पाष्टर तामाङबाट ५ लाख होसन्ना मण्डलीलाई दिए

आफूलाई प्रभुलाई चिनाउने, डो¥याउने, हुर्काउने कार्यमा योगदान गरेर वापत आसाम निवासी पाष्टर साइमन सुब्बालाई मारुती कार दिएर एक उदाहरणीय कार्य पाष्टर सामुएल तामाङलेगरेका थिए ।
यही क्रमलाई निरन्तरता दिदै उनीले ५ लाख होसन्ना मण्डलीलाई दिएका छन् । अक्टोवर ११ तारिक शनिवारको आराधना सेवामा तामाङले पाष्टर राजु सुन्दासको हातमा ५ लाखको चेक प्रदान गरेका खबर प्राप्त भएको छ । यो रकम नयाँ निर्माणीर्थ भवनको निम्ति सो रकम दिएका हुन् ।

होसन्ना मण्डली जोरपाटीको साप्ताहिक सेवामा वचन बोल्न बोलाइएका पास्टर शमूएल तामाङले दिने, बिउ छर्ने र आफ्नो राजा अर्थात येशूलाई किन र कसरी आदर गर्ने भन्ने विषयमा बोल्नुभएको थियो ।
उहाँले येशूलाई मात्र नभइ परमेश्वरबाट मण्डलीको हेरचाहको लागि खटाइएका गोठाला अर्थात पास्टरलाई पनि आत्मिक बुबाको रूपमा राजा समान आदर गर्न सिक्नुपर्ने कुरा आफ्नो प्रवचनका क्रममा बताउनुभयो । भनेर जायोन मिडिया ले लेखेको छ ।

यस मण्डलीका पाष्टर राजु सुन्दासले भने, “ हाम्रो मण्डलीको नेपाली पहिलो बक्ताले ५ लाखको चेक दिनुभयो । उहाँप्रति हाम्रो सधै प्रार्थना रहनेछ ।”

यसरी मण्डली र पाष्टरलाई सहयोग गर्ने तामाङ धरानस्थित इमप्याक्ट जेनरेशन इन्टरनेशनल मिनिष्ट्रि तथा चर्च (आइजीएम) का संस्थापक हुनुहुन्छ । उहाँले बोलेको भिडियोहरु सामाजिक मिडियाहरुका प्रशस्त पाइन्छ ।

Related Articles

Back to top button