विश्वासको आवाज युट्युब च्यानल ११औं बर्ष

परमेश्वरको सुुसमाचार फैलाउनमा विभिन्न माध्यम छन् । त्यस मध्ये प्रभावकारी मिडिया नै हो । त्यसमा पनि नेट इन्टरनेटमा सामाजिक मिडियाहरु प्रभावकारी हुँदैछ । यसको जलन्त उदाहरणको रुपमा पा. भोजराज भट्ट पनि अग्रस्थानमा पर्दछन् । उहाँले ११ वर्षअघि शुरु गर्नुभएको युट्युब च्यालन फैलिएर गएको छ । पाष्टरले विभिन्न विषयहरुमा बोल्नु भएको प्रशस्त भिडियो राख्नुभएको छ । उसले हजारौं हजारौं मानिसले यसलाई हेरेर आशिष पाइरहेका छन् । परमेश्वरको राज्य विस्तार गर्ने माध्यम बनेको छ । आजसम्म आइपुग्दा सो च्यानलमा लगभग १० लाख views पुग्दैछ । ३२ सय subscribers रहेका छन् ।

उहाँ आशा मण्डली, कपनका संस्थापक पाष्टरको रुपमा हुनुहुन्छ । लामो समय कोरियामा सेवकाइ रहनुभएको थियो भने हाल भारतमा रहेर सेवकाइ गरिरहनु भएको छ । बेला बेलामा नेपालमा आउँदा बिभिन्न सेमिनार र कार्यक्रमसमेत गर्दछन् । हाल आशा मण्डलीका पा. गणेश तामाङ सेवकाइ गरिरहनु भएको छ । तामाङ पनि प्रख्खर इसाई लेखक हुनुहुन्छ । स्मरण रहोस् त्रैमासिक विश्वासको आवाज पुस्तिका पनि उहाँहरुले निकाल्नु हुन्छ ।

यस विश्वासको आवाज च्यानललाई हार्दिक बधाई छ साथै अझ फैल्दै जाहोस् ।

Related Articles

Back to top button