३ दिने अगुवापन तालीम

हेटौंडामा ३ दिने अगुवापन तालीम सफल ३०० भन्दा बढीको सहभागी भएको ३दिने अगुवापन तालिम सम्पन्न भएको छ, नेपाल कमाने ख्रीस्टियन चर्चको आयोजनामा यो तालिम कार्तिक ६-८ सम्म भएको हो । मकवानपुरमा यश तालिमले राम्रो प्रभाव पारेको छ, हरेक बर्ष इस्राएलबाट आउनु हुने बक्ता पास्टर एन्ड्रु ले अगुवापनको बारेमा गहिरो शिक्षा दिनु हुने कार्यक्रम संयोजग पा. गोबिन्द कोइराला ले बताउनु भयो। यसरी ग्रामीण र ताराको जिल्ला लाई समेटेर तालिम संचालन गर्न पाएकोमा नेपाल कमाने ख्रीस्टियन चर्चका पास्टर तथा प्रायोजक अमित शर्माले खुशी व्यक्त गर्नु भयो । हेटौंडामा यस्तो अगुवा तालिम अत्यन्तै लाभदयक रहेको सहभागी बताउछन । बिगत १० बर्ष देखि भैरहेको यश कार्यक्रमको क्वायर मा पा. पुर्षोत्तम कोइरालाको टीमले सहायता गर्नु भएको थियो ।

  • सुन्दर दाहाल

Related Articles

Back to top button