पोखरेली ख्रीष्टिय युवा संगती

प्रकाश बानियाँ

२ दिने आत्मिक सम्मेलन पोखरामा रहेको ख्रीष्टियान जवानहरुको समुह पोखरेली ख्रीष्टिय युवा संगतीले यही कार्तिक २र३ गते ए जवान तिम्रो मन कता पट्टी (मत्ती ८:३३) भन्ने प्रसंगमा नेपाल ख्रीष्टिय रामघाट चर्चमा सम्पन्न भयो । उक्त आत्मिक सम्मेलनको समउद्घाटन समाहरोहमा पोखरेली समुदायको अध्यक्ष पास्टर भविन्द्र राना लगाएत बरिष्ट अगुवाहरुको उपस्थित रहेको थियो । पोखरेली ख्रीष्टिय युवा संगतीको समउद्घाटन समारोहमा भुतपुर्व अध्यक्ष एल्डर राजु अधिकारी र समुदायको अध्यक्ष पास्टर भविन्द्र रानाले आफनो मन्तव्य राख्नुभएको थियो । उक्त सम्मेलनमा सिकाउनको लागी पहिलो दिन मेलिसीया बाट पास्टर पालन रामास्वामी ज्यु आउनुभएको थियो भने दोस्रो दिन पास्टर सुदेस गुरुड• ज्युले सिकाउनु भएको थियो । उक्त कार्यक्रमको संयोजनमा प्रकाश पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सुबास मसीहले गर्नुभएको थियो । उक्त सम्मेलनमा पोखराको विभिन्न चर्चहरुको २९० जना जवानहरुको सहभागीता रहेको थियो । अनत्यमा अध्यक्ष प्रकाश भुजेलले उपस्थित सबै जवानहरुलाई धन्यवाद दिई अन्तिम प्रार्थना गरी सम्पन्न भयो ।

Related Articles

Back to top button