ख्रीष्टियन विश्वासलाई खण्डन गर्ने नियतले अनुसन्धान गरेका नास्तिक पत्रकारले घुँडा टेके

तिनी नास्तिक थिए । तिनको बुझाइमा प्रेमिलो र सर्वशक्तिमान् सृष्टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन । तिनी पत्रकार र कानुनका विद्यार्थी थिए । सन्देहवादी हुन खोज्नु तिनको प्रवृत्ति थियो । तिनी अमेरिकाको सिकाको ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए । तसर्थ, कुनै पनि कुरामाथि विश्वास गर्नुअगि तिनले साक्षी खोज्ने गर्थे ।

एक दिनको कुरो हो । तिनकी अज्ञेयवादी पत्नी लेज्लीले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेको छु ।” तर स्ट्रोबेलको लागित्यो सबैभन्दा दु:खको खबर बन्यो । यस खबरले विवाहको अन्त्य गराउने भयो भनी तिनले ठाने ।

तर अनुगामी महिनाहरूमा तिनकी पत्नीको जीवनमा केही सकारात्मक कुराहरू देखिए । उनको चरित्रमा परिवर्तन आएको देखियो । पति र छोराछोरीहरूसित गर्ने व्यवहारमा बद्लाउ देखियो । यो उदेकको कुरो थियो । यो आकर्षक थियो । आफ्नी पत्नीको जीवनमा आएको सकारात्मक परिवर्तनको कारणले गर्दा त्यस विषयमा स्ट्रोबेललाई जाँच गर्न मन लाग्यो । एक दिन तिनी मण्डलीमा गए, खास गरी पत्नीलाई त्यस दलदलबाट छुटाउनको लागि ।

तर तिनले येशूको बारेमा यस्तो सन्देश सुने जुन सन्देशलाई तिनले पहिलो पटक बुझ्न सके । क्षमा सित्तैँको उपहार थियो; येशू ख्रीष्ट हाम्रो पापको लागि मर्नुभयो र हामी उहाँसँगै अनन्त बिताउनेछौँ भन्ने सन्देश सुने तिनले । तर तिनी अझै पनि नास्तिक नै थिए । तथापि त्यस सन्देशले तिनको मनमा भुइँचालो ल्याइदिएको थियो । तिनले सोचे, “यदि यो साँचो हो भने यसले मेरो जीवनमा बृहत् प्रभाव पार्दछ ।” त्यसपछि कानुन र पत्रकारितामा भएको आफ्नो खुबीलाई प्रयोग गरेर ख्रीष्टियमतमा कुनै विश्वसनीयता छ कि छैन भनी तिनले जाँच गर्न थाले ।

तिनले १ वर्ष ९ महिना लगाएर ख्रीष्टियान विश्वासको अनुसन्धान गरे । ८ नोभेम्बर १९९१ को दिन तिनले महसुस गरे कि ख्रीष्टियमतको पक्षमा साक्षी यति प्रबल थियो कि तिनको लागि ख्रीष्टियान हुनुभन्दा नास्तिक हुनको लागि बेसी विश्वास चाहिने भयो । साक्षीले तिनलाई ख्रीष्टियान विश्वासको सत्यतातिर डोर्यािएकोले तिनले त्यसलाई इन्कार गर्न सकेनन् । त्यही दिन तिनले येशूलाई आफ्ना प्रभु र मुक्तिदाता भनी स्वीकार गरे ।

त्यसपछि तिनकी पत्नीको जस्तै तिनको जीवनमा पनि परिवर्तन देखा पर्यो् । तिनका मूल्य-मान्यताहरू, चरित्र र तिनको जीवनको उद्देश्यमा रूपान्तरण आउन थाल्यो ।

आफ्नो अनुसन्धानद्वारा उपलब्ध स्रोतहरूबाट तिनले येशूको जीवनीबारे एउटा पुस्तक लेखे— द केस फर क्राइस्ट । यो कृतिले स्वर्ण पदक जित्यो । यस पङ्क्तिकारले पनि यो पुस्तकलाई सुरुदेखि अन्त्यसम्म पढ्ने मौका पाएको छ । यो एउटा निकै प्रभावशाली पुस्तक हो ।

पछि तिनी विश्वचर्चित पास्टर बने । सीएनएन, फक्स न्युजजस्ता परिचित टेलिभिजन च्यानलहरूमा देखा परिसकेका तिनी ख्रिस्टाब्द १९५२ मा अमेरिकामा जन्मेका थिए । तिनी लेखक, पत्रकार र रक्षाशास्त्री (अपोलोजिस्ट) हुन् । तिनको नाउँ हो— लि स्ट्रोबेल ।

  • Kamal Adhikari

Related Articles

Back to top button