दिदी बहिनी प्रार्थना संगतिदिदी बहिनी प्रार्थना संगति

  • मार्था राई

मिती २०७४ साल कार्तिक २६ गते आइतवारका दिन ललितपुर स्थित “स्तुति प्रशंसा मण्डली” मा काभ्रे दिदी बहिनी एकता संगति, एकता दिदी बहिनी संगति काठमाडौं र विश्व व्यापी दिदी बहिनी प्रार्थना संगति मिली एकै ठाउँम प्रार्थना सम्मेलन भएको थियो । उक्त सम्मेलनमा सञ्चालन श्रीमती अन्जली लामा र श्रीमती लक्ष्मी गुरुङ्कले पहिलो र दोस्रो सेसनमा गर्नु भएको थियो । शूरुको प्रार्थना गूरुआमा बन्दनाले गर्नुभएको थियो भने स्तुति प्रशंसामा गूरुआमा सुजा बुढा मगरले गर्नुभएको थियो । श्रीमती शान्ति ताम्राकारले स्वागत गर्नुभएको थियो भने वचन पास्टर जोन, अनुवाद ससी श्रेष्ठ र श्रीमती बसुन शाहले पहिलो र दोस्रो सेसनमा गर्नु भएको थियो । सविना लामाले जनचेतनाको बारेमा बताउनुभएको थियो भने प्रार्थनाको समय श्रीमती अरुणा लामाले गर्नुभएको थियो । अन्तमा श्रीमती ज्याति प्रधानले धन्यवाद र वक्तालाई सम्मान प्रदान गरि आशिष्को प्रार्थना गर्नुभएको थियो । “धार्मिकताले देशलाई उचाल्छ ” (हितोपदेश २४ः३४) पदलाई मुख्य नजर राखि तीनै वटा दिदी बहिनी संगति मिली एकै ठाउँमा भएको थियो । उक्त सम्मेलनको उद्देश्य काठमाडोंै, ललितपुर, भक्तपुर र काभे्रमा भएका दिदी बहिनी बीच एक अर्कामा एकता मेल मिलापको भावना राखि संगति हुँदै आएको छ ।

Related Articles

Back to top button