म लुकिलुकि कुनामा बसेर बाइबल पढ्थें

म पदमा कुमारी घतानी हु । जन्मस्थल ओखलढुगामा हो । हाल ललितपुरको कुसुन्तीमा बस्छु, र ललितपुरको नाजरिन मण्डलीमा म पदमा कुमारी घतानी हु । जन्मस्थल ओखलढु·ामा हो । हाल ललितपुरको कुसुन्तीमा बस्छु, र ललितपुरको नाजरिन मण्डलीमा जान्छु । तपार्इंसामु प्रभुबाट पाएको आशिषहरू यो पुस्तकको माध्यमबाट बाँड्न गइरहेकी छु ।
हामीले सानै हुँदा आमाबुबा गुमाउनु पर्यो । हामी टुहुराटुहुरीहरू हौँ । मेरो जेठी  दिदी १० वर्षको, दाज्यु ५ वर्षको र म २ वर्षको भएपछि हाम्रो आमाबुबा दुवै जना बित्नु भयो । मलाई त्यो अवस्थाहरू केही थाहा छैन । यसरी आमाबुबा नभएपछि सबै भन्दा ठूलो १० वर्षको मेरो दिदी हुनुहुन्थ्यो । दिदीले केही सम्हाल्ने र जिम्मा लिन नसक्ने त्यसैले जे जति भएका सुन, चाँदी र अंश बण्डामा पाउनुपर्ने जग्गा जमीनहरू पनि हामीले पाएनौं । मेरो दिदीलाई १२ वर्षमै विवाह गरिदिनुभयो । हामी बढ्दै गयांै । मैले धेरै दुःख पाएँ । आमाबुबा नभएपछि अरूको घरमा पनि मैले काम गर्नुपर्यांे ।
मेरो श्रीमानको आँखा कमजोर भए पछि भुटानबाट नेपालमा आएर बस्न थालें । जति काम गरे, पनि पैसा कमाए पनि कहिल्यै नपुग्ने र मनमा शान्ति नहुने जहिले पनि अभावै मात्र थियो । त्यो बेलामा एक जना मैले चिनेको बहिनी विश्वासी हुनुहुन्थ्यो । उनीले प्रभुको बारेमा सुसमाचार सुनाउनु भयो । उनीसँग मण्डली जान्थें, तर मेरो श्रीमानले मेरो दाज्युलाई म मण्डली गएको कुरा सुनाइ दिनुभयो । मलाई मेरो दाज्युले कराउनुहुन्थ्यो, र भन्नुहुन्थ्यो, “म नमरून्जेल मण्डली नजा है ।” तर म उहाँलाई भन्थें, “म भन्दा पहिला तपार्इं मण्डली जानुपर्छ, र विश्वासी बन्नुपर्छ ।”
पहिला मेरी माइली छोरीबाट मण्डली जान शुरू गरेका थियौं । मेरी माइली छोरीले भाइ, बहिनीलाई मण्डली लान्थिन् र मलाई भनीन्, “हामी फिल्म हेर्न जाने हो ।” मचाहिँँ भन्थें, “कति बजे शुरू हुन्छ । ” छोरीले भनीन्, “१० बजे शुरू हुन्छ र १२ बजे  सकिन्छ ।” भनेर प्रत्येक शनिवार भाइबहिनीलाई लिएर जान्थिन् । सायद आमाले कराउँछ भनेर, मचाहिँँ फिल्म हेर्न जाने भने पछि प्रत्येकलाई ५÷५ रूपैयाँ दिन्थें ।  ठीक १२ बजे खाना तयार पारिदिन्थें ।
सिकिमको दावा पास्टरले मेरा दाज्यु र मलाई सुसमाचार सुनाउनु भयो र भन्नुभयो, “दिदी तपार्इं त परमेश्वरलाई विश्वास गर्ने खालको मानिस हुनुहुन्छ ।” दाज्यु पनि बिरामी भइरहनुहुन्थ्यो र दाज्युलाई पनि भन्नुभयो, “तपार्इं निको हुनुहुन्छ, विश्वास गर्नुस् र मण्डली आउँनुहोस् ।” दावा सरको मन राख्न भए पनि जानुपर्याे । म र दाज्यु शनिवार मण्डली गयौं । त्यो समयमा दावा सर त आकाशतिर हेरेर प्रार्थना गरेका गरेकै गर्नुभयो । पवित्र—आत्माले भरिएर त्यसो गरेका रहेछन् । अहिले पो थाहा हँुदैछ । त्यतिबेला त के थाहा के गरेको हो, के गरेको हो ? त्यसपछि पनि म पहिलाकै पूजा–पाठ गरि नै रहें ।
म कडा स्वभावको थिएँ । सबै छोराछोरी र श्रीमान् पनि मसँग डराउँथे । मेरो माइली छोरीलाई क्यारोल खेल्न पनि दिदिन थिएँ, तर आपैmँ मेरो मन बद्लीएर आयो । मैले भने, “छोरी हाम्रो घरमा पनि क्यारोल राख हैं ¤ देउसी—भैलो जस्तै त होला नि ।” छोरीले मण्डलीबाट क्यारोल खेल्नको लागि निम्तो गरिन् । क्यारोल खेल्न मण्डलीबाट धेरै जना विश्वासीहरू आउनुभयो । छोरीले केक बनाईन् । दुध ल्याएर चियापान गराईन् । मैले पनि नाँचगान हेरें, खुशी र रमाइलो लाग्यो ।
दाज्यु भुटानबाट मेरो घर उदयपुरमा आउनुभयो । उहाँ बिमारी हुनुहुन्थ्यो र प्रभुको बारेमा सुसमाचार सुनाएँ । उहाँले प्रभुलाई ग्रहण गर्नुभयो । त्यसपछि उहाँको रोगहरू विस्तारै  निको हुदैगयो । उहाँले भन्नुभयो, “यो थिम्पु खोलामा नै यो लठ्ठी चढाएर जान्छु ।” साँच्चै नै लठ्ठी त्यो खोलामा नै छोडेर जानुभयो । मेरो दाज्यु मसँग ३ वर्ष बस्नुभयो । यसरी आफ्नो रोगबाट चंगाइ पाउनुभयो । केही समयपछि आफ्नो घर भुटान फर्कनुभयो, तर भाउजुले ढ्याँङ्ग्रो ठट्टाएर यो ख्रीष्टियन भयो अरे भनेर घरभित्र पसाउनु भएछ । तीतो, पिरो, अमिलो जे पायो, त्यही खुवाएर फेरि बिमार फर्कियो, र त्यही बिमारले उहाँको मृत्यु भयो ।
मेरो दाज्युको मृत्यु भएको कुरा मलाई थाहा थिएन । त्यसपछि मलाई ल्याउन मानिसहरू पठाए । साह्रो बिमारी हुनुहुन्छ भनेर मलाई भने । म त होला नि भनेर गएँ । बाटोमा पनि राम्ररी खाना खाँदै गएँ, तर त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो । दाज्युले भन्नु भएको थियो रे, “मेरो लाश एक हप्तासम्म भए पनि बहिनीलाई राखिदेउ है ।” तर के गर्नेे दाज्युको लाशलाई देख्न सकिन । सबै काजक्रिया हिन्दू संस्कारबाट नै परिवारले गर्नुभयो ।   त्यो बेलामा म पनि भर्खरको विश्वासी थिएँ । अहिले जस्तो त्यति थाहा पनि थिएन । त्यसपछि म घर उदयपुर फर्कें । मेरो माइली छोरीले उनको बुबालाई सानो बाइबल दिएका थिए । मसँग लुकिलुकि कुनामा बसेर बाइबल पढ्थें । मैले भने, “किन डराउँछौ नडराउ, अब हामी सबै जना परमेश्वरमा विश्वास गर्नुपर्छ र मण्डली जानुपर्छ ।” मैले माइली बुहारीलाई मण्डली जाऊ भनेर पठाएँ । मण्डलीमा नागल्याण्डको पास्टर र ३ जना मिसनरीहरू आउनु भएका थिए । त्यहाँ मेरो श्रीमानलाई भुटानी कान्छा भनेर सबैले चिन्थे । पास्टर बुबाले हाम्रो बारेमा उहाँहरूलाई भन्नुभएको थियो । भोलिपल्ट हामीलाई भुटानी कान्छाको घर कहाँ हो भन्दै खोज्दै मेरो घरमा आउनुभयो । त्यसै समयमा म र मेरो श्रीमानले प्रभु येशूलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगतरूपमा ग्रहण गर्याैं । हामी त्यसपछि निरन्तररूपमा मण्डली जान थाल्यौं ।
हाम्रो गाउँ उदयपुरमा हो । धेरै सर्प र बिच्छीको डर हुन्छ । त्यसै समयमा मेरो माइली बुहारीको भाइलाई सर्पले टोक्यो । हामी सबैले प्रार्थना गर्याैं । सर्पको बिष झर्याे । त्यो नानीलाई केही भएन । केही समयपछि त सम्धिलाई पनि बिच्छीले टोक्यो । त्यसपछि हतार—हतार हामीलाई प्रार्थना गर्न बोलाउनुभयो । हामी सबै जना गएर प्रार्थना गर्याैं । त्यसपछि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो, र प्रार्थना गर्दा—गर्दै उहाँको हात जस्ताको तस्तै भयो । यो प्रभुकोआश्चर्यको कामहरू देख्दा मलाई प्रभुमा धेरै विश्वास लाग्यो । त्यसपछि उहाँमा पूरा विश्वास गर्न थालें । मलाई पहिला विश्वास गर्दा कसैले करकाप गरेको होइन । म आफै भित्रि मनदेखि परमेश्वरलाई विश्वास गरौ जस्तो लाग्यो र मन बदलिएको हो । जुन बाटो मैले रोजेको छु, त्यो सत्य हो । जब म प्रभुमा विश्वास गरें, तब म आशिषित् भएकी छु ।
हामी  काठमाडु आयौं । यहाँ आएपछि हामी ललितपुर बागडोलको नाजरिन मण्डलीमा जान थाल् । मण्डलीमा हामी सबै परिवारले बप्तिस्मा पनि लियौं । अहिले मेरो छोराबुहारी, छोरीजुवाइँ सबै परिवार मण्डली जान्छन् । खुशी लाग्छ, र मेरो परिवार एउटा आशिषमय परिवार भएको छ ।
६ वर्ष अगाडि मेरो मुटुको समस्या देखिएको थिए र डाक्टरले भन्नुभयो, “मुटु फुलेको छ । अपरेशन गर्नुपर्छ, र अपरेशन गर्न ३ लाख लाग्छ ।”  मैले डाक्टरलाई भने, “मसँग त्यति धेरै पैसा छैन । म अपरेशन गर्दिन ।” तर डाक्टरले मलाई कराउनु भयो भन्नुभयो, “म तिम्रो जिम्मा लिन सक्दिन ।” मैले भनें, “डाक्टर साहेब मेरो शरिरको रोगलाई चेक गर्न आएकी हुँ । मसँग पैसा छैन । म के गरूँ त ?” डाक्टर रिसाए । म केही औषधी लिएर घर आएँ । प्रार्थना गर्न थालें ।
अमेरिका, हङकङ, युकेतिर पनि मेरो मान्छे थिए । सबै तिरबाट मेरो लागि प्रार्थना हुन थाल्यो ।  त्यसपछि म ३ पल्ट गंगालाल अस्पतालमा गएँ, तर अपरेशन गर्नुपरेको छैन । औषधीचाहिँँ खाइरहेकी छु । अहिले स्वस्थ्य नै छु । राम्ररी नै हिड्डुल गर्न सक्छु । कुनै समय मलाई चक्कर लाग्थ्यो, र लडथें तर आजकल त्यस्तो हँुदैन । खासै समस्या छैन । मलाई मेरो प्रभुले नै अहिलेसम्म बचाउनु भएको छ ।
यो गएको वर्ष २०७१ साल ज्येष्ठमा मेरो श्रीमान् प्रभुमा उठाईनुभयो । उहाँ पनि प्रभुमा धेरै विश्वास गर्नुहुन्थ्यो । प्रभुको गीत गाइरहनु हुन्थ्यो । मृत्यु हुने बेलामा आइ.सि.यु. मा एक्लै बस्दा पनि ताली बजाउदै प्रभुको भजनहरू गाउँदै बस्नुहुन्थ्यो ।
मेरो श्रीमान् साहै्र सोझो हुनुहुन्थ्यो । कहिल्यै नरिसाउने र कडा बोलि गर्नुहुन्नथ्यो । उहाँ असल हुनुहुन्थ्यो । बाँचुन्जेल कसैको चित्त दुखाउनु भएन । कसैलाई आफ्नो बोलिले नराम्रो शब्द गर्नुभएन । त्यस्तो राम्रो हुनुहुन्थ्यो । छोराछारीले पनि बुबालाई  गुमाएकोमा साहै्र पिर गर्छन् । छरछिमेक र मण्डलीकाहरूले पनि उहाँको असाध्यै गुणगान गाउँछन् । मेरो छोराछोरी सबै जना मण्डलीका अगुवाहरू छन् । कान्छी छोरी र जुवाइँ मिसनरी हुनुहुन्छ । कान्छो छोरो पनि प्रभुको गीतहरू गाउँछन् ।
अब म पनि बुढेसकाल लागि सक्यो । अबको मेरो सबै समयहरू सगति र प्रभुको सेवामा बिताउँछु  । मेरो अन्तिम साससम्मै प्रभुको सेवा र प्रशंसा गर्नेछु । परमेश्वरको निम्ति कुनै पनि कुरा असम्भव हुदैन । परमेश्वरले तपाईंहरूलाई पनि आशिष् दिनुभएको होस् । धन्यवाद ।

Related Articles

Back to top button