अपेक्षा २ को च्यारिटी सो शनिवार भयो

बिश्वास थापा

अक्टोवर १२, २०१७

स्तरियता, क्वालिटिका इसाई चलचित्रहरु बन्ने क्रम बढ्दो छ । यस बीचमा अब्बल रुपमा उभिन सफल भएका छन् रोशन सेवक । उनले निर्देशन गरेका अपेक्षा २ को च्यारिटी सो हिजो बेथशालोम पुतलीसड्क, काठमाडौंमा एक भब्य कार्यक्रमको बीचमा सो देखाएको थियो । लगभग हल भरिएको थियो । इसाई चलचित्र पनि महनेत गरेका चल्छ भन्ने उदारहण दिएका छन् ।
कार्यक्रममा ३ जना इसाई सांगितिक हस्तीहरुलाई सम्मान समेत गरेको थियो । जसमा धनुषा घले, चन्दा देवान (ओली) गगन सुब्बालाई कदर पत्र ख्रीष्टियन महासंघका अध्यक्ष सिवी गहतराजले प्रदान गर्नुभएको थियो । संचालक कुमार अव्राहमले कदर पत्रका वाक्यहरु बाचन गर्नुभएको थियो । निर्माता पा. तेजबहादुर रोक्काले चलचित्रको बारेमा र उत्साहको वचन पा. रोहित ढकालले बोल्नु भएको थियो । ढकालले उत्साह दिर्दै भनेका थिए “परिस्थिति बदल्न सकिदैन तर मनस्थिति बदल्न सकिन्छ ।”
चलचित्रको विषयबस्तु र मनोञ्जनले दर्शकलाई प्रशस्त हसाएको थियो । कलाकार राजेश मगरले चलचित्रको लोकेशन र भिडियो छायाकन उत्कृष्ट गरेको वचन पत्रिकालाई प्रतिक्रिया दिनुभयो ।

ढिलो गरि शुरुभएको कार्यक्रममा खानासमेतको व्यवस्था गरिएको थियो । यो सोको लागि ५ सयको टिकट किनेर दर्शकहरु आएका थिए । स्रोतले बताउँछ अव आउने सोमा २ सय मात्र टिकट किनेर हेर्न सकिनेछ ।

यस चलचित्रको रोचक र बास्तविक पात्र राजु श्रेष्ठले पहिलो अपेक्षामा विश्वास गरे भने दोस्रो चलचित्रमा बास्तविक बप्तिष्मा लिएका छन् । सम्भवत यो दुलर्भ घटनाको रुपमा हेरिएको छ ।

 

 

अत्याधुनिक प्रविधिबाट निर्माण भएको मनोरञ्जन साथै सन्देशमुलक इसाई चलचित्र रहेको छ । परमेश्वरले जे गर्नुहुन्छ भला गर्नुहुन्छ भन्ने विषयबस्तुमा आधारित चलचित्र रहेको छ ।

वचन पत्रिकासँग सम्वाद गर्दै निर्देशक रोशन सेवकले भने, “यो चलचित्र राम्रो बनेको छ । मानिस जाति सानो दुःख आउदा पनि परमेश्वर गनगन गरिरहेका हुन्छौं । सानो दुःख, ठूलो दुःखबाट जोगाइ रहनु भएको हुन्छ । जुन सुकै परिस्थितीमा पनि धन्वादी हुनुपर्दछ ।”

Related Articles

Back to top button