सुसन्देश सुसमचारिय साँझ

यहि कार्तिक ५ गते तदअनुसार 22 October  Sunday का दिन क्वाइनोनिया पाटन ख्रीष्टीय मण्डलीको आयोजनामा आदमघाट मिनीष्ट्रीको प्रस्तुती र कासबीन मिडीया होमको साँस्कृतिक अभियान अन्र्तगत हृदयस्पर्सी सुसन्देश सुसमचारिय साँझ सम्पन्न भयो। विशेष निमन्त्रण भई गत आमन्त्रीत उक्त कार्यक्रममा करिव ५०० को हराहारीमा दर्शकको आगमनले कार्यक्रम हल भरिएको थियो । अधिकतम प्रभुलाई विश्वास नगरेका मानिसको आगमनले कार्यक्रमको उद्देश्य मेल खाएको आयोजकको भनाई थियो ।
कार्यक्रममा प्रस्तुत नेपाली इसाई जगत मै विलकुल नयाँ सुसमचार शैलीले कार्यक्रममा नयाँ रौनक थपिएको थियो। सम्पूर्ण प्रस्तुती लाइभ वाध्यवादनबाट सजिएको साथै उत्कृस्ट गायक गायीकाको प्रस्तुतीले दर्शक वाध्न सफल देखिएको थियो । स्वर सम्राराट नारायण गोपालले गाउनु भएको जिवनदेखि थाकी बोलको गितलाई इसाई गायक आकाश श्रेष्ठले गाएकी प्रस्तुत गर्दै साथमा कविता नेपालीको अभिनयको स्किटबाट शुरु कार्यक्रम साथै उत्कट लाइटिङ्गले मञ्चको प्रस्तुती उच्च भएको आभाष शुरुवात मै भएको पाइन्थ्यो ।
गाएक — आकाश श्रेष्ठ, सराय लिम्बु, सन्तोष गुरुङ्ग, सामूएल कैनी, क्षितिज महर्जन, एलिया सुनुवार, साथै
गायीका —अन्जली खाती, दिपीका गुरुङ्ग, सरिता मर्हजन, अमृता महर्जन, रेविका क्षेत्री, जस्टि मर्हजन, को प्रस्तुती नेपाली इसाई कलाकारिताको गरिमा साथै भविष्य बोलिरहेको थियो ।
वाध्यवादनमा रुवेन श्रेष्ठ—किर्वोड, सराय लिम्बु—सारङ्गी, सुजन खड्गी—गितार, सिमोन नगरकोटी—बेस गितार, नितेस पुर्कुटी—मादल, एलिया सुनुवार—हार्माेनियम, पावल थुलुङ्ग—वाँसुरी, पे्रम लामा वाँसुरी, प्रभात लामिछाने—भाइलेन, योगेश गोपाली—तवला को साथले प्रत्यक्ष संगीतको मज्जा प्रस्तुत गरिएको थियो ।

Related Articles

Back to top button