बाइबलमा पुनःस्थापनाका बाइबलमा पुनःस्थापनाका सुन्दर नमुनाहरू

फाटेको जाल जलाहारीका निम्ति जिन्दगीको एउटा सहारा होजुन उसले लामो समयसम्म पुनः तुन्दै र जोड्दै प्रयोग गरिनैरहन्छ । मण्डलीले पनि पाप गर्ने भाइ या बहिनीलाई त्यसैफाल्न मिल्दैन बरू उनीहरूलाई पुनः निर्माण गरेर मण्डलीकोप्रयोगको निम्ति तयार गरिरहनुपर्दछ ।

 बाइबलमा पुनःस्थापनाका सुन्दर नमुनाहरू (गलाती ६ः१.२)
पावलले गलातीको पुस्तकमा मण्डली अनुशासनलाई सुन्दर ढाँचामा वर्णन गरेका छन् ।  पहिलो पदमा ग्रीक शब्दमा “कातरतिज्जो”  जसको बृहत अर्थ बाइबलमा भिन्नाभिन्नै शब्दहरूमा वर्णन गरिएका छन् । अङ्गे्रजीमा “रेस्टोर” प्रयोग गरिएको भएतापनि नेपाली अनुवादमा यसलाई सुधार गर्नु  भन्ने अर्थ दिइएको छ ।  तर अङ्ग्रेजी शब्दको वास्तविक अनुवाद  “पुनःस्थापना” नै भएकोले यस पुस्तकभरि मैले त्यही शब्दलाई चलाएको छु । तर अहिले ग्रीक शब्द “कातरतिज्जो”  बाइबलका विभिन्न खण्डहरूमा पनि प्रयोग गरिएका छन् र यसले कति धेरै अर्थहरूलाई समेटेको छन् भन्ने कुरालाई हामीले यी तलका उदाहरणहरूद्वारा बुझ्न सक्नेछौं ।

क. फाटेको जाल तुन्नु (मत्ती ४ः२१)

मत्तीको पुस्तक ४ः १८–२२ सम्म येशूको पहिलो  चेलाको  बोलावट भन्ने शीर्षक दिइएको छ । त्यस समयमा जब येशू गालिल समुन्द्रको किनारामा  हिँडिरहनुभएको थियो । पत्रुस र आन्द्रियसलाई जाल हानीरहेको देखेर बोलाउनुभयो । तुरून्तै दुवैले आ–आÇना जालहरू छोडेर येशू पछि लागे र त्यहाँबाट केही अघि गइरहनुभएको बेला येशूले जब्दीका छोराहरू याकुब र यूहन्नालाई फाटेको जाल तुनिरहेको भेट्नुभयो । शायद उनीहरूको जाल धेरै पुरानो भई फाटेको थियो । फाटेका जाल तुन्नु या जोड्नु भन्ने कुरालाई बुझाउन “कातरतिज्जो”  भन्ने ग्रीक शब्द प्रयोग गरिएको छ । जाल तुन्ने कार्यले पुरानो फाटेको वा चुँडिएको कुरालाई पुनः अघिकै स्थानमा लगेर जोड्नु वा गाँस्नु भन्ने अर्थ बुझाउँछ । कुनै पनि जलाहारीले जालको एउटा मात्र प्याल च्यातिएको देखेमा उसले जाललाई कहिल्यै फाल्दैन बरू त्यसलाई फाल्नुअघि कैयौंपटक जोडेर प्रयोग गर्दछ । यो त केवल नमुना मात्र हो ।  एउटा मण्डली अनुशासनले जीवनीरूपी जाल जो फाटेको छ, त्यो जिवन जो जाल झैं पापले भत्किएर अनि चुडिएर काम नलाग्ने भएको छ, त्यसलाई पुनःप्रयोगका निम्ति मण्डलीले जोड्ने र निको पार्ने काम गर्नुपर्दछ । उसलाई पुनः कामको निम्ति प्रयोगमा ल्याउन सकियोस् । फाटेको जाल जलाहारीका निम्ति जिन्दगीको एउटा सहारा हो  जुन उसले लामो समयसम्म पुनः तुन्दै र जोड्दै प्रयोग गरिनैरहन्छ । मण्डलीले पनि पाप गर्ने भाइ या बहिनीलाई त्यसै फाल्न मिल्दैन बरू उसलाई पुनः निमार्ण गरेर  मण्डलीको प्रयोगको निम्ति तयार गरिनैरहनुपर्दछ ।

ख. तयार गर्नु वा निमार्ण गर्नु (लुका ६ः४०)

“चेला गुरूभन्दा श्रेष्ठ हुँदैन, तर पुरा शिक्षा पाएपछि ऊ गुरूजस्तै पूर्ण हुनेछ” (लुका ६ः४०)। “कातरतिज्जो”  भन्ने ग्रीक शब्दलाई यहाँ तयार गर्नु वा निर्माण गरेर योग्य पार्नु भन्ने अर्थमा प्रयोग गरिएको छ । एउटा चेला जसलाई उसको गुरूजस्तै योग्य पार्नलाई तालिम दिइन्छ । त्यही नै मण्डली अनुशासनको उद्देश्य हो । गलाती ६ः१–२  मा भएको सुधार या पुनःस्थापना शब्द नै यहाँ पनि प्रयोग भएको छ । मण्डलीको काम चाहिँ अब एउटा पाप गर्ने भाइ या बहिनीलाई मण्डलीको अनुशासनको प्रक्रियाबाट येशू ख्रीष्टिको स्वरूपमा बनाउँदै लैजानुपर्दछ भन्ने कुरालाई बुझाउँदछ । यस्तो कार्य केवल प्रेम र उत्साहपूर्वक गरिने व्यवहार र शिक्षाले मात्र सम्भव तुल्याउँछ ।

ग. भाँचिएको हाड जोडनु (१ कोरिन्थी १ः१०) 

मानव शरीरको कुनै पनि हाड भाँचिएमा सारा शरीरलाई नै कष्ट हुन्छ । त्यो पीडालाई हटाउन चाँडो भन्दा चाँडो भाचिँएको हाडलाई पुनः जोड्नलाई मलमपट्टी गर्नुपर्छ । यहाँ एकसाथ जोड्नु भन्ने शब्दलाई ग्रीकमा “कातारतिज्जो” भन्ने क्रियापद प्रयोग गरिएको  छ । औषधीविज्ञानको अनुसार भाँचिएको हाडलाई पहिलेको झैं बलियो गरी  जोडन सकिन्छ । मण्डली अनुशासनले पनि एउटा भाँचिएको हाड जोडिएझैं मानिसको तोडिएको सम्बन्ध र सङ्गितलाई जोड्ने काम गर्दछ । औषधीविज्ञानका मुताविक यदि एउटा मानव शरीरको भाँचिएको हाडलाई पुनः जोड्न सकिन्छ भने एउटा पापमा लडेर भाँचिएको व्यक्तिलाई किन निर्माण गर्न सकिन्न र ?  माथिका यी उदाहरणहरूले मण्डली अनुशासनको सुन्दर चित्रण गर्दछन् । तसर्थ हामीले जब कुनै मानिसलाई अनुशासनमा राख्छौं तब यिनै कुराहरूलाई ध्यानमा  राख्दै जिवन निर्माणको काम गर्नुपर्दछ । यो पक्कै सजिलो भने छैन तर परमेश्वरको शक्तिद्वारा हामी गर्न सक्दछौं । यसो गर्नलाई मण्डलीलाई कुनै छुट छैन । त्यसो भए किन धेरै मण्डलीहरूले पाप गर्ने भाइ या बहिनीलाई अनुशासन गर्न सकिरहेका छैनन् त ?

Related Articles

Back to top button