवित परमेश्वरका आत्मा त्यस कोठामा उपस्थित हुनुहुन्थ्यो भनी महसुस भयो प्याटलाई । तिनले आफूमा यस्तो रित्तोपनाको महसुस गरे जसलाई परमेश्वरले मात्र भर्न सक्नुहुन्थ्यो । तिनले घुँडा टेके; तिनी रोए; चिच्च्याए र येशू ख्रीष्टलाई आफ्नो ह्दयमा निमन्त्रणा दिए ।

संसार बद्लिएन तर प्याट बद्लिए । तिनी ख्रीष्टमा नयाँ सृष्टि बने । तिनले ख्रीष्टलाई स्वीकार गरेको क्षणमा नै उहाँले ड्रग्स र मादक पदार्थका साङ्लाहरूलाई धुजाधुजा पारिदिनुभयो । आफ्नो कुलतबाट मुक्ति पाउनलाई तिनी सुधार केन्द्रमा भर्ती हुनुपरेन । अब बाँकी जीवन तिनले येशूको सुसमाचार प्रचारमा लगाउनेछन् भनी तिनले बताएका छन् ।

१३ अक्टोबर १९५३ मा अमेरिकामा जन्मेका प्याट आज ६५ वर्ष लाग्दै छन् ।

Related Articles

Back to top button