एनबिसिसि ११ औं महाधिवेशन सम्पन्न

विश्वास थापा
नोभेम्बर १६, २०१७

फरक इतिहास बोकेको बप्तिस मण्डलीहरुको छाता संगठन नेपाल वप्तिस मण्डली परिषदको ११ औं महाधिवेशन आज सम्पन्न भएको छ । नोभेम्बर १४–१६ तारिखदेखि शुरु भएको थियो । ललितपुरस्थित लिभिङ वप्तिस मण्डलीमा सो कार्यक्रमको मुल नारा मिसनमा सँगसँगै रहेको थियो ।
विभिन्न व्यक्तित्वहरुले सो कार्यक्रमा वचन प्रचार गर्नुभएको थियो । विदेश तथा स्वदेशमा बप्तिस चर्चको संगति मिठास रुपमा मिसनमा सँगसँगै जानु पर्नेमा रेभ. तुलसी राईले जोड दिनुभएको थियो साथै प्रभुमा आत्मा बाँच्दा खुशी र आनन्द हुनेपर्ने बप्तिस बीचमा एकता मजबुत हुनु पर्दछ l यस्तै डा. प्रकाश मेघि गुरुङले अरुलाई दिएर बचाउनु पर्नेमा जोड दिनुभएको थियो भने देऊ त दिइनेछ भन्ने बाइबलको खण्डबाट प्रचार गर्नुभएको थियो ।

परिषदको विधानको धारा नम्बर २२ को उपधारा १ को (घ) अनुसार ३ वर्षका लागि परिषदको नयाँ केन्द्रिय समिति चयन भएको थियो । सो समितिमा पोखरा निवासी रेभ. कृष्ण प्रसाद त्रिपाठी अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ भने यस्तै उपाध्यक्षमा पा. राजेन्द्र मल्ल, कोषाध्यक्षमा पा. टिका राज राई साथै सदस्यहरुका क्रमशः पा. चित्रबहादुर गुरुङ, पा. मनकुमार राई, पा. देवराज भण्डारी, पा. गोपाल दाहाल, श्रीमती दुर्गा गुरुङ, पा. शमुएल राना (युवा कार्यवाहक) नियुक्त हुनुभएको छ ।

यस छाता संगठनमा २०९ वटा बप्तिस मण्डलीहरु रहेका छन् भने २५२ वटा संगति रहेका जानकारी सो कार्यक्रमा पूर्व अध्यक्ष रेभ. रत्न राईले दिनुभएको थियो यस्तै ४ वटा क्षेत्रिय विभाग रहेको छ । राई सो परिषदका २ कार्यकाल अध्यक्षको नेतृत्व सम्हालि सक्नुभएको छ ।

नव नियुक्त अध्यक्ष रेभ. कृष्ण प्रसाद त्रिपाठीले  वचन पत्रिकालाई यस्तो पतिक्रिया दिनुभयो । हेर्नुहोस्

Related Articles

Back to top button