डराउनु पर्दैन भाइ

एकजना मान्छेले घरमा एउटा गतिलो कुकुर पालेको रहेछन् । हेर्दा बलियो डरलाग्दो देखिने तर त्यसलाई सानैदेखि घाँटीमा साङ्लोले बाधेर राखेकोले गर्दा चाहेर पनि दुई फिटभन्दा टाढा जानू सक्दैन थियो । घाँटीमा बाधेको साङ्लोले गर्दा त्यसको दुनियाँ नै सिमित थियोे । यसरी रहदा बस्दा एकचोटि घरको मालिकले सोचेछ ” यो कुकुरलाई सानैदेखि मैले साङ्लोमा बाधेर राखे बाहिर कतै गएको छैन ! अब यसलाई छोडिदिन्छु” भनेर त्यसको साङ्लो खोलिदिएछ । त्यसैबेला घरको छेवैबाट एकजना नौलो मान्छे आइरहेको देखेर त्यो कुकुरले झम्टेर गएर भुक्नु लागेछ । त्यो नौलो मान्छे डराएर ” कुकुरले टोक्दैन दाजु ? ” भनेर अतालिएछ । त्यसबेला घरको मालिकले हास्दै भनेछन् ” डराउनु पर्दैन भाइ ,यसलाई मैले सानैदेखि साङ्लोमा बाघेर राखेकोले गर्दा दुई फिट भन्दा टाढा जादैन साङ्लो खोलिदिएर पनि साङ्लोले बाघिएकै छु भन्ने यसको दिमागमा छ ” । प्रिय ख्रिष्ट बिश्वासी मित्रहरू : हामीहरूलाई पनि अन्धकारका शासनकर्ताले अदृश्य साङ्लोले बाधेर अन्धविश्वासका सिमित परिधिभित्र राखेका थिए । तर येशु प्रभुले हामीलाई स्वतन्त्र तुल्याउनु भएको छ कि अब हामी प्रभु येशुको लागि पृथ्वीको पल्लो छेउसम्म ज्योति लिएर पुग्नु पर्छ । हामी स्वतन्त्र भएका छौ । अरुलाई स्वतन्त्र गर्नुलाई । आमिन ।

 

– नरेश राई 

सिक सिकाउ सिकाउनलाई बाइबल तालिम सिलिगुडी ।

Related Articles

Back to top button