प्रभुलाई अझ नजिकबाट हेर्ने मौका पाए

मेरो नाम भिम सुनुवार हो । मेरो घर उदयपुर जिल्लाको कटारी मेरो नाम भिम सुनुवार हो । मेरो घर उदयपुर जिल्लाको कटारी नगरपालिका–३, खसीबासमा पर्छ । जब मैले प्रभुमा विश्वास गरेंपछि मेरो नाम जोशुवा सुनुवार रहन गयो ।  हिन्दू र किराँत संस्कृतिको बीचबाट हुर्केको थिए । धर्मकर्म पनि विश्वास पनि लाग्थ्यो ।  एक समयको कुरा मेरो फूपु बित्नुभयो, उहाँको घरमा उहाँका छोराहरू किरिया बस्नुहुँदा मान्छेहरू भेला हुनेगर्थे । म उहाँहरूलाई सोधें, “तपाईंहरू यहाँ सधँै किन आउनुहुन्छ ।” उहाँहरूले भन्नुहुन्थ्यो, “तेरो फूपुले तिमीहरूलाई खान आउँछ भनेर हामी यहाँ तिमीहरू रूग्न आएका हौं ।’’  तबबाट मलाई धेरै डरलाग्न थाल्यो । अनि म सोंच्ने गर्थें, मान्छे किन मर्छन् ? मरेपछि कहाँ जान्छन् होला ? कि त मान्छे मरेपछि सबै कुराहरू खतम पो हुने हो कि ? के मान्छे मरेपछि जिउँदो हुँदा जस्तै सबै कुराहरूको अनुभव गर्न सक्छन् कि सक्दैनन् होला ? मेरो सास जाने बेलामा मलाई कस्तो हुन्छ होला ?  आखिर एकदिन मर्नु नै त पर्नेरहेछ भने किन जन्मिनु नि ? आदि इत्यादि प्रश्नहरूले जरा गाँडिएको थियो ।
जब म एक्लै हुन्थें, तब मलाई यी नै कुराहरूले सताउने गथ्र्याे अनि म यति अतालिन्थें कि म आफूलाई सम्हालि नै गाह्रो भएर आउँथ्यो । एकदिन जंगलको बाटो भएर म जाँदैथिएं, अनि अचानक मलाई पुरानै कुराहरुको याद आयो अनि म धेरै अतालिएँ तब मलाई केही चिजले मेरो आत्मा र मनलाई उसले आÇनो नियन्त्रणमा लिन खोजेको जस्तो लाग्यों । तब मैले यी सबै कुराहरूलाई भुल्ने प्रयास गरें र मेरो घर, साथीहरू र बाबालाई सम्झन थालें तर त्यो चिजले मलाई मनबाट बाहिरको कुराहरूलाई सोच्नै दिदैन थियो । त्यो शक्तिले मेरो मनभित्र पसेर मलाई उसको अधिनमा चलाउन खोजेको जस्तो लाग्थ्यो । त्यो शक्तिले मलाई यसो भनेको जस्तो लाग्थ्यो, “तँ त एउटा मान्छे न होस् मसँग सम्झौता गर ।” मलाई थाहा छैन कि त्यसो भन्ने त्यो चिज के हो, वा को हो ? जो मेरो मनसँग बोल्दै थियो । अनि म त्यहाँबाट बेतोडले दगुरें, त्यो शक्तिले मेरो मनसँग भनिरहेको थियो, “तँ किन भाग्छस् ?’’ तब मलाई लाग्दै थियो, म आÇनो शरिरमा छुइन तर मेरो शरिरलाई कसैले अधिन गर्न लाग्दैछ । यसैले मैले मेरो ठूलो आवाज निकालेर कराउँदै कुदेको रहेछु, मलाई थाहा छैन । पाँच मिनट जति कराउँदै दगुरेपछि अगाडि दुइजना मान्छेहरू बसिरहनु भएको रहेछ, उहाँहरूले पो बोलाउनु हुँदा म त झस्केछु । अनि त्यो मेरो मनसँग कुरा गर्ने शक्तिले पनि मलाई छोडेर गएछ । यस्ता घटना मेरो जीवनमा घटि नै रहे । बुवाले भन्नुभयो, “ धर्मकर्म र पूजापाठमा लाग्नु सबै ठिक हुन्छ ।”

मेरो भेनाजु काठमाडौंबाट गाउँमा आउनुभयो । मैले उहाँलाई पनि मेरो समस्याहरूको बारेमा बताए । उहाँले मलाई प्रभुमा विश्वास गर्नुपर्छ, सब ठीक हुन्छ, येशूले मात्र बचाउन जीवन दिन सक्नुहुन्छ । मृत्युपछि पनि जीवन छ – भन्नुभयो । मलाई मृत्युदेखि असाध्यै डर लाग्ने भएका कारण, येशू भनेको को हो र यो कसरी सम्भव छ भनि सोधे । उहाँले मलाई बाइबल पढ्नुस् सबैकुरा थाहा पाउनु हुनेछ–भन्नुभयो । मैले बाइबल पढ्न सुरू गरें, परमेश्वरले आÇनो वचनद्वारा यावकथोक सृष्टि गर्नुभएको र मानिसलाई चाहिँ भूमिको माटोबाट बनाउनु भएका थियोे । मानिसको परीक्षा र पतन यो सबै मैले मानें । बाइबल पढ्दै गर्दा मेरो मनमा धेरै प्रश्नहरू आएँ । मैले भेनाजुलाई ती प्रश्नहरू गरें तर उहाँले उत्तर दिन नसक्दा उहाँले दिनुभएको बाइबल उहाँकै हातमा थमाई दिए । जुनकुराको उत्तर बाइबलमा छैन र तपाईं पनि बताउन सक्नुहुन्न भने यो बाइबल मलाई के काम ? यसकारण अबदेखि तपाईं मलाई बाइबलको कुरै नगर्नुस् भनेर म त्यहाँबाट हिँडें । उहाँ पनि ग्रहण गर्नु भएको तीन महिना भएको रहेछ । कहिले कही हाम्रो घरमा आउनु हुँदा उहाँले प्रार्थना गर्नुभएको देख्थें र मलाई हाँस उठ्थ्यो । बाइबललाई उहाँको सामुन्ने धेरै खिल्ली उडाउँथे त्यही भएर होला । उहाँ मेरो घरमा आउन नै छाड्नुभयो ।
२०५७ सालको कुरा हो, त्यो समय देशमा द्वन्द चर्किरहेको कारण म गाउँको साथीहरूसँगै भारतको हैदरावाद शहरतर्फ गएँ त्यहाँ पुगेपछि मैले एउटा केमिकल उधोगमा काम गर्न थालें । त्यसको गन्धले त्यहाँ काम गर्नै नसकिने अवस्था भयो । कति साथीहरू त्यही कारणले बिमारी भए । मैले पनि त्यो काम छाडेर, अर्कै ठाउँमा गार्डको काम गर्न थालें । मेरो दिनचर्याहरू यसरी नै बित्दै गयो ।  एकदिन ड्युटीमा बसिरहेको बेला मलाई अचानक बिगतका कुराहरूले पिरोल्न थाल्यो र  एउटा पुस्तक मैले फेला पारे “महोपनिशद’’ भन्ने पुस्तक पढें । मैले मानेको धर्मको सबै ईश्वरहरू नास हुन्छ भने ज्ञान थाहा भएपछि यस पुस्तक नै पढ्न मन लागेन । त्यस पुस्तक दिने व्यक्तिले धेरै सम्झाउनु भयो तर उहाँले सम्झाउनु भएको सबै वेकार थियो ।
जीवन  यस्तै नै त हो खायो, पियो अनि एकदिन मरिन्छ त्यहाँबाट सबै सकिन्छ । त्यहाँका स्थानिय साथीहरू पनि धेरै बनाउँदै गएँ, उनीहरूसँग खान, लडाइँ, झगडा गर्न सामिल भएँ । यो कुरा मेरो गाउँको साथीहरूलाई थाहा भएछ र मलाई सम्झाउन लागें तर म उनीहरूको कुरा कहाँ सुन्नेवाला थिए र ¤  लागूप्रदार्थ पनि सेवन गर्ने भइसकेको थिए  ।
कराँते खेल्ने क्रममा बुढीआमाले भन्नुभयो, “बाबु तपाईं नेपाली हुनुहुन्छ ? मैले भने, “म नेपाली हुँ ।” फेरी उहाँले भन्नुभयो, “यो छुट्टिको दिनमा चर्चमा आउनुहोस् ।”  ‘‘चर्च?’’ यो नाम मैले पहिलो पटक सुन्दै थिए । अनि अर्को दाईले भन्नुभयो, ‘‘मण्डली क्या’’? म वाल्ल परेर उहाँहरूलाई हेरि रहे, अनि अर्कोले ‘‘गिर्जाघर क्या ?’’ म नबुज्ने मान्छेलाई उहाँहरूले जे भने नि सुनिमात्र रहे । त्यो बुढी आमाले फेरि भन्न लाग्नुभयो, “चर्च भनेको इसाईहरू भेला भई प्रार्थना गर्ने ठाउँ हो ।” अनि मैले बुजिहालें र उहाँहरूलाई एकै सासमा भने, “मेरो भेनाजु पनि यो धर्म मान्नुहुन्छ र मैले तपाईंहरूले पढ्ने बाइबल सबै पढेको छु, यो बाइबलमा भएको कुरा अपुरो छ, मचाहिँ सुन्दिन ।’’ भनेर त्यहाँबाट हिँड्न लागेको थिए, फेरि ती आमाले भनिन्, “बाबु केही पाउनु छ भने केही त गुमाउनु पनि पर्छ ?’’  बुढीआमा र अरुले छोड्ने अवस्था नदेखेर जुक्ति लगाएँ । त्यसठाउँको चर्चको ठेगाना लिनुपर्यो त्यसपछि त म उम्किहाल्छु नि । त्यसपछि म किन जान्थें र यिनीहरूको ठाउँमा यो सोचेर मैले उहाँहरूलाई भने, “म आज भ्याँउदिन बरू मलाई तपाईंहरूको त्यसठाउँको ठेगाना दिनुहोला म आउने आइतबारचाहिँ पक्का आउने छु ।” त्यसपछि उहाँहरूले ठेगाना दिए र म त्यहाँबाट आÇनो बाटो लागें ।
अँह यो हुनसक्दैन यो त भ्रममात्र हो जस्तो लाग्यो ? यो क्रम सँधैै यसरी नै चलिरहने हो या मैंले सोंचेको जस्तै लाखौं हजार खरब वर्षपछि सबैको अन्त्य हुने हो ? मेरो  यो  लाटो सोंचले मलाई बिमारी जस्तै बनाईदियो । मलाई कताकता डर लागेर आयो, बरू म त मान्छे नबनेको भए पनि हुन्थ्यो । मेरो आत्मा नबनिदै नबनेको भए जाती हुन्थ्यो, जस्तो लाग्थ्यो ।
सँगै बस्ने साथीले मलाई भन्ने गथ्र्याे “कोठामा बस्न पनि के को डर बाघभालू आउँदैन, भूतप्रेत आउँदैन ।” हुन त मैले यी कुराहरू साथीलाई नबताएको हैन, बताउँदा उसले मलाई तँ पागल हुन आटिछस्, भनेर हाँस्थ्यो । एक्लै कोठामा बस्ने बानी थिएन ।
बल्ल एक आइतबार चर्च जाने मौका पाँए । त्यस चर्चमा विभिन्न भाषाहरूमा संगति हुने रहेछ  । त्यतिकैमा नेपालीहरू धमाधम आउन शुरू गरे, अनि ती बुढीआमा पनि आउनुभयो । मलाई देखेर खुशी हुनुभयो र भन्नुभयो, “हामीले अस्ति नै बाबुलाई जाऔं भनेको तर जेहोस् ढिलै भएपनि आउनुभयो, प्रभुलाई धन्यवाद भएको होस् ।” अनि मैले मनमनै भने, “अँ…तैं बुढियाको प्रभुले मलाई डो¥याएर यहाँ ल्याएको हो कि म आफै यहाँ आएको हुँ त्यो त मलाई नै थाहा छ ।”
अगुवा गर्ने व्यक्ति सेवा संचालन गर्ने थाले । सबै भक्तजनहरू प्रार्थना गर्न थाले । मचाहिँ उनीहरू सबैलाई चारैतिर हेर्न थालें, कोही कोही भन्दै थिए, “म पापी हुँ प्रभु ¤ मैले तपाईंको विरूद्धमा पाप गरेको छु, मलाई क्षमादिनुहोस्,’’मैले मनमनै भने कस्तो वेवकूफ मान्छे रहेछ, आफूले आफूलाई पापी भन्न पनि लाज नमानेको । प्रायः सबैले भेटी हाले तर मैले हालिन । वचन बाँड्न व्यक्तित्वले मलाई प्रभाव पा¥यो किनभने सबै भक्तजनहरू शान्त भएर सुनिरहेका थिए ।
त्यो व्यक्तिले हनोकको बारेमा भन्दै हुनुहुन्थ्यो, “हनोकचाहिँ तीनसय वर्षसम्म परमेश्वरको साथसाथै हिँड्यो रे, यसकारण ऊ यहाँ रहेन परमेश्वरले जिउँदै उठाइ लानुभयो ।” मेरो मनमा एउटा कौतुहलता जागेर आयो, “अरे एउटा मानिसलाई परमेश्वरले उठाई लानुभयो, तर कसरी यो सम्भव छ, त्यही पनि जिउँदै ? अनि संगति सकेपछि सबैजनाले “जय मसीह’’ भन्दै हात मिलाउँदा रहेछन् । कति जनाले मसँग पनि हात मिलाए अनि उहाँहरूले भन्दै हुनुहुन्थ्यो, भाइ अब प्रभुमा विश्वास गर्नुपर्छ, उहाँ बाहेक अरू कसैले हामीलाई बचाउन सक्दैन । मैले मनमनै भने यो कुराचाहिँ यिनीहरूले भन्नैपर्ने रहेछ क्यारे, भेनाजुले पनि यसै भन्नुहुन्थ्यो मलाई । त्यतिकैमा अघि वचन बोल्ने मान्छे मकहाँ आइपुगे र मैले उहाँलाई, “नमस्कार पण्डित बाजे’’ भनेर हात मिलाएँ तर सबैजना हाँस्नु भयो र उहाँले भन्नुभयो, “पण्डित मन्दिरको पूजाहारीलाई भनिन्छ तर चर्चको अगुवालाई चाहिँ पास्टर भनिन्छ ।’’
जब मैले नयाँ करार लिएर कोठामा आएँ । त्यसपछिको मेरो दिनचर्याहरू बाइबल पढेर नै बित्न लाग्यो । तर जब मैले मत्तीको एक अध्याय पढेँ, त्यहाँ अलिकति अक्मकिए । मरियम त पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन तर कसरी दाऊदको वंशको हुन्छन् त येशू ? एकदिन समय मिलाएर रेभ. राजन रानापालको कोठामा गएर बाइबलमा भएको जुन कुरा मलाई चित्त बुझेको थिएन सबै सोधे । येशू ख्रीष्टको वंशावली अनि उत्पत्तिको पुस्तकबाट पनि सबै बताइ दिनुभयो । फेरि उहाँले भन्नुभयो, “हामीले एउटा अध्यायमा भएको कुरालाई बुझ्न त्यही एक अध्याय मात्र पढेर सिमित छैन अरू पनि अध्यायहरू पढ्न आवश्यक छ, साथसाथै उपवाश र प्रार्थनाको खाँचो पर्छ  ।”
मैले बाइबल दैनिक जसो पढ्न थालें । जति पढ्यो उति पढ्न मन लाग्थ्यो, त्यसपछि के आउँछ, त्यसपछि के आउँछ, जस्तो लागेर आउँथ्यो । जब मैले मत्ती, मर्कूस पढ्दासम्म त मलाई नयाँ करार एउटा कथा (उपन्यास) पढेको जस्तो लाग्दथ्यो तर जब लूकाको पुस्तक आधाभन्दा नि धेरै पढिसकें तब मलाई अलिअलि भित्रैबाट विश्वास पलाउन थाल्यो । एकदिन रातमा लूकाको पुस्तकबाट पढ्दै थिएँ र मेरो साथीचाहिँ म नजिकैको पलङ्मा ढल्केर मैले पढेको सुनिरहनु भएको थियो । जब मैले लूका २३ः२८ को ‘‘यरूशलेमको छोरी हो, तिमीहरू मेरा निम्ति नरोओ, तर तिमीहरू आÇनै निम्ति र आÇना छोराछोरीको निम्ति रोओ ।’’ ३४ पदअनुसार ‘‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरू के गर्दैछन् सो जान्दैनन् ।’’ त्यतिबेलासम्म मेरो आँखाभरि आँशु भैसकेको रहेछ, अनि मैले मन थामेर लूकाको पूरै अध्याय पढ्न थालें । मन थामी नै सकिन म रून पो थालें ।
मलाई लाग्यो, यो पुस्तक कुनै कथा, कहानी (उपन्यास) पुस्तक नभएर जीवित पुस्तक पो रहेछ । मैले मेरो भेनाजुलाई कति खिल्ली उडाउथें तर नजानेर रहेछु भनेर मलाई त्यतिबेला पो आत्माग्लानी भयो र मलाई प्रार्थना गर्न आउँथेन्थ्यो ।  जानीनजानी भएपनि घुँडा टेकेर येशूसँग माफी मागें । आउने आइतबार चर्चमा प्रभु येशूलाई ग्रहण गरें । त्यो दिनबाट म निर्धक्क भयो कि शारिरीक मृत्यु पश्चात् पनि अनन्त जीवन छ । म येशूमा रुपान्तरित भए ।

Related Articles

2 Comments

Back to top button