हार गुहार गर्दै

सुदुर पश्चिम नेपालको बजाङ्ग जिल्लाको चैनपुर सदरमुकामदेखि करिब ८ देखि ९ घण्टा पैदल यात्रागरी तालकोट गाउपालिका वडा नं २ तिपा नयाँ बस्तिमा ९ घरधुरीमा अवस्थित अति वित्पन्न परिवारहरु जो हलियामुक्त भएपछि आफनो गास र बासको लागि २ वर्ष अघि जंगलको नजिक बसोबास गर्न पुगेका थिए । हालसम्म शिक्षा, स्वास्थय र विकासको पहुचदेखि टाढा रहेका यी परिवारहरु पउिने पानीको कारणले चिन्तीत अवस्थामा छ । ४ घण्टाको यात्रागरी पानीको जोहो गर्नुपर्ने अवस्थामा करिव २५,००० धनराशी बराबर पानीको पाइपको खाँचो परेर यी परिवारहरुले केहि गर्न सकेको छैन, तसर्थ पानी जडाज गर्न पाईपको लागि विभिन्न व्यक्तीहरुसँग हार गुहार गरीरहेका छन् । यहाँको सानो सहयोगले यी परिवारहरुले ठूलो राहत पुग्ने देखिएकोले सहयोगरी दिन अनुरोध मागेको छ ।

सहयोगको लागि फोन नम्बर 01 6924733

Related Articles

Back to top button