४२ वर्षको उमेरमा तिनले नास्तिकवादलाई त्यागे र तिनी ख्रीष्टियान बने

२२ अक्टोबर १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान र काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् । अरफान्स अफ खायोस, द गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए ।

तिनको दर्शनशास्त्रले तिनलाई यस्तो दृष्टिकोणमा पुर्‍याएको थियो कि अलौकिकतासाथै आश्चर्यकर्महरूप्रति तिनको रत्ती पनि विश्वास थिएन । तिनले ख्रीष्टियान विश्वासलाई घृणा गर्थे । तर्क नै तिनको ईश्वर थियो ।

एक दिन राइटले यसरी प्रार्थना गरे, “प्रिय परमेश्वर, मलाई थाहा छ कि तपाईं अस्तित्वमा हुनुहुन्न । ज्यामितिमा दक्षता हासिल गरेको व्यक्तिले विपरीत कोणहरू बराबर हुन्छन् भनी प्रमाणित गर्न सक्छ भनी म निश्चयतासाथ पुष्टि गर्न सक्छु । तथापि, एउटा विद्वान्‌को हैसियतले म भुलमा छु भन्ने काल्पनिक सम्भाव्यतालाई स्वीकार गर्न बाध्य छु म । तसर्थ, यदि म भुलमा छु भने कुनै न कुनै तरिकाले तपाईंले आफैलाई प्रकट गराउनुस् जसले तपाईंको अस्तित्वलाई प्रमाणित गरेको होस् । तपाईंले जवाफ दिनुभएन भने मैले तपाईंमाथि विश्वास गर्छु या गर्दिनँ भन्ने कुरामा कि तपाईंले वास्ता गर्नुहुन्न कि त मलाई विश्वस्त पार्ने साक्षी उपलब्ध गराउन तपाईंसित शक्ति नै छैन । पहिलोले तपाईं दयालु हुनुहुन्न भनी तर्क गर्दछ भने पछिल्लोले तपाईं सर्वशक्तिमान् हुनुहुन्न भनेर । जुनसुकै अवस्थामा पनि तपाईं आराधनाको लागि अयोग्य ठहरिनुहुन्छ । यदि तपाईं अस्तित्वमा हुनुहुन्न भने यो प्रार्थना हावामा फालिएका शब्दहरू मात्र हुन्छन् र मैले थोरै मर्यादाबाहेक केही गुमाउँदिनँ । यस विषयमा तपाईंको दयालु सहकार्यको लागि म पहिले नै धन्यवाद व्यक्त गर्दछु । जोन राइट ।”

यसको दुई दिनपश्चात् राइटलाई ह्दयघात भयो, तर तिनी मरेनन् । पछि तिनी अस्पतालमा भर्ना भए । दिनहरू बित्दै गए र तिनले परमेश्वरको बारेमा धेरै दिनसम्म दर्शन देखे र तिनका प्रार्थनाहरूको पनि जवाफ पाए तिनले । फलत: ४२ वर्षको उमेरमा तिनले नास्तिकवादलाई त्यागे र तिनी ख्रीष्टियान बने । आज तिनी ५७ वर्षमा प्रवेश गर्दै छन् ।

  • Kamal Adhikari

Related Articles

Back to top button