ख्रीष्टिय इतिहासमा अनुशासनको बाटो भएर गएका महान् सेवक तथा अगुवाहरू

‘तपाईका कमजोरीहरू जसले तपाईलाई कमजोर बनाउछन्,ती कुराहरूमा सुधार ल्याउनुभयो भने तपाई कति टाढासम्मपुग्नुहुन्छ तपाईलाई थाहा हुदैन ।’ – अज्ञात

ख्रीष्टिय इतिहासमा अनुशासनको बाटो भएर गएका महान् सेवक तथा अगुवाहरू

पुरानो करारको समयमा मण्डली नभएका कारण अनुशासनको प्रक्रिया व्यवस्थित  थिएन कि जस्तो भान हुन सक्छ तर पनि परमेश्वरले पाप गर्ने उहाँका मानिसहरूलाई पापमा कहिल्यै त्यसै छोड्नुभएन । त्यो बेला आज जस्तो मण्डलीहरू पनि थिएनन् तर पनि त्यो समाजले अनुशासन कायम गरिरहेका घटनाहरू उल्लेख गरिएका छन् । उहाँले आफ्ना अगमवक्तहरू, न्यायकर्ताहरू र पुजारीहरूद्वारा पाप गर्ने व्यक्तिलाई उसको पाप कायल गराई पुनःस्थापना गरिरहनुभएको थियो । ती मानिसहरू जोहरूले कहिल्यै परमेश्वरको अनुशासनलाई तिरस्कार गरेनन् तिनै व्यक्तिहरू एकदिन महान् पुरूषका रूपमा इतिहासमा उदाए ।

क. राजा दाऊद (२ शमुएल ११ अध्याय )  दाऊद राजाको जीवनी यदि यस बाइबल धर्मशास्त्रमा उल्लेख नगरिएको भए मण्डलीका निम्ति धेरै कुराहरू अधुरा नै रहन्थे होला । दोस्रो शमुएलको ११ अध्याय एउटा दुःखद घटनाबाट सुरू हुन्छ जहाँ दाऊद उरियाको पत्नी बेत्सेवासँग व्यभिचारको पापमा फसेका छन् । त्यसको गम्भिर प्रभाव दाऊद स्वयम्, उनको परिवार, बेत्सेवा र सारा इस्रयालीहरूमाथि परेको छ ।  सकभर उनको जीवनी पढ्ने हरेक विश्वासीहरूमा पनि त्यो घट्नाले गम्भिर असर पर्दछ । कल्पना पनि गर्न नसकिने गरी परमेश्वरको बोलावट र अभिषेक पाएका राजा दाऊद व्यभिचारको पापमा लडेका छन् । मानिस परमेश्वर होइन, तसर्थ उसमा पक्कै पनि कमजोरीहरू हुन्छन्  । १ कोरिन्थी १०ः१२ ले भन्दछ, जो खडा छु भनी सम्झन्छ, ऊ होसियार रहोस् नत्र ऊ लड्नेछ ।  दाऊद व्यभिचारको पापमा पतन भएपछि परमेश्वरले नातान अगमक्तालाई दाऊदकहाँ पठाउनुभयो । परमेश्वरबाट पठाइएको नातान अगवक्ताको व्यक्तिगत हप्की र चेताउनीलाई ईश्वरीय हप्की सम्झेर दाऊद राजा आफ्नो पाप स्वीकार गरी परमेश्वरप्रति समर्पित भएर आफ्नो राजकिय पोसाक च्यातेर पश्चत्ताप गर्दै कैयौँ दिनसम्म रोई रहे । राजा भएका कारण दाऊदले चाहेको भएमा नातान अगमवक्तालाई त्यसैबेला मारेर आपैmलाई मानिसहरूका सामु निर्दोष सावित गर्न सक्थे । तर आफ्नो परमेश्वरप्रतिको भक्ति र भयको कारण उनले परमेश्वरको आवाज र हप्कीलाई स्वीकार गरे । कैयौं दिनसम्म उनी खरानी धसेर रूदैं परमेश्वरसँग प्रार्थनामा रहे । उनले त्यही पश्चतापपूर्ण तोडिएको अवस्थामा भजनसङ्ग्रह ५१ अध्याय लेखे जहाँ पापको क्षमा मात्र होइन पवित्र आत्माको उमङ्ग पुनः प्राप्त गर्नका निम्ति रोएर परमेश्वरसँग बिन्ती गरे । पापका कारण दाऊदले पवित्र आत्मा उनको जीवनबाट हटेको, मुक्तिको उमङ्क गुमाएको र आफ्नो शरीरका हड्डीहरू भाँचिए झैं कष्टको अनुभव गर्दछन् । दाऊदको यो प्रार्थना पढ्दा उनी साँच्चै रीतिले आफ्नो पापप्रति लज्जित भएको हामी अनुभव गर्न सक्छौं । हामीलाई थाहा छैन दाऊदलाई यस पापको चोटबाट निको हुन कति दिन वा रात लाग्यो होला । पक्कै पनि कैयौं महिना र वर्षहरू लागे होलान् ।
दाउदको ह्दयलाई हेर्दा हामी स्पस्ट जान्दछौ कि उनी आफ्ना पापहरूप्रति स्पस्ट थिए । उनी लेख्छन्, म मेरा पापहरू जान्दछु । मेरा पापहरू मलाई थाहा छ (भजनसंग्रह ५१ः३) । त्यसपछि दाउद लेख्छन्, मेरा पापहरू परमेश्वर तपाईंलाई थाहा छन् (४ पद) । भनिन्छ कुनै मानिसले पनि आफुलाई र परमेश्वरलाई कहिल्यै झुट बोल्न सक्दैन । दाउद आफ्नो पाप अरू मानिसहरूमाथि थोपरेर भाग्न चाहदैनन । बरू आÇनो गल्तीको जिम्मा आपैm लिन्छन् । साँचो पश्चतापको निम्ति आफ्नो पापप्रतिको चेतना हुनु जरूरी छ ।  दाऊदको त्यही नम्र र तोडिएको हृदयका कारण दाऊद मेरो हृदयअनुसारको मानिस भनी परमेश्वर स्वयम्ले घोषणा गर्नुभयो  (१शमुएल १३ः१४, प्रेरित १३ः२२)।  परमेश्वरले हरेक मानिसमा खोज्नुभएको कुरा चाहिँ तोडिएर चूर्ण पारिएको ह्दय नै हो ।  दाऊद एक अगुवा भए पनि नम्रताकासाथ अनुशासनको बाटो  भएर गए । उनको पश्चात्तापका आँसुहरू परमेश्वरको वेदीमा ग्रहणयोग्य भए । के हामी दाऊद राजाभन्दा महान् हौं र ? दाऊदलाई उठाउने परमेश्वरले तपाईं र मलाई उहाँको समयमा हाम्रा पापमय जिवनको बाबजुत पनि उचाल्न सक्नुहुन्छ (याकुब ४ः१०)।

  ख. पत्रुस (मत्ती २३ः६९–७५)  पत्रुस साधारण माछा मार्ने पेसाबाट प्रभुलाई पछ्याएको व्यक्ति थिए । येशूसँगको लगभग साढे तीनवर्षको हिँडाइ, उहाँको वचनको सुनाइ र उहाँको आश्चर्यपूर्ण कार्यलाई देखेर परिपक्व बन्दै गएका पत्रुसले येशू पक्राउ पर्नुभएको समयमा तीन पल्टसम्म “म येशूलाई चिन्दै चिन्दिन”भनी झुट बोलेर येशूलाई इन्कार गरेका थिए । ती पत्रुस जसले येशूलाई त्रूmसमा मर्न दिने छैन, बरू त्यसको साटोमा आफ्नो जिवन दिन परेतापनि म तयार छु भनी वचन दिएका थिए, तर समय आयो उनी प्रतिज्ञाबाट भागे । तर त्यो राती तीनपल्ट भाले बासेको आवाजसँगै पत्रुस, “धुरूधुरू रोए” (२६ः७५)। पत्रुस साँच्चै प्रभुलाई प्रेम गर्ने व्यक्ति थिए जसको हृदय पश्चात्तापले तोडिएको थियो भन्ने कुरा हामीलाई याद हुन्छ । बूढो उमेरको मानिस धुरूधुरू रूनु सजिलो कुरो होइन तर सुसमाचारका पुस्तकहरूले पत्रुसलाई त्यसरी नै प्रस्तुत गरेका छन् । यिनै पत्रुस उनका पश्चात्तापको जीवनपछि त्यही अवस्थामा रहेनन् । पेन्तीकोसको दिनले पत्रुसको जीवन र सेवाकाइमा नयाँ मोड ल्यायो । पवित्र आत्माको अभिषेकसँगै उनी पहिलो शताब्दीको मण्डलीका महान् प्रचारकको रूपमा उदाए । जीवनको कठिन मोड र परिस्थितिमा प्रभुमा फर्कनेहरू पुनः उहाँको सेवकाइमा शक्तिशाली गवाही भएका छन् । यो दुनियाँमा नम्र व्यक्ति कहिल्यै कमजोर भएका छैनन् । येशूले भन्नुभयो, “धन्य नम्रहरू तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् (मत्ती ५ः५)।”  यसरी दाऊद नातान अगमवक्ताको हप्काइपछि र पत्रुसले भालेको डाकसँगै येशूमा पश्चात्ताप गरिसकेपछि पुनःस्थापित भएर उनीहरू अझ प्रभावशाली अगुवाहरू बनेको कुरा इतिहासले गवाही दिन्छ । तर त्यतिबेला मात्र त्यो सम्भव भयो जब उनीहरूले चूर्णतामा तोडिएर पश्चात्ताप गरे । उनीहरू नम्र थिए जसको कारण परमेश्वरबाट उनीहरू महान् औजारका रूपमा प्रयोग गरिए । यदि चाहेका भए दाऊद राजाले नातनलाई मारेर भए पनि आफ्नो पाप लुकाउन र छिपाउन सक्थे तर उनी परमेश्वरसँग डराउने मानिस भएका कारण बरू सरम र लाजको बाटो भएर जानलाई रोजे । उनको नम्रता आज अनि आउने युगहरूसम्म साक्षी बनिरहनेछ ।

पत्रुसले येशूलाई धोखा दिएको समयमा नै यहुदा स्करयोतले पनि येशूलाई धोखा दिएर ३० टुक्रा चाँदीको सिक्कामा येशूलाई पकड्ने पुजाहारीहरूसँग सम्झौता गरेका थिए । येशूलाई मृत्युदण्ड दिइएको खबरले उनी निराश भएर । निर्दाेष मानिसलाई धोखा दिएको अनुभव गर्दे उनी सबै पैसाहरू पुजाहारीहरूको अघि फालेर गइ झुण्डिएर आत्माहत्या गरे । उता पत्रुस आफ्नो पापप्रति पश्चताप गरेर परमेश्वरकहाँ फर्किए तर यहुदा स्करयोतले त्यो मौकालाई प्रयोग गरेनन् तर कठोर ह्दय लिएर जिवन समाप्त गरे । उनले पश्चताप गरेर फर्कने मौकालाई गुमाए । धेरै मानिसहरू पत्रुसजस्तै पश्चताप गरेर फर्कन चाहदैनन तर यहुदा जस्तै पापमय जिवन लिएर संसारबाट बिदा हुन्छन् ।
एकपटकको असफलता नै अन्त होइन तर परमेश्वर उहाँकहाँ पश्चतापको ह्दय लिएर आउने हरेकलाई पुनः निर्माण गर्नुहुन्छ र शक्तिसाली रूपमा प्रयोग गर्नुहुन्छ ।

Related Articles

Back to top button