मैले ख्रीष्ट द्वारा अचम्म रितिले पुन : नँया जीवन पाए

” मृत्युलाई नजिकैबाट नियाले, मृत्यु कस्तो हुन्छ भन्ने आभास पछी सोचेको थिइन कि फेरी जीवित भै बाच्नेछु |
साच्चै मैले ख्रीष्ट द्वारा अचम्म रितिले पुन : नँया जीवन पाए | “

प्रभूमा मेरा अति प्रिया दाज्यू भाई तथा दिदीबहिनीहरुमा
ख्रीष्टिया अभिबादन साथै प्यारो जयमसिह !!!
मेरो नाम बिर बहादुर मोक्तान | हाल म नवलपरासी बर्धघाट न.पा. १६ स्थित मिलाप चर्चमा पाष्टरिया सेवकाई गर्दैछु | मेरो घर चर्च देखि डेढ कि.मि. पर बर्धघाट न.पा. १५ मा पर्दछ | आज म आर्टिकल मार्फत आफ्नो जीवन गवाहीलाई पस्कने जमर्कोमा छु | आसा छ यस जीवन गवाही द्वारा परमेश्वरको महिमा, सु-समाचार, र धेरैको निम्ती प्रेरणा र उत्साह हुनेछ | समय मिलाएर अवश्य पढ़िदिनुहोला |

मेरो जन्म ख्रीष्टियन परिवारमा बि.स.२०३१ साल श्रावण १९ गते eनवलपरासीको अरुमखोलाको तमस्पुर भन्ने ठाउँमा भएको थियो | मेरो बाबाको नाम डम्मर बहादुर मोक्तान, आमाको नाम कालीमाया मोक्तान हो | तमस्पुर भन्ने गाँउ नारायणी नदि नजिक नजिक पर्दछ | म जब ३ वर्षको थिए तब हामी बस्ने गाँउमा श्रावण महिनामा पानीको भेलाको कारण बाढी पस्यो | बाढीको कारण जनजिवन अस्थब्यस्थ भयो | खेतीपाती सबै डुबान | हामी त्यस ठाउँमा बस्न नसकी बसाई सरि नवलपरासिकै बरटाडी भन्ने ठाउमा बसाई सरेउ | बरटाडी भन्ने गाँउमा अईसकेपछी हामीले बि.स. २०३५ सालमा खोरिया फाडेर बस्न थालेउ | यसरि हामीले जस्तै खोरिया फाडेर बस्नेहरु ४० घर भन्दा बेसी थियो | लगभग ४ वर्ष पछी बि.स. २०३९ सालमा श्री ५ को सरकारले हामी लगायत अन्या खोरिया फाडेर बस्नेहरुलाई नवलपरासिको नै रेता भन्ने ठाउँमा उठाएर लगिदियो | अब सुन्नुहोस है हामीलाई सरकारले बरटाडी गाँउ बाट उठाएर रेता भन्ने ठाउँमा ल्याई पुर्यायो | रेता भन्ने ठाँउ यस्तो थियो कि जहाँ खेति योग्या जमिन कतै देखिदैन थियो | भनौ भने मरुभूमि जस्तो बालुवा नै बालुवा मात्र भएको, उजाड र बन्जर भुमि | गर्मि के सारो त्यसमाथि घर छैन | खेति योग्या जमिन नभएको कारण हामीहरु कसैले खेति गर्न सकेनौ | त्यसकारण श्री ५ को सरकारले हामी सबैलाई नुन,तेल,पिठो,दाल र दुध आदि रासन राहत स्वारुप वितरण गर्न थाल्यो | यसरी त्यसै ठाँउमा १८ महिना सम्म हामीले सरकारी खाना खाएउ | हामी संग हुने परिवारहरु ४० भन्दा बेसी थियो | सबै मिली सरकार संग खेति योग्य जमिना पाउ भन्ने अपिल गर्दा हामीलाई खेति योग्य जमिन उपलब्ध भयो | बि.स. २०४५ सालमा हाम्रो परिवारको निम्ती सरकारले नवलपरासीको दाउन्ने देबी १५ मा १० गठ्ठा जमिन उपलब्ध गरईदियो | त्यसपछि हामी थाई रुपमा त्यहाँ बस्न थालेउ र आजको दिनसम्म हामी यसै भुमिमा छौ |

म १४/१५ वर्षको अल्लारे उमेरमा थिए | कम्फु करातेमा रुची भएकोले, गुरुहरु संग सिक्थे | उमेरको कारण भनौ या त्यो कम्फुको प्रभाबले भानौ, निहु खोज्नेमाथि ओईरिहाल्थे | हेपाह प्रवृतिको मान्छेलाई त कुटिहालु झैँ लाग्थ्यो र कति पल्ट त्यस्तै पनि भयो | मैले यसै उमेरमा पढाई छोडेको थिए | पढाईको महत्व अहिल बुझ्दैछु | पढ्न छोडियो काम र कमाई प्रति ध्यान हुन्थ्यो | त्यसैले बि.स. २०४६ सालमा १५ वर्षको उमेरमा साथीहरु संग धनकमाउने सपना बोकी भारत छिरे | भारतमा गएर कानपुरहोटलमा काम गर्न थाले | दु;ख को अनुभब मज्जाले गर्दै थिए | सायद धन कमाउने सपना ज्यादा थियो त्यसैले दु;ख हरण भै रहेको थियो | प्रत्यक महिनाको अन्तमा ज्याला पाउछु भन्ने अपेक्षा गर्दा गर्दै ६ महिना पनि बित्यो तर ज्यालाको कुरै भएन | बरु त्यस साहुले होटल नै बेचिदियो | त्यस पछी नयाँ साहुले मलाई काम बाट निकालिदियो | म दंग परे | मैले ६ महिना काम गरेको ज्याला कसलाई मागु ? पहिलाको साहुको अत्तो पत्तो छैन, अहिलेको नयाँ सहुलाई माग्न उसको काम गरेको होईन | म अन्योल अनि त्यो भन्दा बेसी दुखित हुदै सडकहरु भै हिड्दै गए | म संग कत्तिपनि पैसा थिएन, एउटा जिपको पछाडी झुण्डिएर चढे | त्यो जिपले मलाई गोरखपुर ल्याईपुराएछ | त्यो बेला हिन्दि भाषा बोल्नु पनि गारो कुरा थियो | वास्तबमा भन्नु पर्दा मलाई भाषा आउदैन थियो | साथीको लै लै मा आएर त्यस होटलमा काम पाएको थियो अब गोरखपुरमा म एक्लै भए | बिहान देखि बेलुका सम्मको मानिसहरुको भिडमा चिनेको एउटा अनुहारपनी देख्न सकिन | भाषा नाजानेपछि काम खोज्न सकिएन | काम नपाएपछी खाना पनि हरायो | यसरि ८/९ दिनसम्म बाटोमा अरुले फालेको रोटीको टुक्राहरू,सुन्तलाको बोक्राहरु खाएर आफ्नो प्राण धान्न थाले | भोक के हो ? भन्ने सन्दर्भमा मैले त्यस बखत खुला आकाश मुनि डिग्री गरे | चारै तिरा खानेकुराहरुको थुप्रो देख्न सकिन्थ्यो तर म भने भायाँगकर अनिकालको युगमा थिए | ति दिनहरु, ति रातहरु अहिले स्मरण गर्दा समेत झस्किन्छु |

एक दिन नेपालको एक जना व्यक्ति संग मेरो भेट भएपछी उसले मलाई उसले काम गर्ने होटलमा लिएर गयो | उसको घर जाने समय हुन लागेको हुदा, उस्ले मलाई त्यहाँ आफु बस्ने ठाउँमा २ दिन सम्म लुकाएर राख्यो । उस्ले मलाई खुवायो पिलायो र त्यसपछि नेपाल संगै आउदा गाडी भाडा सबै उसैले हालिदियो | यसरि म भारतमा भएको दु:खको गर्ब र अनिकालको भुमरीबाट उम्केर आए | नेपालमा अईसकेपछी बि.स. २०४७ सालमा पानीको बप्तिस्मा लीएपछि प्रभुको निम्ती मैले केहि गर्नु पर्छ भन्ने बोझ हुन थाल्यो | ति दिनाहरु पछी प्रभुको निम्ती काम त गर्थे तर दिलोज्यानले गर्दिन थे | भारत बाट घर फर्किए पछी त्यहि हलो कुटो गर्न थाले अनि २०५० सालमा फाल्गुन २९ गते मेरो श्रीमती मन्जु तामाङ सित इसाई प्रचलन वा विधिवत तौरले हाम्रो पबित्र विबाह भयो । बिबाह भएपछि जिम्मेवारीहरु बढ्दै गयो | बाबा आमा बृद्द हुदै जानु भएको थियो | त्यसपछि ५३ सालमा मैले पबित्र आत्माको बप्तिस्मा पाएपछि बल्ल मेरो बोलावाट के रहेछ ? म केको लागि यस संसारमा छु ? म सानै देखी प्रभुको कामको लागि छुट्टाएको ब्याक्ति रहेछु भन्ने कुरा त्यस बखत नै थाह गर्न सके | त्यसपछि नै मेरो वास्तविक आत्मिक जीवन सुरु भयो | मैले हरेक कुरामा सुधारा गर्दै लगे | हो म सानै दखि येशूमा बिश्वास गर्थे र परमेश्वरको निम्ती केहि न केहि काम पनि गर्थे तर पूर्ण रुपमा चै होईन |

त्यसपछिको दिनहरुमा मलाई परमेश्वरले बिशेष तरिकाले चलाउनुभयो | मण्डलीमा म बाल संगतिको टिचर भएर काम गरे | त्यस काममा मैले इमान्दारिता देखाए र मैले जवानहरुको अगुवाको रुपमा काम गर्ने जिम्मारी पाए | त्यसपछि त्यो काममा पनि इमान्दार भएपछी झन मैले ठुलो ठुलो जिम्मारीहरु पाउदै जान थाले | म मंडलीको सचिबको रुपमा पनि कार्य गर्न थाले | सजिब भएपछी मलाई डिकन नियुक्त गरियो | जिम्मारी थापिदै गयो , मैले पनि त्यस जिम्मारीलाई मैले सक्ने जति असल तरिकाले निर्बहन गर्दै गए |

सेवाकई गर्दै जादा २०६० सालमा पाएल्स भन्ने बिमारीले मलाई सताउँन थाल्यो | जसको कारण मैले यसको निम्ती अप्रेसन गर्नुपर्यो | अप्रेसनापछी निको भएर फेरी मैले प्रभुको काम गर्दै जादा घरको आर्थिक अवस्था नाजुक भएको कारण साथै बालबच्चा पढाउनुपर्ने र परिवार धान्नको निम्ती सबै जिम्मेवारिहरू मेरै काधमा भएको कारण प्रभुको कामलाई एकतिरा थाति राखी धन कमाउने उदेश्य बोकी फेरी २०६४ सालमा भारत गए | भारत जादा मैले एउटा संकल्प गरेको थिए कि ” एउटा मिर्गौला बेच्छु अनि त्यो पैसा घर पठाउछु |” मरो यस संकल्पको विषयमा मेरो परिवार कसैलाई पनि थाहा थिएन र आजको दिन सम्म पनि छैन | मैले यो संकल्प मेरो घर परिवारको खुशी र आर्थिक अवस्था सुधार होस् भन्ने हेतुले गरेको थिए | भारतको हरियाणा भन्ने ठाउँमा एउटा हस्पिटलमा गएर मिर्गौला बिक्री गर्ने बिसयमा कुरा राखे | भारती ५० हजार आउने आशाले मैले यो संकल्प गरिसकेको थिए | त्यस दिन त्यस हस्पिटलको डाक्टरले मलाई भने कि ” मिर्गौला लिइन्छ तर रगत चेक गर्नुपर्छ भोलि आउनुहोस भनेर मलाई भनेपछि म भोलि आउछु भनेर त्याहा बाट बिदा भए | भोलि पल्ट फेरी त्यस्सै ठाउँमा आउदा त्यो डाक्टर भेट्न सकिन औ त्यो डक्टर हस्पिटलमा आउदै आएन | मैले त्यस डाक्टरको प्रतीक्षा १० बजे देखि २ बजेसम्म गर्दा पनि न आएपछि म त्याहबाट फर्किएर एउटा जुत्ता कम्पनीमा काम गर्न थाले | जुत्ता कम्पनीमा ४ महिना काम गरेर १० हजार नेपालि कमाएको थिए त्यो पनि नेपालि साथीले खाईदियो | तसपछि ४ महिना पछी नै म फेरी नेपाल फर्किए | दोस्रो पटक पनि बिना उपलब्धि म भारत बाट फर्के | फेरी म आफ्नो व्यक्तिगत काम र सेवकाई गर्दै जादा ४ वर्षपछी २०६८ सालमा मेरो जीवनमा ठुलो बज्रपात अईलाग्यो | मलाई किट्नि दुख्ने समस्याले चेप्न थाल्यो | सारै पिडा भएकोले हस्पिटल जादै नदुख्न्नको निम्ती सुई लगाउदै गर्दैथिए | सुई लगाएर केहि दिनको लागि निको हुन्थ्यो औ दुख्दैन थियो तर फेरी पछी त्यस्तै हुन्थ्यो | त्यसैले एक दिन राम्रो संग जाच गर्नुपर्यो भनि हस्पिटल जादा पिसाबमा खराबी छ भनेपछि दबाई लिएर घर फर्किदै गर्दा बाटोमा अचानक बेहोस भएर लडे | अचेत अवस्थामा मलाई एम्बुलेन्समा हालेर पाल्प मिसन हस्पिटलमा लगियो | जब म एम्बुलेन्समा थिए तब मैले मृत्युलाई नजिक बाट नियाले | बाच्ने आसा पूर्ण रुपमा गुमाएको थिए | औ भन्ने हो भने मृत्यु चै मेरो निकट थियो | मृत्युलाई मैले महसुस गर्न सक्थे | कसरि किन थाह छैन स्वास एकोहोरो चलेको थियो | शरिर आफसेआफ तन्केको थियो | झाक्रे फालाकने बेला कामको झैँ मेरो पुरै शरीर कामिरहेको थियो | सहनशक्ति देखि बाहिराको पीडाले मेरो शरीर बिसले लठ्ठीएको सर्प झैँ बेटारिएको थियो | आखा खुला भएपनि धमिलो देख्दै थिए | कानले चै नजिकै बाट बोलेको कुरा पनि धेरै टाढाबाट मसिनो स्वारमा बोलाएको झैँ सुन्दै थिए | मैले सोचे अब मेरो मृत्यु हुनेछ | कारण मैले त्यो सब पिडा सहे जुन पिडा मृत्यु अघिको हुन्छ | यसरि छटपटाइ छटपटाइ हस्पिटल पुगेपछि ३ बिदेशी र दूई नेपालि डाक्टरहरु द्वारा मेरो रोगको परिक्षण भयो | अन्तमा रिपोर्ट चै दुवै किट्नी काम नलाग्ने भएको छ, प्रेसर चै २८० पुगेको छ | तुरुन्त दुवै किट्नी फेर्नुपर्छ भनेर डाक्टरहरुले भने | साथै दुवै किट्नी फेर्नको निम्ती २० लाख रुपियाको लाग्छ भन्ने कुरा डाक्टरले बतायो | हामी संग २० लाख जोगडा गर्न सक्ने क्षमता थिएन तर हामी संग एउटा आसा थियो र त्यो आसा परमेश्वर हुनुहुन्थ्यो | प्रार्थनाको विषय मंडली,मंडलीमा दिएउ | सबैले चारैतिरबाट मेरो चंगईको निम्ती प्रार्थना गर्न थाल्नुभएछ | मैले पनि परमेश्वर संग निको पार्नुभयो भने तपाई काम अझ धेरै गर्न सक्छु | मलाई निको बनाउनु भएन भने संसार हास्नेछ | मलाई निको बनाउनुहोस् र तपाईको कामको निम्ती चलाउनुहोस भनेर मैले परमेश्वर संग बिन्ति गरे | अचम्म रितिले परमेश्वरले मेरो जीवनमा काम गर्नुभयो | हस्पिटलमा राखेको ३/४ दिनपछि मेरो शाररिक स्वास्थ्या सुधार भयो | ८ दिन पछी फेरी रि चेक गर्दा डाक्टर छक खाए , र मलाई भने कि यसको “अप्रसन नगरी यति छिटो सुधार हुनु सम्भब थिएन तर अचम्म तरिकाले यो काम भयो |” अहिले तिम्रो अवस्थामा धेरै नै सुधार भएको छ तिमी घर जान सक्छौ | त्यसपछि म ८ दिन पछी नै घर फर्किए र त्यसको एक महिना पछी नै प्रचारको निम्ती धादिङ जिल्ला गए | यसरि पहिला भन्दा झन बेसी म सेवाकईमा भागदौड गर्न थाले | यसरि प्रभुको काम गर्दै जादा जिम्मेवारीहरु पनि बढ्दै गयो | यसरि सेवकाई गर्दै जादा २०७२ साल श्रावण १९ गते पाष्टरको रुपमा अभिषेक भए | सुरुमा १५/१६ जना सदस्या भएको मण्डलीमा सु-समाचारको काम गर्दै जादा आज ३०० जना भन्दा बेसी बिश्वासिहरु हाम्रो संख्यामा परमेश्वरले थपिदिनुभयो | परमेश्वरले हामी द्वारा ४ ठाँउमा झुण्डा स्थापना पनि गराउनुभयो | मेरो जीवन आयु त्यस दिन नै सकेको थियो भन्ने म ठान्दछु | अहिलेको यस जीवन चै मेरो आफ्नै आयुले प्राप्त गरेको होइन तर ख्रीष्टले दिनुभएको थप आयुको कारण हो भन्ने म ठान्दछु |

अन्तत : साच्चै नै प्रियाहरु भौतिक शरिर वास्तबमा केहि होईन तर ख्रीष्टको मनैन काम गर्न यो भौतिक शरिरलाई प्रयोग गर्न मिल्ने भएकोले भौतिक शरीरलाई म प्रेम गर्छु र यसलाई म महत्वपुर्ण ठान्दछु | ख्रीष्टको खातिर मर्न देखी म डराउदीन तर ख्रीष्टको निम्ती मर्नुमा भन्दा जिउनुमा छुट्टै आनन्द छ | मरे पछी काम सकियो तर जीवित रहनेको निम्ती त्यो मौका छ जुन मौका स्वर्गिया सेनाको निम्ती उपलब्ध भएन | हामी अहिलेका मानिसहरु अनुग्रहको बिशेष युगमा छौ भन्ने म ठान्दछु | ख्रीष्टको राज्य बिस्तारको निम्ती, दाखबारिमा पठाईएका अन्तिम खेतलाहरु हामी हौ | ईनाम र आशिषको निम्ती हामी लालहित बनौ | फुर्तीका साथ, नथाकीकन प्रभुको काम गर्दै जाउ | प्रभूको निम्ती प्रयोग हुने भाडो बनौ | प्रभुको काम गर्नको निम्ती तपाईको इच्छ्या नै योग्यता हो | म आज जीवित छु यसमा परमेश्वरको बिशेष योजना छ | किनकी मलाई थाह छ मेरो जीवन कैले सकिएको थियो | ” मृत्युलाई नजिकैबाट नियाले, मृत्यु कस्तो हुन्छ भन्ने आभास पछी सोचेको थिइन कि फेरी जीवित भै बाच्नेछु | साच्चै मैले ख्रीष्ट द्दारा अचम्म रितिले पुन : नँया जीवन पाए | ” यो जीवन येशूको नाम | आमेन !!! जयमसिह |

Written By : Mr. Prashanna Gomja

Related Articles

Back to top button