सार्वजनिकलगायत क्रिष्टमस विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश

अधिवक्ताद्वय बुद्ध घिसिङ र गणेश श्रेष्ठद्वारा संयुक्तरुपमा दायर गरिएको क्रिसमस डेको उपलक्ष्यमा डिसेम्बर २५ तारिखमा सार्वजनिक विदा घोषणा गरी पाउँ भनी सर्वोच्च अदालतलमा दिएको रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न निर्देशनात्मक आदेश दिएको छ ।
सो रिटमा न्यायाधिशद्वय ईश्व प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले सो आदेश नेपाल सरकारलाई दिएको छ । पाएका सम्पूर्ण सार्वजनिक विदाहरुलाई पुनरावलोकन गरि उचित निर्णय निर्देशनात्मक आदेश सरकारलाई दिएको छ ।

एडभोकेस फर द नेशन नामक संंस्थाका स्थापकद्धय ख्रीष्टियनहरु हुन् । बुद्ध धिसिङ अगापे चर्च, काठमाडौंका पाष्टरिय सेवकाइमा पनि सक्रिय हुनुहुन्छ भने गणेश श्रेष्ठ पनि सक्रिय ख्रीष्टियन हुन । घिसिङले आफ्नो फेसबुकबाट समेत जानकारी गराएका छन् ।

पछिल्लो समय भोगचलन गरि आएको क्रिष्टमसको विदा तत्कालिन ओली सरकारले क्रिष्टमसको सार्वजनिक विदा लगायत अरु विदासमेत खारेज गरेको थियो । गएको क्रिष्टमसको विभिन्न दवावपछि अन्तिम घडिमा आएर प्रचण्ड सरकारले पटके विदा दिएको थियो ।

फोटो : Pakhreli Ghising

Related Articles

Back to top button