एनसिएफ नेपालको पहिलो बैठक र सहसचिवमा पा. हिमाल राई

एनसिएफ नेपालको कार्यकारिकको पहिलो बैठक सम्पन्न भएको छ । चिचतवनमा भएको अधिवेशनले हनोक तामाङलाई केन्द्रिय अध्यक्षसहित उपाध्यक्ष रेभ. विरबहादुर कार्की, सचिवमा पा.बीरबहादुर तामाङ र कोषाध्यक्षमा पा. विश्वदेव खड्का विजयी हुनुभएको थियो । ११ सदस्यसहित बैठकमा पूर्वका पाष्टर हिमाल राईलाई सहसचिवमा नियुक्त गरेको छ । एक कार्यक्रम गरि उहाँलाई नियुक्त पत्र केन्द्रिय अध्यक्ष हनोक तामाङले प्रदान गर्नुभएको थियो ।  नवनियुक्त सहसचिव पास्टर हिमाल राई ज्यूले आफुलाई केन्द्रिय समितिको सहसचिव पदमा मनोनित गरि सेवागर्ने अवसर दिनुभएकोमा धन्यवाद दिर्दै संस्थाको दर्शन अनुसार आफ्नो जिम्मेवारीलाई पुरागर्ने प्रतिवद्धता जनाउनु भएको थियो । पास्टर हिमालराई इम्मानुएल कृपा चर्च धरान मा पाष्टरीय सेवा गर्दै हुनुहुन्छ । उहाँ एन.सि.एफ. नेपालको पुर्वमाञ्चल क्षत्रको पुर्व अध्यक्ष पनि भईसक्नु भएको छ ।

Related Articles

Back to top button