उहाँको दु:खकष्ट तपाईंको उद्धार हो ।

प्रचारकहरूका राजकुमार भनेर चिनिने चार्ल्स स्परजिनले केही किताबहरूको सङ्ग्रहको बारेमा यसो भनेका थिए, “हरेक सेवकले यसलाई कम से कम एक पटक सुरुदेखि अन्त्यसम्म र होसियारीपूर्वक पढ्नुपर्छ ।”

स्परजिनले मत्ती हेन्‍रीद्वारा लिखित ६ ठेलीको बाइबल टिप्पणीलाई उल्लेख गर्दै थिए । यसमा टिप्पणीकारले हरेक पदको व्याख्या गरेका छन् । हेन्‍रीले पुरै पुरानो करार र नयाँ करारका अगिल्ला पाँचवटा पुस्तक (प्रेरितसम्म) का वचनहरूलाई व्याख्या गरेपछि तिनको निधन भयो र बाँकी पुस्तकहरूलाई तिनको विचारधारासित मेल खाने अन्य सेवकहरूले पुरा गरेका थिए । ३०० वर्ष पुरानो यस टिप्पणीलाई अझै पनि पढिन्छ ।

१८ अक्टोबर १६६२ मा मत्ती हेन्‍रीको जन्म वेल्समा भएको थियो, तर तिनले जीवनको अधिकांश भाग इङ्गल्यान्डमा बिताए । पास्टरसाथै परिचित लेखक बनेका हेन्‍रीको यो भनाइ हामी सबैको लागि विचारणीय छ ।

क्रुसको विजयलाई आएर हेर्नुस् । ख्रीष्टका चोटहरू तपाईंका चङ्गाइ हुन्; उहाँका वेदना तपाईंका विश्राम हुन्; उहाँका सङ्घर्ष तपाईंका जित हुन्; उहाँका आर्तनाद तपाईंका गीत हुन्; उहाँका दर्द तपाईंका चैन हुन्; उहाँको लाज तपाईंको महिमा हो; उहाँको मृत्यु तपाईंको जीवन हो र उहाँको दु:खकष्ट तपाईंको उद्धार हो ।

Related Articles

Back to top button