नेपाली मण्डलीमा भएका अनुशासनका केही उदाहरणहरू

जसले अरूलाई क्षमा दिन सक्दैन
उसले आफू हिँड्ने पुल आफैले भत्काउँछ –  जर्ज हर्बट

 

नेपाली मण्डलीमा भएका अनुशासनका केही उदाहरणहरू

१. धेरै वर्षअघि एकजना ख्रीष्टिय संस्थामा काम गर्ने व्यक्तिलाई रूपियाँ, पैसाको दुरूपयोग गरेको भनी कामबाट नै निकालियो । यो संस्थाका निम्ति गल्ती गर्नेहरूप्रति गरिने व्यवहार अथवा अनुशासनको प्रक्रिया हो । के कामबाट निकालिँदा अनुशासनको प्रक्रिया पूरा भयो त ? के त्यो भाइलाई हामीले आफ्नै भाइ सोचेर निर्माण गर्न सक्यौं त ?

२. ओखलढुङ्गाको एक मण्डलीमा पास्टरले सबै अगुवाहरूलाई मण्डलीका निम्ति ४० दिने उपवास बस्न भनी आज्ञा दिए । केही अगुवाहरू त्यो विचारसँग सहमत भए तर केही अगुवाहरू सहमत भएनन् । उपवास बस्ने त आ–आफ्नो इच्छाको कुरो हो, हामीले धेरै बलको काम गर्नुपर्ने भएकाले गर्दा हामी उपवास बस्न सक्दैनौँ भनी केही एल्डरहरू उपवास बसेनन् । यो कुरा थाहा पाएर पास्टरलाई साह्रै रिस उठ्यो र उनले आÇनो परिवारका सदस्यहरूसँग सल्लाह गरी उपवास बस्न नमान्ने अगुवाहरूलाई अनुशासन गरिने विषयमा मण्डलीमा सुनाइयो । पास्टरको कुरा नमान्नु गलत हो तर के उपवास नबस्नेहरूलाई अनुशासन गर्नु आवश्यक थियो त ?

३. हाम्रा एकजना विश्वासीकी आमा बित्नुभयो र ती विश्वासी परिवार नयाँ नै थिए । उनका आमा बाबु हिन्दु नै भएको कारण विश्वासीहरू कोही जाने कुरा भएन । ती विश्वासी त्यस परिवारको जेठो छोरो भएका कारण किरिया बस्ने कुरामा उनका आफन्तहरूबाट जोड भएपछि किरिया बस्न राजी भएर उनले कपाल काटेछन् । उनले हिन्दुधर्म अनुसार सबै काम त गरेनन् तर कपाल काटेर सेतो कपडा लगाएछन् । त्यसको हप्ता दिनपछि मण्डलीमा कुरा
उठ्यो । अब उनीमाथि अनुशासन गर्ने भन्ने अगुवाहरूद्वारा निर्णय गरियो । तर धेरैका मनमा भने कुन आधार अनुशासन गर्ने । यसका निम्ति मण्डलीमा स्पष्ट विधि पनि थिएन । त्यो भन्दा पनि नयाँ करारमा आफन्त मर्दा कपाल खौरने बारेमा स्पष्ट लेखिएको छैन । पुरानो करारमा मोसाको व्यवस्थामा लेखिएको त छ तर के त्यो व्यवस्थामा लेखिएका सबै कुराहरू आजको मण्डलीका निम्ति सयप्रतिशत नै लागू हुन्छन् त भन्ने कुरा पनि स्पष्ट थिएन । हुन त हामीले मण्डलीमा कहिल्यै कसैको पालामा यस्तो भएको देखेका थिएनौं । त्यो पनि एउटा स्पष्ट परम्परा त थियो तर त्यो परिवारलाई यो कुरा पनि थाहा थियो–थिएन मलाई थाहा भएन । मण्डलीले त्यस परिवारलाई अनुशासनको घोषणा ग¥यो । यसमा व्यक्तिगत रूपमा सम्झाउने कुरा थिएन किनभने यो कुरा सबैलाई थाहा थियो । त्यस परिवारले पश्चात्ताप गर्छु भनी मण्डलीको सामु आएर भूल स्वीकार ग¥यो तर मलाई लाग्छ त्यस परिवारलाई त्यो साँच्चै नै परमेश्वरको अघि ठूलो पाप हो कि होइन भन्ने कुरामा अझैँ शङ्का थियो । त्यस दिनउसो त्यो परिवार मण्डलीमा कहिल्यै आएन । यो घटना १० वर्षभन्दा पनि पुरानो हो तर आज पनि मेरा मनमा यसको सम्झना आई नै रहन्छ । प्रिय, तपाईंको मण्डलीमा यस्तो अवस्था आएको भए तपाईं कसरी समाधान गर्नुहुन्थ्यो ? त्यस समयमा मण्डली धेरै बालक अवस्थामा नै थियो । मण्डलीको स्पष्ट नीति, बाइबलीय सटीक शिक्षा र अनुशासनका प्रक्रियाहरू पनि त्यो बेला थाहा थिएन ।

४. पाल्पामा एक मण्डलीका अगुवाका छोराले भगाएर विवाह गरे, पछि छोरा–बुहारीलाई बोलाएर मण्डलीमा उनीहरूको हात बाँधिदिने काम भयो त्यसलाई मण्डली अनुशासनको कुनै प्रक्रियाबाट लगिएन । त्यसको केही समयपछि त्यसै मण्डलीका एक भाइ र बहिनीले पनि भागेर विवाह गरे । उनीहरू मण्डलीमा नै विवाह गर्न चाहन्थे तर केटीका आमा–बाबु गैरईसाई भएका कारण उनीहरूको विवाह हुन नदिने निर्णय गरे । त्यसैले मण्डलीका अगुवाहरूको सल्लाहमा उनीहरू भागेर केही दिन बाहिर गएर बसे । उनीहरूले सहवास चाहिँ गरेनन् । केही समयपछि उनीहरूले विवाह गर्ने कुरा उठाए तर मण्डलीले अपवित्र सम्बन्ध घोषित गरी उनीहरूलाई विवाह गरिदिन अस्विकार ग¥यो । उनीहरूको हात मात्र पनि बाँधिदिन मण्डली राजी भएन । यस घटनाद्वारा ती दुवै भाई–बहिनी धेरै दुःखित भए र सङ्गतिबाट टाढा भए । उनीहरू भन्छन्– पास्टरले चाहिँ आफ्नो’ छोरालाई भागेर गए पनि मण्डलीका अघि हात बाँधिदिए तर हामीलाई चाहिँ दिन मानेनन्, यो अन्याय भयो । यस घटनाले मण्डलीलाई कस्तो नमुना दिइरहेको छ त ?

५. झापाको दमक मण्डलीका पास्टरका एक छोराले भागेर विवाह गरे । यस कार्यले पक्कै पनि पास्टरका साथै मण्डलीलाई पनि धेरै दुःख भयो । कतिको मनमा पास्टरले आफ्नो छोरालाई के गर्नुहुन्छ भन्ने विचार आइरहेको थियो होला । पास्टरले आफ्नो छोरालाई मण्डलीको विधानबमोजिम नै अनुशासनमा राख्नुभयो । त्यतिमात्र होइन, पास्टर आपैm पनि ३ महिनाका निम्ति मण्डलीको अनुशासनमा रहनुभयो । यो उहाँको आफ्नो व्यक्तिगत निर्णय थियो । मण्डलीले उहाँलाई अनुशासनमा बस्नुपर्छ भनेर भनेको थिएन तर उहाँले आफ्नो विवेकको खातिर पनि अनुशासनमा बस्नुभयो । के यो एउटा अगुवाले गर्नुपर्ने असल नमुना होइन र ?

६. एक जना भाइलाई काठमाडौंमा ९ महिनाका निम्ति तालिममा पठाइयो । तालिममा होउन्जेलसम्म नानी जँमाउन नपाउने भनी नियम बनाइएको थियो । तर पनि यो नियम पहिले पनि धेरैचाटि उल्लङ्घन भएको थियो । दुई परिवारभन्दा बढिले नियम विपरीत तालिमको अवधिमा पहिले पनि नानीहरू जन्माए । तर उनीहरूलाई केही गरिएन । तर यहाँ अर्को परिवार पनि तालिमको निम्ति आएको थियो । उनीहरूको विवाह भएको लगभग ३ वर्ष भएको थियो । विवाहपछिको यौन सम्बन्धद्वारा पनि उनीहरूको सन्तान हुन सकेको थिएन । उनीहरूले सन्तानको निम्ति प्रार्थना गरिरहेका थिए । सन्तान नभएकोमा ती जोडी धेरै चिन्तित थिए । अचानक उनीहरू निसङ्कोच भएर तालिममा आए । तालिममा आएको एकमहिना बितेपछि अचानक पत्नी गर्भवती भइन् । डाक्टरीय चेकअप पछि उनी गर्भवती भएको निश्चित भएको थाहा पाएर तालिमनिर्देशकले उनीहरूलाई विना मौका र विना परामर्श पत्र लेखी तालिमबाट निस्काशन गरिदिए । पतिलाई मात्र भए पनि तालिम गर्न दिइयोस् भन्ने निवेदनलाई पनि अस्वीकार गरियो । तालिम अवधिमा गर्भवती हुनु महागल्ती हो भन्ने आरोप लगाइयो । ती जोडीहरू जसलाई डाक्टरले सन्तान हुन सक्दैन भनेको अवस्थामा पनि अचम्म रीतिले तालिमको समयमा परमेश्वरको कृपामा पत्नी गर्भवती भइन् । त्यस अवस्थामा उनीहरूमाथि दोष दिनेभन्दा पनि उनीहरूका निम्ति परमेश्वरलाई धन्यवाद दिने कुरा असल होइन र ? बाइबलीय अनुशासनको प्रक्रिया किन प्रयोग नभएको ? संस्थाको नियम महत्वपूर्ण कि प्रेम महत्वपूर्ण कुरा हो ? तपाईं र मलाई दिएको अधिकार चाहिँ शासन गर्नलाई र भत्काउनलाई हो त ? मानिसहरूलाई भत्काउन सहज हुन्छ तर बनाउन कठिन हुन्छ । तपाईं त्यो तालिम सेन्टरको अगुवा भएको भए के गर्नुहुनेथ्यो ? यदि येशू त्यो समयमा त्यहाँ हुनुभएको भए ती जोडीलाई के गर्नुहुनेथ्यो होला ?

 

७. बर्दियाको एक मण्डलीका डिकनले वार्षिक हर–हिसाबहरू मण्डलीलाई सुनाउनुभयो । हिसाबअनुसार डिकनले खर्च भएर बाँकी रहेको केही रकम व्यक्तिगत रूपमा चलाएका कारण मण्डलीसमक्ष समयमा बुझाउन
सक्नुभएन । सबैले सो रकम बुझाउनुपर्छ भनेतापनि उहाँले मण्डलीको उक्त रकम नबुझाएको कारण मण्डलीले अनुशासन ग¥यो । त्यसको केही समयपछि डिकन मण्डली नै छोडेर अर्को मण्डली शुरू गर्नुभयो । र हाल पनि उहाँले त्यो नयाँ मण्डलीमा अगुवाको काम नै गर्दैहुनुहुन्छ । यसरी डिकनको कुरा सबै मण्डलीका अघि बताउनु र उहाँलाई अनुशासन राख्नु उचित हो कि हैन ? के डिकनले पनि त्यही विषयमा मण्डली छोड्नु राम्रो उदाहरण हो त ? के उनले नयाँ मण्डली गएपनि पहिलो मण्डलीमा भएको आर्थिक रकम बुझाउनुपर्छ कि पर्देन ?

 

  • Lazarus Thulung

Related Articles

One Comment

  1. Tyo jodi lai prabhu le vannu huntheyo aau ra sabai ko samu ghosana gara je parmesor le timaro nimati garnu vako xa manis haru ko bichma ghosana gara

Back to top button