अपेक्षा २ को च्यारिटी सो भोली शनिवार

पछिल्लो समय सेवक फिल्मस् प्रा.ली.ले अपेक्षा २ इसाई चलचित्र निर्माण गरेको छ । इसाई मिडियाकर्मी, पाष्टर, अगुवा, पत्रकारहरु लगायत फिल्मकर्मीहरुको बीचमा बेथशालोम पुतली सडक चर्चमा विशेष च्यारिटी सो हुने भएको छ । अत्याधुनिक प्रविधिबाट निर्माण भएको सन्देशमुलक इसाई चलचित्र रहेका जानकारी प्राप्त भएको छ । निर्माताका रुपमा पहिलो पटक पाष्टर तेज रोक्का सो चलचित्रमा लगानी गरेका छन् भने यसका निर्देशक रोशन सेवकले गरेका छन् । सेवकले यो भन्दा अगि अपेक्षा बजारमा ल्याइ सकेका छन् ।
प्राप्त पत्रका सो चलचित्रको प्रचार प्रसार र समिक्षाको लागि मिडियाकर्मी र पत्रकारलाई अवहान गरेका छन् । सो विशेष च्यारिटटी सो दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Related Articles

Back to top button