पूरानो लुगा र पूरानो थैला

मर्कूस २ः२१,२२

“पूरानो लृुगा र पूरानो थैला” यो भनाई प्रभु येशूको हो । यो खण्ड उहाँले आजभन्दा दुई हजार वर्ष पहिले भन्नु भएको थियो । म प्रभु येशूको पछि लागेको ४० वर्ष भएछ । यी पदहरू धेरै चोटि पढियो र अन्यबाट सुनियो पनि । तर बुझिन रहेछु । तर गए केही वर्षदेखि प्रत्यक्ष रुपमा र व्यवहारीक रुपमा आपैmले अनुभव गर्ने मौका पाएँ । जीवन तितो बन्यो । मेरो पापाले यसरी भन्ने गर्नु हुन्थ्यो ,“आकाशको राहु , पातालको केतु , एकपल्ट नपरी कसरी चेतु ।” मैले चारचोटि परेर चेँते । तर ढिलो भइसकेको थियो । थाहा छैन अभैm कतिचोटि पर्नु पर्ने र चेत्नु पर्ने हो । म चाहन्छु , अन्यले अहिले नै बुझोस् ।
अनुभवका पानाहरू
१. मैले धर्मशास्त्रमा जी. टी. एच. सिध्याएपछि स्वयं—सेवक भएर मण्डलीमा धेरै वर्षसम्म सहयोग गरें । त्यसपछि १२ बर्ष क्याम्पस त्रूmसेडमा रहेर पूर्णकालिन सेवा गरें । गएको १३ वर्षदेखि मण्डली शुरु गरेर दासको रुपमा प्रभु येशू र मण्डलीको सेवा गरिरहेको छु । मैले जहाँबाट मण्डली शुरु गरें त्यही नै दुईचोटि मण्डली पूmट्यो । मैले अन्य मण्डलीबाट आएका मानिसहरूलाई आपूmले शुरु गरेको मण्डलीमा आउन दिएँ । परिश्रमै नगरी, प्रार्थना नै नगरी पूराना मानिसहरू आउँदा मख्ख परें । ठाऊँ दिएँ । तर ती त पूरानो लुगा र पूरानो थैना पो थिएछन् । केही वर्षमा नै मण्डली फुटाएर एकपछि अर्को झुण्ड बनेर गए । मन दुख्यो । नरमाइलो लाग्यो । कति दिन त निन्द«ा पनि लागेन ।
२. काभ्रेमा नयाँ मण्डली स्थापना गर्ने मौका परमेश्वरले दिनु भयो । धेरै प्रार्थना गरें र परिश्रम पनि गरें । मण्डली बढदै थियो । एक दिन चङ्गाईको सेवा र सुसमाचारिय सभा आयोजना ग¥यौं । मैले एकजना पाष्टरलाई चङ्गाईको सेवा गर्नलाई लगें । धुमधाम पानी र¥यो । सभामा धेरैजना भूतात्माले सताइएकाहरू ल्याइएको थियो । तर निको भएन । पछिबाट प्रार्थना गर्नलाई त्यसै पाष्टरकहाँ पु¥याई दिने आग्रह गरे । हामीले फोन नम्बर दियौं । उनीहरू त्यस पाष्टरकहाँ गए । तर पछिबाट त्यो पाष्टरले मण्डली फुटाएर अर्को मण्डली शुरु ग¥यो । हामी जिल्ल प¥यौं ।
३. फेरि एकजना पाष्टरले दमकको एउटा मण्डली सम्हाल्नु प¥यो भनेर लोभ देखायो । कुराकानी भयो । स्थानिय पाष्टरलाई सके जति सहयोग गर्न थालें । मण्डली भवनको निम्ति जमीन पनि किनि दिएँ । दुःख सुख भवन पनि बनाई दिएँ । तर भवन अर्पणको दिन रातो, पिरो, हरियो र निलो पारेर मलाई पठाई दियो । उनीहरू स्वतन्त्र बस्ने रे । लगभग आठ बर्ष सहयोग गरें ।
४. दमकको मण्डली सङ्गसँङ्गै भारतको दार्जीलिङ्गमा पनि मण्डली शुरु गरें । मैले तालिम दिएको भाइलाई मिशनरी बनाएर । तर त्यहाँ पनि पूरानो लुगा र पूरानो थैलाहरूलाई साथमा लिएर नै मण्डली शुरु भयो । त्यो मिशनरी भाइ त्यति परिपक्व थिएन । पूरानाहरूले अधिकार जमाउन थाली सकेको थियो । मसित त्यो मिशनरी भाइलाई आर्थिक सहायता गर्ने पैसा पर्याप्त थिएन । जति सकेको थिएँ दिन्थे । तर उसलाई त्यो पैसाले पुग्दैन थियो । मलाई पनि त्यो कुरा थाहा थियो । त्यो भाइले सेवकाई छाडी दियो । पूरानो लुगा र पूरानो थैलाहरूलाई केही समयको निम्ति त्यो मण्डलीको जिम्मा दिएँ । कारण मसित अरु बिकल्प थिएन । त्यो मण्डली शुरु गरेको पनि आठ वर्ष नै भएको थियो । बल्ल तल्ल हाम्रो मण्डलीले एकजना एल्डरलाई मिशनरी बनाएर पठायौं । उनीहरूलाई त्यो स्वीकार्य नहुने रे । पूरानो लुगा र पूरानो थैला नै हावी भयो । त्यो मण्डली पनि स्वतन्त्र बस्ने रे । ममाथि खोइरो खनियो । भन्नु नभन्नु भने । मोहीहरूले जमीनको मालिका नोकरहरूसित जस्तो व्यवहार गरे ठीक त्यस्तै नै हामीसित गरियो (मत्ती २१ः३३—४१) ।
बाचा बाँधेको छु , अब उसो पूरानो मानिसहरूलाई साथमा लिएर नयाँ मण्डली शुरु नगर्ने । प्रभु येशू सत्य हुनुहुन्छ । उहाँले भूत वर्तमान र भविष्य सबै जान्नुहुन्छ । तर म ज्ञानको कमीले आपैm नाश भएँ ।
प्रुभ येशूले भन्नु भएको “पूरानो लुगा र पूरानो थैला” भनेको यस्तैहरू हुन् कि ? यद्यपि यो कुरा प्रभु येशूले यहुदी धर्म गुरूहरूलाई भनेका हुन् । तर वर्तमान मण्डलीमा पनि त्यस्ता व्यक्तिहरू हावी भएकाछन् ।
“मण्डली के हो” ? मैले बुझे अनुसार यहाँ कोर्न चाहन्छु ।
१. मण्डली ख्रीष्टको शरीर हो र ख्रीष्ट चाँहि मण्डलीको शिर हुनुहुन्छ । एफिसी ६ः२३
शरीरले शिरलाई चलाउदैन तर शिरले पो शरीरलाई चलाउँछ । त्यसरी नै मण्डलीले ख्रीष्टलाई होइन तर ख्रीष्टले पो मण्डलीलाई चलाउँदछ । एफिसी २ः२० ले भन्दछ , “त्यो घराना प्रेरित र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ , र ख्रीष्ट येशू आपैm चाँहि मुख्य कुने—ढुङ्गो हुनुहुन्छ ।” एफिसी १ः २२,अनि २३ मा यसरी लेखिएको छ , “र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो । र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ ।”
२. मण्डली दुलही हो । मत्ती २५ः१—१३
दश कन्याहरूमध्ये ५ कन्याहरू मात्र तयारी अवस्थामा थिए दुलहासित घरभित्र प्रवेश गरे । तिनीहरूलाई बुद्धिमति कन्याहरू भनेर सम्बोधन गरिएको छ । तर ५ कन्याहरू चाँहि लापरवाहीको जीवन जिउनेहरू थिए । जसहरूले दुलहा आउँदै हुनुहुन्छ भन्ने कुराको ख्यालै गरेनन् । ती ५ मूर्ख कन्याहरूले यस्तै “पूरानो लुगा र पूरानो थैला” लाई चित्रण गर्दछ । दुलही मण्डली हो ।
३. मण्डली खेत हो । मत्ती २१ः ३३—४१
यो खण्डमा मोहीहरूको दृष्टान्त छ । खेतको मालिक चाँहि परमेश्वर हुनुहुन्छ । खेत मण्डली हो । मोहीहरू अस्थायी काम गर्नेहरू हुन् । नोकरहरू परमेश्वरका अभिषिक्त जन हुन् । पुत्र चाँहि प्रभु येशू हुनुहुन्छ ।
नोकरहरूलाई खेतको बाली लिन पठाउँदा कुटपीट गरेर खाली हात पठाए भैmँ यी दिनहरूमा काम गर्न राखिएका मोहीहरू जबर्जस्ती गरेर मण्डलीलाई हडप गर्ने मोहीहरूको हुन् । उनीहरूको हालत के होला जब परमेश्वर स्वयं आएर न्याय गर्नु हुन्छ ? उहाँले ती दुष्टहरूलाई सर्वनाश गर्नुहुनेछ (४१ पद) । ती दुष्टहरू अरु कोही होइन तर “पूराना लुगा र पूराना थैला” हरू नै हुन् ।
प्रेरितको किताबबाट मण्डलीलाई नियाल्दा ः
प्रेरितको किताबमा सबै मण्डलीहरू प्ररितहरूद्धारा निर्देशित भएका थिए । मण्डलीका अगुवाहरू प्रेरितहरूद्धारा नियुक्त गरिन्थे । धेरै ठाऊँमा धेरैवटा मण्डलीहरू शुरु भए तर सबै प्रेरितहरूकै निगरानीमा थिए । ती पे्ररितहरू परमेश्वरको वचन र पवित्र आत्माद्धारा नियन्त्रित थिए ।
तर वर्तमान मण्डलीको गतिबिधि हेर्दा कहाली लाग्दो चित्र देखिन्छ । यी दिनहरूमा कुनै पनि मण्डली प्रेरितहरूद्धारा सञ्चालित देखिन्दैन । स्थानिय मानिसहरू नै घर साँडे भएर बोस बनेको देखिन्छ । मण्डलीमा अनुशासन छैन । मण्डलीको कुनै निति नियम, व्यवस्था, सिद्धान्त छैन । पैसा रुपैयाँको हिसाब किताब छैन । जहाँ पाप त्यही फलिफाल भने झेँ जसले बढी पाप गर्छ त्यो नै हावी भएको छ । तर बाइबलले के भन्छ ? “तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइयोस् , जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठटयौली नगर्नु , यी सुहाउने कुरा होइनन् । तर बरु धन्यवाद दिने काम होस् । किनकि यी त तिमीहरू निश्चय नै जान , कि कुनै व्यभिचारी, कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपुजक हो ) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन (एफिसी ५ः३—५) ।
बाइबलले भन्दछ , “मण्डलीको देखरेख गर्नेहरू एउटै पतिको पति होस् ।” तर आजको मण्डलीमा दुईवटा, तीनवटा विवाह गर्नेहरू नै हावी भइरहेकाछन् । गन्यमान्य अगुवाहरूले पनि तिनैलाई स्यावासी दिइरहेकाछन् । अभिषेकको काम गरिरहेकाछन् । पहिलो पत्नीलाई छाडेर दोस्रो विवाह गर्ने व्यक्तिहरू नै बरिष्ट पाष्टर भनेर चिन्हित भएको छ । मण्डलीको रुपैयाँ पैसाको हर सिहाब छैन । तर उनीहरू नै इमान्दारीमा गनिन्छन् । जसलाई बाइबल पढन धरि आउँदैन ऊ नै वक्ता ।
ख्रीष्टियन त बनेका छन् तर पूरानो लुगा र पूरानो थैला नै छन् । धेरै ख्रीष्टियनहरू छन् जसहरूले तीज, दशैँ तिहार, चैते दर्शै, माघे संक्राती जस्ता हिन्दुका चाडहरू मानिरहेकाछन् । मण्डली आउने फुर्सत छैन तर ती चाढहरू आए उनीहरू नै सबैभन्दा पहिला ती चाढहरू पनाउने काममा अग्र पक्तिमा देखिन्छन् । फेसबुकमा त्यस्ता चाडहरू मानेको फोटो र भोजनहरू लछेप्रै देख्न पाइन्छ । कतिले त यसो पनि भनेको सुनेको छु , “प्रभु येशूलाई दौरा सुरूवाल लगाई दिनुपर्छ” रे ।
म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु , “पहिले रोम साम्राज्यमा मरेका मानिसहरूको लाशलाई खोलीघरमा जम्मा गरेर राखिन्थ्यो । यदि कसैले देश र कानुनुको बिरुद्धमा अपराध गरे त्यो अपराधीको ढाँडमा खोलीघरबाट ल्याएको मरेको मानिसको लाश बाँधी दिन्थ्यो । त्यो मरेको मानिसको लाशबाट किराहरू निस्किएपछि ती किराहरूले त्यो अपराधीलाई बिस्तारै खाई दिन्थ्यो । पूरानो लुगा र पूरानो थैला मरेका मानिसका लाशहरू हुन् । वर्तमान मण्डलीमा यस्ता धेरै मरेका मानिसका लाशहरू सञ्चय गरेर राखिएको देख्न पाइन्छ ।
यसको अर्थ मण्डलीमा ख्रीष्टले स्थान पाउन सकेको छैन । मण्डलीबाट पूरानो लुगा र पूरानो थैला हटाउनु नै पर्छ । अनि मात्र ख्रीष्टले काम गर्न सक्नु हुन्छ । बाइबलले भन्दछ , पहिला त्यसको जाँच होस् (१ तिमोथी ३ः १०) । याकूब ५ः १६ ले भन्दछ , “यसकारण तिमीहरू एउटाले अर्कासँग आ—आफ्ना पाप स्वीकार गर” । प्रभु येशू भन्नुहुन्छ, “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छाड र जाऊ । पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ” (मत्ती ५ः२३,२४) ।
चुनौती ः हामीले कस प्रकारको मण्डली निर्माण गरिरहेका छौं ? पावल लेख्नु हुन्छ , “र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तजस्वी मण्डली आपैmकहाँ प्रस्तुत गर्न सकुन् र त्योचाँहि पवित्र र निष्खोट होस् (इफिसी ५ः२७) ।” के प्रभु येशू विभाजित, पूmटेको, अनुशासनहिन, छाडा र मानिसद्धारा नियन्त्रित मण्डलीलाई लिनको निम्ति आइरहनु भएको छ त ? पाँच मूर्ख कन्याहरूको अर्थ के हुन सक्छ ? जिम्मेदार पाष्टरहरू अभिषेक गर्न, बप्तिष्मा दिन र विवाह दिन किन हतार गर्छन् ? सबैभन्दा पहिला उनीहरूकै न्याय गरिनेवाला छैन र ?
तिमोथी राई

 

 

Related Articles

Back to top button