अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन

असोज २९,इजरायल । इजरायलको राजधानी जेरुशलेममा आज(आइतबार) बाट “ख्रीष्टियन मिडिया सम्मेलन” सुरु हुँदैछ । विश्वभरका ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, टेलिभिजन,रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजीवि पत्रकारहरु चार दिन सम्म चल्ने “ख्रीष्टियन मिडिया सम्मेलन” को लागि इजरायल आइपुगिसकेका छन् । इजरायलको इतिहासमै पहिलोपल्ट आयोजन भएको अन्तरराष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सबैको चासोमा रहेको इजरायल राष्ट्र र ख्रीष्टियन समुदायवीचको सम्बन्धको विषयमा केन्द्रित हुनेछ । सम्मेलनको उद्घाटन इजरायलका प्रधानमन्त्री बेन्जामीन नेत्यानेहुले गर्नुहुनेछ । सम्मेलनमा प्रधानमन्त्री लगायत यहाँका राष्ट्रपति रियुभेन रविलिन, विभिन्न मन्त्रीहरु र जेरुशलेम नगरपालिकाको मेयरसँग छुट्टाछुट्टै भेटघाट र अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । यरूशलेमको पुनरुत्थानको ५०औं वर्षगाँठको अवसरमा यस्तो सम्मेलनको आयोजना हनु सबैको लागी एक राम्रो मौका भएको प्रेस अफ द प्रेस अफिसका निटजान चेनले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामी आशा गर्छौं कि यी पत्रकारहरू इजरायलका लागि असल दूतावास हुनेछन् र यदि यो सम्मेलन सफल भयो भने यसले प्रत्येक एक वा दुई वर्षको वीचमा निरन्तरता पाउनेछ ।” सम्मेलनमा विभिन्न विषयमा छलफल कार्यक्रम समेत राखिएको छ । “इजरायल र मध्य पूर्वको आवरण”, “इजरायलको इतिहासलाई बोल्ने स्रोतहरू”, “संयुक्त यरूशलेम र विभाजित इजरायलको ५० वर्ष“ र “इजरायल र कट्टरपन्थी इस्लाम विरुद्ध लडाइँ” साथै इजरायल प्रति विश्वको सोचाइ र त्यसको वास्तविकता, इजरायल र अन्य राष्ट्रहरुवीचको सम्बन्धको विषयमा सम्मेलनमा अध्ययन र अन्तक्रिया हुनेछ । यसका साथै मध्य पूर्वी इजरायलको रक्षा र वास्तविकता उजागर गर्ने ख्रीष्टियन संचारको भुमिकाका विषयमा पनि छलफल हुनेछ । निमन्त्रणाको सूची एक अन्तर्र्रािष्ट्रय संस्था “राष्ट्रिय धार्मिक प्रसारणकर्ता(एनआरबी)संगको परामर्शमा संकलन गरिएको थियो । इजरायली सरकारले पहिलो अन्तर्राष्ट्रिय “ख्रीष्टियन मिडिया सम्मेलन”मा उपस्थित हुन विश्वभरबाट ७० वटा मिडिया एजेन्सीहरूबाट १४० जना टेलिभिजन, रेडियो, पत्रपत्रिकाका संवाददाता, सम्पादक र प्रकाशकहरूलाई निमन्त्रणा दिएर बोलाएको हो । चार दिनको सम्मेलनमा यहाँको सरकारी प्रेस अफिस, विदेशमन्त्रालय र यरूशलेम नगरपालिका कार्यालयको प्रायोजन रहनेछ । सम्मेलन अक्टोबर १८ तारिखसम्म चल्नेछ । “अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन”मा भाग लिन इजरायल सरकारको निमन्त्रणामा जनता टेलिभजिनका सञ्चारकर्मी एवं जायोन मिडियाका  प्रकाश विशुन्के नेपालको प्रतिनिधित्व गर्दै सभामा भाग लिँदै हुनुहुन्छ ।

Related Articles

Back to top button