एन.सि.एफ. नेपालको नवनिर्वाचित अध्यक्षद्धारा पदभार ग्रहण 

 

नेपाल राष्ट्रिय मण्डली संगतिको केन्द्रिय कार्यालयले आयोजना गरेको नवनिर्वाचित अध्यक्ष एव पदधिकारीहरुको विशेष स्वागत कार्याक्रममा एन.नि.एफ. नेपालको नवनिर्वाचित अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङ्ग ज्यूले प्रमुख आयुक्त डा. सिमोन पाण्डे, निवर्तामान अध्यक्ष रेभ. टेक ब. दाहाल र सल्लाहकार प्रकाश सुव्वा लगायत उपस्थित प्रतिनिधिहरुको वीचमा प्रतिवद्धताको शपथ ग्रहण गर्दै आफ्ना पदधिकारीहरु सचिव रेभ. बिर बहादुर तामाङ्ग र कोषाध्यक्ष रेभ.विश्वदेख खड्कालाई प्रतिवद्धताको शपथ ग्रहण गराउनु भयो । शपथ ग्रहण पछि नवनिर्वाचित अध्यक्ष रेभ. रेभ. सुर्य बहादुर बल तामाङ्ग (हनोक) ज्यूले अध्यक्षको कार्यकक्षमा गई पदभार ग्रहण गरि सदस्यताको प्रमाणपत्रमा हस्तक्षर गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष ज्यूले नेपालका मण्डलीहरुको आत्मिक उन्नती र सर्वाङ्गणी विकासको लागि आफ्ना सहकर्मीहरुसँग मिलेर अघि बढ्ने प्रतिवद्धता प्रकट गर्नुभएको छ ।
उक्त स्वागत कार्याक्रममा नि. महासचिव तथा केन्द्रिय कर्माचारीहरुले अध्यक्ष लगायत सचिव र कोषाध्यक्षलाई विशेष स्वागत गर्नुभएको थियो । कार्यक्रममा निवर्तामान अध्यक्ष रेभ. टेक दाहालले वधाई सन्देश दिर्दै आफुले अनुभवी र सक्षम व्यक्तिलाई जिम्मेवारी सुम्पिन पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्षले स्वागत केक काट्र्दै उपस्थित मण्डलीका पाष्टर अगुवा तथा प्रतिनिधिहरुको वीचमा बधाई आदन प्रदान गरिएको थियो । यस विशेष कार्यक्रमको शुरुको प्रार्थना डा. सिमोन पाण्डे ज्यूले गर्नुभयो भने अन्तिम प्रार्थना रेभ. प्रकाश सुव्वाले गर्नुभएको थियो ।
यस स्वागत कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष रेभ. बीर बहादुर कार्की पुर्वक्षेत्रमा नै हुनुभएकोले स्वागत कार्यक्रममा उपस्थित हुनसक्नु भएको थिएन ।

Related Articles

Back to top button