अनुशासनका सम्बन्धमा भएका गलत धारणा

‘यदि कसैले छिमेकी पापमा पतन भएको देखेर पनि हप्काउनु र सुधार गर्नुको साटो चुपचाप आफ्नो बाटो लाग्छ भने त्यो एउटा कठोर मानिसजस्तो हो जसको छिमेकीको घरमा आगो लागेको देखेर पनि खबर गर्नुको साटो नदेखे झै गरी आफ्नो बाटो लाग्छ ।’ –चाल्र्स फिन्नी

अनुशासनका सम्बन्धमा भएका गलत धारणा
धेरै मानिसहरू अनुशासनको बाटो भएर जान अनिच्छुक हुनाको मुख्य कारण मण्डली अनुशासनका बारेमा भएको गलत धारणा नै हो ।
क. कसैको न्याय नगरौं धेरैले मत्ती ७ः१ र लुका ६ः३७ पदमा उल्लिखित “न्याय नगर र तिम्रो पनि न्याय गरिनेछैन” भन्ने खण्डलाई आधार बनाई अरूप्रति न्याय गर्नु हुँदैन भन्ने पद प्रयोग गरी मण्डली अनुशासनको बेवास्ता गरेका छन् । धेरैले हामी आफै पनि सिद्ध नभएको कारण हामीले अरूको गल्तीप्रति कुरा उठाउनु हुँदैन भन्ने शिक्षाहरू पनि दिइएको पाइन्छ । कसैलाई न्याय नगरौं भन्ने शब्दले जहिले पनि अरूको चरिक्रहत्या गर्नुहुन्न भन्ने कुरा जनाउँछ । अरूलाई खसाल्ने र दोस्याउने मनस्थितिले अरूका गल्तीहरू खोजी हिँड्नु चाहिँ बास्तविक न्याय गर्नु हो । तर मण्डली अनुशासनमा दोष देखाएर मात्र अन्त हुँदैन । पाप गर्ने व्यक्तिप्रति प्रेम र वास्ता हुन्छ र गल्ती देखाइदिइसकेपछि सम्बन्धीत व्यक्तिले सुधारको निम्ति प्रार्थनासहित वास्ता पनि देखाउँछ । दोष देखाउने व्यक्तिप्रति उसको सकारात्मक विचारसहित पुनर्निमार्ण गर्ने मन हुन्छ । तसर्थ कसैप्रति न्याय नगरौँ भन्ने खण्डले कसैको दोष देखाउनै हुन्न ? र पाप गर्ने व्यक्तिलाई पाप गर्न दिइरहनुपर्छ भन्ने कुरा चाहिँ होइन । जागृतिका महान् प्रचारक चाल्र्स फिन्नीले यसरी भनेका छन्, “यदि कसैले छिमेकी पापमा पतन भएको देख्छ र देखेर पनि हप्काउनु र सुधार गर्नुको साटो चुपचाप बाटो लाग्छ भने त्यो एक कठोर मानिसजस्तो हो जसले उसको छिमेकीको घरमा आगो लागेको देखेर पनि खबर गर्नुको साटो नदेखे झैँ बाटो लाग्छ ।” ४  येशूले भन्नु भएका माथि उल्लेखित खण्डहरूलाई नियाल्दा उहाँले अरूका गल्तीप्रति फरिसीहरूको कपटीपन र स्वयम् धार्मिक बन्ने प्रवृत्तिलाई दृष्टिगत गरेर यी कुरा भन्नुभएको हो । येशूले कहिल्यै अरूको दोष देखाउनुहुन्न भन्ने कुरा सिकाउनु भएको छैन । लुकाले उनको पुस्तकमा दुईजना मानिसका बारेमा उल्लेख गरेका छन्, एउटा फरिसी र अर्को कर उठाउने । दुवै मन्दिरमा प्रार्थना गर्नलाई गए तर दुवैले भिन्नाभिन्नै प्रकारले प्रार्थना गरे । कर उठाउनेले चाहिँ मन्दिरको नजिकसमेत जान नसकी टाडै बसेर स्वर्गतिर आँखा उठाएर हेर्दै छाती पिटेर उसको पाप स्वीकार गरी क्षमा र दयाको निम्ति परमेश्वरसँग प्रार्थना ग¥यो । तर फरिसीले आफैलाई धर्मी ठहराउँदै अरू मानिसहरू जस्तो धुतहा, अन्यायी, व्याभिचारी अथवा कर उठाउनेहरूजस्तो आपूm नभएको भनी प्रार्थना ग¥यो । यस दृष्टान्तले हामीलाई के सिकाउँछ भने हामी अरूको गल्ती देखाउनुअघि आफैले आफैलाई नम्रतामा जाँच्नु अति आवश्यक छ । तसर्थ कसैप्रति न्याय नगरौं भन्ने कुरा चाहिँ पाप गर्ने व्यक्तिलाई बेवास्ता गर्नु भन्ने होइन ।

ख. यो दण्डको निम्ति हो  माथिकै परिभाषाबाट हामीलाई स्पष्ट भइसकेको छ भने मण्डली अनुशासन चाहिँ दण्डका निम्ति होइन, पाप स्वीकार गर्ने व्यक्तिको जीवनमा ल्याउने चङ्गाइ, पुनर्निमार्ण र पुनःस्थापनाका एउटा प्रक्रिया हो । विगतका धेरै मण्डली अनुशासनका गलत नमुनाका कारण पनि होला धेरैले मण्डली अनुशासनलाई  केवल दण्ड हो भन्ने बुझेका छन् । तसर्थ हामीहरूले यसको महत्व र गरिमालाई राम्ररी बुझेको खण्डमा यसले मण्डलीलाई पवित्र र चाउरी नपरेको प्रतापी मण्डलीको निर्माणमा सघाउ पु¥याउँछ । दण्ड र अनुशासनमा धेरै नै फरक छ । नयाँ करारको प्रकाशित वाक्यमा अन्तिम दिनहरूमा गरिने न्याय र दण्डबाहेक अन्य सबै खण्डहरूमा परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुराहरूभन्दा ज्यादा  उहाँको अनुग्रह, कृपा, क्षमा र प्रेमको विषयमा उल्लेख गरिएको पाइन्छ । यदि बाइबलीय अनुशासनको अर्थलाई राम्ररी बुझेमा धेरैले यो अनुशासनको बाटो भएर जानुपरेको पलहरूमा पनि आशिषको महसुस गर्नेछन् । कार्ल लेनिले अनुशासन कायम गर्नुपर्ने कारण चाहिँ दण्डका निम्ति होइन तर तालिमको निम्ति हो भनेका छन् । त्यसो भए दण्ड र अनुशासनमा के फरक छ त ?

 

Related Articles

Back to top button