पैसा र हातहतियारविना नै नासरताका येशूले अलेक्ज्यान्डर, कैसर, मुहम्मद र नेपोलियनले भन्दा लाखौँ मानिसलाई जित्नुभयो

ख्रिस्टाब्द १८१९ मा फिलिप स्काफ स्विजरल्यान्डमा जन्मेका थिए ।

स्काफ ख्रीष्टियान ईश्वरशास्त्रीसाथै इतिहासकार थिए । आफ्नो अधिकांश प्रौढ जीवन अमेरिकामा बिताएका स्काफले फराकिलो अवधारणालाई अङ्गाल्थे जसले जर्मनीको सुधारवादी मण्डलीमा गहन प्रभाव पारेको थियो ।

लगभग ९ ओटा कृति प्रकाशित गरेका स्काफ हिस्ट्री अफ द क्रिस्चियन चर्च (ख्रीष्टियान मण्डलीको इतिहास) नामक आठ ठेलीको मण्डली इतिहासको लागि निकै परिचित छन् । ७५ वर्षको उमेरमा २० अक्टोबर १८९३ मा अमेरिकामा प्राण त्यागेका स्काफको औधी उद्धृत गरिने भनाइहरूमध्ये यो एउटा होः

पैसा र हातहतियारविना नै नासरताका येशूले अलेक्ज्यान्डर, कैसर, मुहम्मद र नेपोलियनले भन्दा लाखौँ मानिसलाई जित्नुभयो । विज्ञान र विद्याविना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्री र विद्वान्‌हरूले भन्दा बढी उज्यालो छर्नुभयो । स्कुलको वाकपटुताविना नै उहाँले जीवनबारे यस्ता वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन् । … प्राचीन र आधुनिक महान् मानिसहरूका सम्पूर्ण सङ्ग्रहभन्दा वचन, भाषण, संवाद, गहिरा-गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखीकन बढी विषयवस्तुहरू जुटाउनुभयो ।

Related Articles

Back to top button