मलाई नमार बा

– हरि जिज्ञासु
प्रशिद्ध घना जंगलमध्ये एउटा घनाजंगलमा एउटा सानो चरो र अर्को सानी चरी एउटै जंगलको छेउछाउमा रुखको डालीमा बसेर चिरभिर–चिरभिर गर्दै कराई रहन्थें । तिनीहरुमध्ये एउटा पोथी थियो अनी एउटा भाले । भाले चिरी भने उडेर अलि टाढा –टाढा गएर आफ्नो आहारा खोजेर खान्थ्यो । ति दुवैजनाको आफन्त कोही पनि थिएनन् । उनीहरु दुवैको जीवनमा जवानीपनले छोइसकेको थियो । सायद एकै जंगलमा भएकोले होला उनीहरु एक दिन भेट भए ।
एउटा ठुलो झाँगिएको सिमलको रुखमा विरहको स्वरमा पोथी चरी कराईरहेपछि यहि मधुर स्वरलाई सुनेर भालेचरी कहाँ हो कहाँबाट भुर्र उढेर त्यहि ठूलो झाँगिएको बुढो सिमलको रुखको अर्को हाँगामा आएर टप्प बस्यो । आफ्ना साना प्वाँखहरु तेस्राएर भुर्र उडेर आफ्नो छेओइमा आएर बसेको एउटा तन्नेरी चरोलाई झलक्क देख्नेवित्तिकै मधुर स्वरमा कराई रहेकी पोथी चरीले आफ्नो आवाज बन्द गरी । ऊ अच्चमित भई । भाले चरीलाई देख्ने वित्तिकै उसका नजरहरु जुधेँ । ऊ लजाए जस्तोगरी घोप्टो परी । किनभने उनीहरु दुवैलाई जवानीपनले छोएको थियो । भाले चरोको मनमा पनि प्रेमको घण्टी बजिसकेको थियो । भाले चरोले पोथी चरीलाई सोध्यो । ‘ हजुर कहाँ बस्नुहुन्छ ? अनी हजुरहरु को–को हुनुहुन्छ ?” यति प्रश्न भाले चरीले गरेपछि पोथी चरीले लजाउँदै जवाफ दिई ‘मेरो आफ्नो भन्ने कोही छैन, म एक टुहुरी हुँ । म संधै यही जंगलको यही सिमल रुख यरिमा नै हुन्छु । यति जवाफ दिईसकेपछि तिनीहरु दुवैमा प्रेम पलाउँन थाल्छ । विस्तारै उनीहरुको सम्बन्ध बढ्दै गयो । संधै संगसंगै हिड्न र ढुल्न थाले । एक अर्काको जोडी मिल्यो । उनीहरुले एक अर्काले पाएको आहारा बाँडिचुढी खाना थालेँ । कहिले रमाईलोको लागि माथि आकाशमा दुवै जना उडेर जान्थेँ । ‘ल तिमी माथी पुग्छ कि म” भनेर प्रश्न गथ्र्यो भाले चरोले । पोथी चरीले लजालु रुपमा शिर निहुराएर भन्थी तपाई जितिहाल्नुहुन्छ नी ! तर पनि उनीहरु रमाईलोको लागि कहिले माथि आकाशमा उड्थे कहीले सयौं कोष टाढाको यात्रा गर्थे । उढ्नेक्रममा चरो आकाशमा खुशीले उडिरहेको हुन्थ्यो,चरी पनि ऊसलाई जित्ने प्रयासमा त उड्छे तर सक्दिन । आकाश छोला झैँ गरेर माथि पुगेको चरो फिर्ता भएर उडिरहेको चरीलाई साथमा लिएर फेरि दुवैजना तल झर्छन् । चरोले सान्तवना दिन्छ मैले जित्नु नै तिमीले जित्नु त हो नी है भनेर प्रश्न गर्छ । चरीले मधुर स्वरमा हो नी भन्छे ।
यसरी प्रेम शम्बन्धमा जोडिएका चरो र चरीहरुले एकदिन विवाह गरेर संगै बस्ने निधो गर्छन् । केही समयको लागि उनीहरुको प्रेम सम्बन्ध अति नै राम्रो भयो एउटा सुरक्षित ठाउँमा दुवैजनाले अति राम्रो गुढ पनि बनाए । गुढ बनाएको केहीससमय पछि पोथी चरीले अण्डा पार्ने समय आयो । उसले आफ्नो क्षामता अनुसार ४ वटा अण्डा निकाली, । अण्डा निकाली सकेपछि अण्डा कोरल्नै पर्ने उसको बाध्यता थियो । अण्डा कोरल्नको लागि ऊ संधै गुढमा बसिरहन्थी । समय वित्दै गयो । भाले चरोको पोथी चरी प्रर्तिको आकर्षण पनि घट्दै गएको जानथाल्यो । पोथी चरीले कोरली रहेको चार वटा अण्डा भित्रका बच्चाहरु विस्तारै उनीहरुको स्वरुप निर्माण हुँदै थियो । सायद आफ्नो आमा बुवाको सम्बन्ध राम्रो नभएको उनीहरुले सुनीरहेका थिए होला । भाले चरो टाढा–टाढाको चरण क्षेत्रमा गएर कहिले आफूले मात्र पेटभरी खाएर पोथी चरीलाई केही पनि ल्याईदिदैन्थ्यो । बढो निष्टुरी बन्दै थियो ऊ । गुढमा आएपछि पनि संधै पोथी चरीसंग किचकिच गरिरहन्थ्यो । कहीले काँही आफ्नो सन्तानको लागि दिनभरी गुडमा बसेकी चरी भोकले मलिन हुन्थी । ऊ आफ्नो थोरै समय निकाले हतार हतार गरी गुडबाट बाहिर निस्केर सिमलका कलिला पात चपाएर ऊ फेरि आफ्ना बच्चाहरुको सुरक्षाको लागि पुग्थी । यसरी समय वित्दै गएपछि साँझपख भाले चरो पनि गुडमा आयो उसले पोथी चरीलाई भन्यो । ‘यो समयमा हामीले नै चारो खाना पाएका छैनौँ यी चार वटालाई जन्म दिएर हामी यिनीहरुलाई के कुरा दिएर बचाउने ? यिनीहरुलाई हुर्काउन गाह्रो हुन्छ त्यसलै यी चारवटा मध्ये एउटालाई मारिदिऔं । यति सुनेपछि पोथी चरी धुरु–धुरु रुँधै भनी ‘नाई मार्नुहुदैन । यसरी भाले रे पोथी बीचको सम्बन्ध चिसो हुँदै गएको थियो । एउटा बच्चा मार्नुपर्छ भन्ने गुडमा अण्डाभित्र हुर्किरहेका साना चराहरुले सुनिरहेका थिएँ । उनीहरु चारै जनाले हामी मध्ये कसलाई मार्ने हुन् यिनीहरुले भनी चिन्ता मानिररहेका थिएँ ।
एकदिन जेठ महिनाको चर्को घाम, दिउँसोको समयमा भाले चरोको दवाबको कारण पोथी चरी पनि अण्डा भित्रको सानो चरालाई मार्न मन नलागि–नलागि तयारी भई । दुबै जनाले गुडको छेओइमा भएको एउटा अण्डालाई चुच्चो र आफ्ना खुट्टाका तिखा नङहरुले पल्टाउँदै गुडको छेओइमा ल्याए । अण्डा भित्रको साना चरा भित्र–भित्रै कराई रहेको थियो तर उनीहरुले सुन्दैन्थे । मार्न लागिसकेपछि सानो चरोले उसले अन्तिम शब्द बोल्न पाएको थियो ‘मलाई नमार बा मेरो पनि बाँच्ने रहर छ ।” उनीहरुले यो चित्कार न सुनी त्यो गुडबाट अण्डालाई ठूलो रुखबाट तल खसाई दिए । तल अनकन्टार थियो । उसले ऐया भन्न समेत पाएन एउटा कडा ढुङ्गामा बजारियो अण्डाका खोस्टाहरु धुलो बने उसको शरीर पनि रक्ताम्य बनेर चोक्टा चोक्टा बन्यो । त्यसको केहीछिन पछि एउटा काक आएर ससका ती ससना चोक्टाहरु एकै मिनेटमा निल्यो र बाँकि रहेको अण्डाका खोस्टाहरु र थोरै रगतलाई सयौँ कमिलाहरु आएर चुस्न थाले । उसको सबै कुराहरु मेटियो ।
भाले चरो र पोथी चरीको सम्बन्ध अझै राम्रो भएको थिएन । पोथी चरी संधै रोइरहेको थी । केही समय वितेको थियो चरो र चरी गुड बाहिर गएका थिएँ त्यसपछि त्यही गुडमा एउटा सर्प प्रवेश गरेर ती बाँकि रहेका तिनओटा जन्मीनै लागेका अण्डा भित्रका साना चराहरुलाई एकै निभेसमा निलीसकेपछि पनि गुडमा बसेर चरो र चरीलाई पनि निल्ने दाउमा थियो । चरी भुर्र उड्दै आयो कालो सर्पले गुडमा प्रवेश गर्ने वित्तकैे लामो मन्टो निकाल्यो । चरी भाग्न सफलत भइ तर ऊ निकै निरास भयो । चरो पनि आयो गुडमा सर्पलाई देख्यो सर्प उनीहरु आएपछि खाने दाउमा थियो । अनी उनीहरु त्यो गुडमा कहिले गएनन् । बच्चा पनि जन्माउँन पाएनन् । त्यसपछि याद भयो उनीहरुलाई साना बच्चाले भनेको कुरा ‘मलाई नमार बा म पनि बाँच्नुछ ।”

Related Articles

Back to top button