नेपाली ख्रीष्टियन युवा मंचको स्थापना

विश्वास थापा
नोभेम्वर १८, २०१७

खुल्ला रुपमा आवहान गरि युवाहरुलाई एकतामा ल्याउने प्रयासको शुरुवात् भएको छ । गत्त छलफलबाट युवा संगठन आवश्यकता भई ५१ सदस्यीय  तदर्थ  समिति गठन भएको थियो । यस  तदर्थ समितिमा विभिन्न सम्प्रदाय तथा स्वतन्त्र चर्चहरुका युवाहरु समावेश भएका छन् । सो कार्यक्रम कुमार अव्राहमले संचालन गरेको थिए भने समय कुमार रम्तेलले युवा मण्डलीको भविष्यको खम्बा होइन, मण्डलीका आजका खम्बा हुन भन्ने कुरामा जोड दिएर उत्साहित गर्नुभएको थियो । विभिन्न चर्चहरुका युवा झुण्ड भएता पनि साझा र आधिकारिक युवा संगठनको आश्यकता रहेको छ, यस संगठनले नेतृत्व प्रदान गर्नेछ भन्नेमा उहाँ विश्वस्त हुनुभएको थियो ।

आज भएको छलफलमा के नाउ राख्नेसम्बन्धमा सो कुराको टुङ्गो लगाएको छ । नेपाली ख्रीष्टियन युवा मंच (Nepali Christian Youth Forum) नाम राखिएको छ । खुल्ला छलफलमा विश्वास थापाले यस मंचको अध्यक्ष पदको निम्ति लेखक कमल अधिकारीलाई प्रस्ताव राख्नु भएको थियो । सो प्रस्तावलाई बहुमतले पारित भएको थियो ।

भुवन देवकोटाले सो कार्यक्रमको संयोजकको भुमिका निभाउनु भएको थियो । देवकोटाले अरु पदाधिकारीहरुको निर्णाकको लागि प्रस्ताव राख्नुभएको थियो । सो बैठकले सह–अध्यक्ष भुवन देवकोटा र दिनेश श्रेष्ठ, प्रदेश नम्बर ३ बाट उपाध्यक्ष समय कुमार रम्तेल, कोषाध्यक्ष मार्था राई, महासचिव तुलसी श्रेष्ठ, विदेश प्रमुख प्रकाश विसुन्खे, विदेश उप प्रमुख रेणु वाईबा, प्रचार प्रचार प्रमुख विश्वास थापालाई चयन गरेको छ । थप अरु पदाधिकारी  तदर्थ समितिले चयन गर्नेछ जानकारी अध्यक्ष कमल अधिकारीले वचन पत्रिकालाई बताउनु भयो ।

अध्यक्ष कमल अधिकारीले वचन पत्रिकालाई के प्रतिक्रिया दिनुभयो त हेर्नुहोस् ।

Photo: Makal Rai Bantawa

Video: Rajesh Panta

Related Articles

Back to top button