मण्डली इतिहासमा ७ ओटा विश्वव्यापी (इक्युमेनिकल) परिषद् देखा परेका छन्

मण्डली इतिहासमा ७ ओटा विश्वव्यापी (इक्युमेनिकल) परिषद् देखा परेका छन् जुन यस प्रकार छन्:
(१) प्रथम नैसियाको परिषद् (ख्रिस्टाब्द ३२५)
(२) प्रथम कन्स्टेनटिनोपलको परिषद् (ख्रिस्टाब्द ३८१)
(३) एफिससको परिषद् (ख्रिस्टाब्द ४३१)
(४) खाल्सिदोनको परिषद् (ख्रिस्टाब्द ४५१)
(५) द्वितीय कन्स्टेनटिनोपलको परिषद् (ख्रिस्टाब्द ५५३)
(६) तृतीय कन्स्टेनटिनोपलको परिषद् (ख्रिस्टाब्द ६८०-६८१)
(७) द्वितीय नैसियाको परिषद् (ख्रिस्टाब्द ७८७)
यो रचना चौथो परिषद् अर्थात् खाल्सिदोनको परिषद्‌सित सम्बन्धित छ जुन ख्रिस्टाब्द ४५१ को अक्टोबर ८ मा सुरु भई आजकै दिन अर्थात् नोभेम्बर १ मा सकिएको थियो । खाल्सिदोन (आधुनिक टर्कीमा अवस्थित) आदि ख्रीष्टियमतको केन्द्र थियो ।

मण्डली इतिहासको अगिल्ला ४०० वर्षमा ख्रीष्टको स्वभाव प्रमुख ईश्वरशास्त्रीय प्रश्न बनेको थियो । ख्रीष्टियान जगत् कट्टरवादी विश्वासमा एकीकृत थियो, तर बेलाबेलामा देखा परेका नयाँ-नयाँ अवधारणाहरूले मण्डलीलाई ख्रीष्टको बारेमा आफ्नो विश्वास प्रस्ट पार्न परिषद्‌हरूमा धकेले । त्यसैको परिणामस्वरूप यी परिषद्‌हरूको आवश्यकता परेको थियो ।

प्रथम नैसियाको परिषद् (३२५) ले ख्रीष्टू पूर्णतः परमेश्वर हुनुहुन्छ भनी घोषणा गरेको थियो । तर के उहाँ साँच्चै मानिस पनि हुनुहुन्थ्यो त? ख्रीष्टको स्वभावसित सम्बन्धित खाल्सिदोनको परिषद्‌मा यस विषयबारे चर्काचर्की परेको थियो । अन्त्यमा यस भेलाले येशूको बारेमा चारवटा सिद्धान्तलाई घोषणा गर्‍योः (१) येशू पूर्णतः परमेश्वार हुनुहुन्छ; (२) येशू पूर्णतः मानिस हुनुहुन्छ; (३) येशू एक व्यक्तित्व हुनुहुन्छ र (४) येशूसित दुईवटा बेग्लाबेग्लै स्वभाव छन् ।

मण्डली इतिहासमा यस परिषद्को दस्ताबेजलाई निकै महत्त्वपूर्ण मानिन्छ । येशू एक व्यक्तिहत्व हुनुहुन्छ र उहाँमा ईश्वरीय र मानवीय गरी दुईवटा स्वभाव छन् भनी यसले घोषणा गर्‍यो । येशू परमेश्वार र मानिस हुनुहुन्छ । उहाँ परमेश्वर-मानव हुनुहुन्छ ।

Related Articles

Back to top button