राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको वृहत प्रार्थना सभा

२ कात्र्तिक, २०७४, काठमाण्डौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको वृहत प्रार्थना सभा अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना काठमाण्डौं सम्पन्न भएको छ ।
महासंघका सह–अध्यक्ष पा. तेजमान तामाङको प्रार्थनाबाट शुरु भएको प्रार्थना सभामा केन्द्रिय प्रार्थना विभागका अध्यक्ष देउमाया तामाङको समुहले आराधनामा अगुवाइ गर्नुभएको थियो । त्यसैगरि महासचिव पा. पदमनाथ पराजुलीले कार्यक्रम संचालन गर्नुभएको थियो भने सचिव पा. तेज बहादुर रोक्काले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । त्यस्तै महासंघका सल्लाहकार पा. एलिया प्रधानज्यूले वचनबाट उत्साह दिँदै प्रार्थनाको शक्तिको बारेमा प्रष्टाउनु भएको थियो ।

उक्त प्रार्थना सभामा यु.के.का यु.एन.आर.सि. मण्डलीका सदस्या ग्राण्ड मास्टर डा. नङमारजंग गुरुङ, न्यू रिभाइवल नेपाली चर्च यु.ए.इ.का एल्डर कमल थापा, क्राउन ग्लोरी चर्च सिंगापुरका पा. मिरा राई, महासंघका सह–अध्यक्षहरु डा.फिलेमोन क्षेत्री, रिता कावो, रेभ. शामुएल सोदेम्बाज्यूले ख्रीष्टियन सरोकारका विभिन्न विषयहरु समेट्दै विशेषगरि ख्रीष्टमस र इस्टरको सार्वजानिक बिदा, नेपाल सरकार र महासंघ बीच भएको तीन बुँदे र छ बँदे सहमतिको कार्यान्वयन र समाधिस्थलको व्यवस्थाको लागि प्रार्थना गरिएको थियो । सो सभामा पा. मिरा राईले प्रार्थना कै कारण सिंगापुरमा आफुहरुले नेपाली मण्डली भनेर दर्ता गर्न सकेको अनुभाव पनि बताउनु भयो । त्यसैगरि महासंघका अध्यक्ष सि.वि. गहतराज्यूले हामीले परमेश्वरसँग धेरै मागिसक्यौं, अबका दिनमा प्राप्त कुराहरुको निम्ति धन्यवाद दिनु पर्ने बताउनु भयो । त्यसैगरि ख्रीष्टियन समुदायको माग तत्काल संवोधन नभए राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा ध्यानाकर्षणका कार्यक्रमहरु अघि बढाउने बताउनु भयो साथै उहाँले अन्तिम प्रार्थना गरी सभाको समापन गर्नु भएको थियो ।

Related Articles

Back to top button