ख्रीष्टिय जनप्रतिनिधिहरूको भूमिका

ख्रीष्टिय जनप्रतिनिधिहरूको भूमिका
वर्तमान र भविष्यका ख्रीष्टिय जनप्रतिनिधिहरूप्रति समर्पीत
—पा.चन्द्र श्रेष्ठ
नेपाल सुसमाचारीय मण्डली,भक्तपुर

बधाई, शुभकामना दिन कहिल्यै ढिला हुन्न, बित्दैन, त्यसैले हाम्रो सम्पूर्ण देश र जनताको सेवाको निम्ति बिजयी हुनुभएका ख्रीष्टियन न.स.स., गा.स.स., वडाध्येक्ष, गा.पा. उपाध्येक्ष, अध्यक्ष, न. पा. उपमेयर सबैलाई सम्पूर्ण नेपाली ख्रीष्टियन दाजुभाई, दिदी बहिनी, समाज, समुदाय सबैका तर्पmबाट धेरै धेरै बधाई र शुभकामना छ । तपार्ईंंहरू जो बिजयी भएर जनता र देशको सेवा गरिरहनु भएको छ, हामी सबैका तर्पmबाट प्रार्थना सहित तपार्ईंंको सेवा अवधिको पूर्ण रूपमा आशिषमय तरिकाले सफलताका लागि केहि सुझावहरू राख्दैछु ः
म राजनीतिकर्मी होईन, तर अहिलेसम्मको मेरो देखाई, भोगाई, अध्ययनका आधारमा राजनीति भन्नाले देश, जनता र आप्mनै विवेकप्रति पूर्ण रूपमा समर्पित र जवाफदेहि भएर जनता र देशको सर्वाङ्गिण र सकारात्मक रुपान्तरणको एउटा सामाजिक प्रकृया हो । तर ख्रीष्टियन भएर राजनीति गर्ने र सार्वजनिक पद धारण गर्नेहरूका लागि भने यो परिभाषालाई अलिकती अझ परिमार्जन गर्नुपर्ने हुन्छ जो यस्तो हुनसक्छ ः परमेश्वरको वचन बाइबल धर्मशास्त्रमा आधारित अत्यन्तै आधारभूत मूल्य, मान्यता र शिक्षाका आधारमा ( द्यष्दष्अिब िऋयचभ ख्बगिभक) व्यक्ति, समाज, जनता र देशको सकारात्मक र सर्वाङ्गिण रुपान्तरणका लागि परमेश्वर, मण्डली, जनता र देशप्रति पूर्ण रूपमा जवाफदेहि र समर्पित भएर लाग्ने एउटा सामाजिक प्रकृया हो । यी दुबै परिभाषाहरूमा चाहे ख्रीष्टियन होस् चाहे अख्रीष्टियन राजनीतिज्ञ किन नहोस् कहिल्यै कुनै पनि अवस्थामा भावनात्मक हुनु, बदलाको भावनाद्वारा निर्देशित हुनु, कुनै पनि खालका निहित, लुकेको व्यक्तिगत स्वार्थद्वारा तपाईंका कृयाकलापहरू दृष्य अदृष्य रूपमा निर्देशित हुनु, अहंपनाद्वारा निर्देशित हुनु आदि तपाईंका लागि निश्चय पनि घातक कुराहरू हुन् । अर्को कुरा ख्रीष्टियन राजनीतिकर्मीहरूले कहिल्यै पनि मण्डलीलाई ुप्रयोगु गर्न खोज्नुहुन्न, तर मण्डलीको अधिन, सरसल्लाह, साथ, परामर्श, प्रार्थना, सहयोग लिएर जस्तोसुकै प्रतिकूल अवस्थाहरूमा पनि कुनै पनि किसिमले हाम्रा आधारभूत शिक्षा, मूल्य, मान्यता, दर्शन, जिम्मेवारीका बिरुद्ध सम्झौता नगरी मण्डलीको पक्षमा उभीन सक्नुपर्छ । किनकि एकातिर मण्डली राजनैतिक ईकाइ होईन र कुनै पनि तरिकाले राजनीतिमा लाग्दैन, तर प्रभावशाली र प्रतीभाशाली ख्रीष्टियन मूल्य, मान्यता र नैतिकतामा उभीएर जनता, समाज र देशको निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीहरू र देशका सच्चा पहरेदारहरू भने तयार गर्नसक्छ भने अर्कोतिर मण्डली भएकोले नै अहिले तपाईं जहाँ जे जस्तो अवस्था, स्थान र आहोदामा हुनुभएको हो । यदि मण्डली नहुनु हो भने तपाईं पनि हुनुहुन्न र तपाईं पनि अहिलेको स्थान र अवस्थामा पुग्नुहुन्न । अर्को शब्दमा, तपाईं मण्डलीको लागि हो र तपाईंको लागि मण्डली होईन ।
१. एकदम होशियार हुनोस् कि तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यहाँ सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायको प्रतिनिधित्व गरिरहनु भएको छ र त्यसो गर्न त्यस ठाउँमा तपाईंलाई परमेश्वरले पुयाउनु भएको हो एकातिर र अर्कोतिर तपाईं परमेश्वरको वचन, मण्डली र तपाईंको भविष्य र साक्षी प्रति पनि उतीकै चनाखो रहनुपर्छ । हिब्रू १२ ः १(३ ।
२. याद गर्नोस्, पहिला तपाईं नेपाली, त्यसपछि बिश्वासी र त्यसपछि मात्र निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । तपाईं जहाँ जे जस्तो ओहदा, जिम्मेवारीमा हुनुहुन्छ, तपाईंले सम्पूर्ण नेपाली इसाई समुदायको प्रतिनिधित्व गरिरहनु भएको हुनाले राम्रो गरे सबैको राम्रै साक्षी बस्छ, नराम्रो गरे सबै बिश्वासीको बदनाम हुन्छ । किनकि इसात्वमा वचनको शिक्षानुसार तपाईं जहाँसुकैको जो सुकै हुनु भए तापनि सम्पूर्ण नेपाली इसाई परिवारको अभिन्न र अबिभाजित भाग, खण्ड (यूहन्ना १ः१२) हुनुभएकोले यो कुरा निकै महत्वपूर्ण हुन्छ नै । तपाईंले सार्वजनिक पद धारण गर्नु भएकोले अब तपाईंको व्यक्तित्व पनि सार्वजनिक रुपमै प्रर्दशनीमा राखिएको व्यक्तिको रूपमा तपाईंलाई हेर्ने भएकोले सोहि बमोजिम बलियो रूपमा साक्षी जोगाएर आप्mनो सरस र सरल शब्द, बोली, व्यवहार सहित नम्रतापूर्वक सेवा प्रदान गरेर अरु भन्दा आधारभूत रुपमै फरक हुनु अत्यावश्यक छ, किनकि तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ स–साना ख्रीष्टको रूपमा परमेश्वरले राख्नु भएको सत्यता कहिल्यै नबिर्सनुस् र हरेक सेवाग्राहिहरूले तपाईंका हरेक बोली, सेवा, सरसल्लाह, परामर्श, भाषण आदिमा ख्रीष्टलाई प्रत्यक्ष रूपमा देख्नपाउनुपर्छ । यसरी जीउनु गाह्रो हुन्छ, तर तपाईंलाई परमेश्वरले उक्त पदमा राख्नुको कारण यहि हो र तपाईंले परमेश्वरको वचन र तपाईंको भविष्य लगाएत तपाईं जस्तै भविष्यका नयाँ जन्म र उद्धारको अनुभव पाएका अरु ख्रीष्टियनहरूका लागि यस्तै सेवाका लागि निकै फराकिलो मैदान तयार गरिदिनुपर्छ ताकि तपाईंहरू जस्तै यसरीनै सेवा गर्ने हृदय भएकाहरूले अर्को पटक सयौँले उच्च उचाईसम्म पुग्ने मौका पाउन् र अहिले तपाईंहरूले तयार गरिदिनु भएको साक्षीको कारण गाउँ, टोल, समुदाय, समाज र देशकै पूर्ण रुपान्तरण हुनसकोस् । तपाईंबाट परमेश्वरको धेरै काम हुनसक्छ र यो असम्भव छैन, किनकि लाखौँ माईलको सफल यात्रा पहिलो पाईलाबाटै शुरुहुन्छ । सम्भवतः तपाईंहरू नै पहिलो औपचारिक सार्वजनिक पद धारण गर्ने निर्वाचित ख्रीष्टियन जनप्रतिनिधि हुनुहुन्छ होला जसको जनताका दुःख, पीरमर्कासँग प्रत्यक्ष सरोकार राखेर केहि ठोस सेवा गर्ने हैसियतमा हुनुहुन्छ । यसका साथै आप्mनो प्राथमिक, सहि र ठोस् पहिचानकै वास्ता नगरी गुम्ने, हराउने किसिमले काम, कुरा, बोली, व्यवहार गर्न थाल्नु भो भने त्यहि नै तपाईंको पतनको पहिलो खुड्किलो हुनसक्छ । यसैले तपाईंको पहिलो जिम्मेवारी साक्षी र त्यसपछि सेवा हुनुपर्छ । रोमी १२ ः ३(८ ।
३. तपाईंलाई परमेश्वरले त्यतीकै बिनासीत्ती जीताएर जिम्मेवारीको त्यस ठाउँमा पुयाउनु भएको हुँदै होईन, निश्चय पनि एउटा ठूलो, निश्चित, गम्भिर उद्देश्यसाथ जीताउनु भएको हो र सो उद्देश्यका बारेमा राम्ररी सुस्पष्ट रूपमा बुझेर सेवा गर्नाले तपाईं लगाएत अरु हजारौँ हाम्रा प्रभुका जनहरूले भविष्यमा मौका पाउनु हुनेछ । यो किन महत्वपूण छ भने तुलनात्मक रूपमा कुनै पनि पूर्णकालीन सेवक सेविकाहरूका भन्दा तपाईंको प्रभावको दायरा निश्चय पनि निकै फराकिलो र व्यवहारिक हुन्छ, किनकि हामी मानिसहरूकहाँ जानुपर्ने खालका मान्छे हौँ भने काम लीनका लागि तपाईंकहाँ मान्छे आउँछन् । यो तपाईंका लागि ठूलो मौका हो ।
४. हाम्रो आशा, प्रार्थना, चाहना र साथ छ तपाईंहरू भविष्यमा अझ उच्च ओहदामा पुग्नोस्, तर यो कुरा हामीले चाहिँ दिएर मात्र हुन्न, अहिले परमेश्वरले दिनुभएको मौकालाई के कस्तो नियत, मनसाय र उद्देश्यद्वारा निर्देशित भएर प्रयोग गर्नुभएको छ त्यसले तपाईंको भविष्यलाई धेरै हदसम्म निर्धारण गर्छ, किनकि लीग छाड्ने बित्तीकै रेल दुर्घटनामा परिहाल्छ । ख्रीष्टियनहरूले गर्ने राजनीतिको मूल मियो नै बलिदानात्मक सेवा हो, जो कुनै पनि आस्था, निष्ठा, रङ्ग, वर्ण, जात, भाषा, लीङ्ग आदिको आधारमा कसैलाई कुनै पनि किसिमले पक्षपात, भेदभाव राख्दै नराखी शुद्ध, चोखो, सफा मनले नियमसम्मत र नैतिक रूपमा चोखो रहेर जवाफदेहिताको सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेर परमेश्वर र उहाँको वचनको शिक्षाको जगमा उभिएर सेवा गर्नुपर्छ । यस सन्दर्भमा तपाईंका बारेमा अरुले के गरे र के भने भन्ने कुरा जहिले पनि गौण हुन्छ र बनाउनु पर्छ । कुकुर भुकीरहन्छ, तर हात्ती लम्किरहन्छ ।
५. अन्यथा नसम्झिदिनोस् । कोहि पनि सबै कुरा, काम र व्यवहारमा शिद्ध र पोख्त हुन्नन् र नहुने भएकोले यस सन्दर्भमा मेरो एउटा सानो सुझाव छः कृपया सबै निर्वाचित ख्रीष्टियन जनप्रतिनिधिहरूले तपाईंलाई दिलैदेखि सच्चा माया गरेर तपाईंको उज्वल, सफल भविष्य देख्न चाहाने, वचनमा आधारित छलकपटरहित सरसल्लाह, परामर्श र सुझाव दिनसक्ने एक आदरणीय आत्मिक व्यक्तित्व जसको स्वच्छ छवि छ, तपाईंको मनले खाएका प्रभुका एक सेवकलाई आप्mनो सल्लाहकार (ःभलतयच) बनाउनोस् ताकि तपाईं दुबिधामा पर्दा, डर, पिर मर्का चीन्तामा पर्दा, चोट पर्दा, निरास हुँदा, दुःख, अन्यायमा पर्दा, नराम्ररी काम कुरा बिग्रनजाँदा, गल्ती हुँदा एक असल प्रभुका दास सेवकको हैसियतले परमेश्वरको वचन अनुसार साक्षी जोगाएर स्थिरतापूर्वक कसरी अगाडि बढ्न पर्ने हो भन्ने बारेमा आप्mनै छोराछोरीका रूपमा सकारात्मक, आत्मिक, रचनात्मक र वचनसम्मत सरसल्लाह, सुझाव, उत्साह, साथ, मार्गनिर्देशन गरेर तपाईंलाई थामोस् । यस्तो व्यक्तिलाई तपाईंले जहिले पनि आप्mनो नजिक, वरीपरी नै मान मर्यादा सहित राखीरहनु तपाईंकै हितमा हुन्छ । र तपाईं आप्mना तोकिएको जिम्मेवारी निभाउने क्रममा कतै कुनै साक्षी बिग्रने र वचन विपरित गल्ती हुन नपाओस् (हितोपदेश १५ ः १०, २१,२२) ।
६. अहिलेको तड्कारो र खास आवश्यकता भनेको सिद्धान्तको खीचातानी नभई शब्द, साक्षी र समाजको सेवाद्वारा परमेश्वरको जीवनपरिवर्तनकारी प्रेमलाई जीवन्त रूपमा प्रस्तुत गर्नु हो । किनकि अहिलेको अवस्था भनेको सार्वजनिक पद धारण गरेका, निर्वाचित ख्रीष्टियन जनप्रतिनिधि र राजनीतिकर्मीहरूले नेपालको जस्तो उराठ, बैरागलाग्दो स्वार्थी, कानूनी राज्यको उपहास भैरहेको व्यक्तिमुखी भएर चलीरहेको राजनीति र प्रशासन जहाँ नीति र निष्ठाको खडेरी लाग्दो अवस्थामा देश, जनता, राष्ट्रिय स्वाभीमान, भौगोलीक अखण्डता, सार्वभौमिकता, आदिलाई मुटुको माझमा राखेर यी कुराका बिरुद्धमा कुनै पनि सम्झौता कसैसँग नगरी उज्वल, जीउँदो र विश्वसनीय आशाले देश र जनमानस सिँचीत गरिदिनु हो । १ कोरिन्थी १०ः३१ र कलसी ३ ः १७ ।
७. तपाईंले कहिल्यै कुनै पनि कुराका लागि कसैसँग चाहे जस्तोसुकै व्यक्तिगत लाभ हुने कुरा किन नहोउन्, ख्रीष्टिय विश्वदृष्टिकोण (ऋजचष्कतष्बल ध्यचमिखष्भध) भत्किने, कुरुप, धुमिल हुने र भ्रष्ट हुने खालका सम्झौता गर्दैनगर्नुस् । तपाईंको पद, जिम्मेवारीसँग सम्बन्धित कुनै पनि औपचारिक र कार्यालयसँग सम्बन्धित काम कुराहरू गर्दा कुनै पनि किसिमले ख्रीष्टिय बिश्वदृष्टिकोण विरुद्ध जाने गरी कुनै पनि बस्तु, व्यक्ति, बिषय र कुरासँग कहिल्यै पनि सम्झौता गर्दै नगर्नोस् । जुनसुकै मूल्यमा पनि ख्रीष्टिय विश्वदृष्टिकोण र आधारभूत ख्रीष्टियन मूल्य, मान्यताकै आधारमा जीउनु र काम गर्नुपर्छ । यदि यसमा असफल हुनु भएमा एकातिर सारा नेपाली ख्रीष्टियन समुदायको बदनाम हुन्छ भने अर्कोतिर तपाईंबाट हुनसक्ने लाखौँको उद्धार हुनसक्दैन । साथै भविष्यमा अरु राष्ट्रसेवक ख्रीष्टियन अभियन्ता र राजनीतिकर्मिहरूले कहिल्यै मौकै नपाउने अवस्था आउनसक्छ ।
सार्वजनिक पद धारण गर्नुभएका परमेश्वरका जनहरूका लागि केहि आधारभूत बाइबलीय सुझावहरूः
१. सरकार वा शासन कुनै पनि कुराको आधारमा कसैलाई भेदभाव नराखी पूर्ण रूपमा पक्षपातरहित तरिकाले नागरिकको हित, कल्याण, उन्नति, बृद्धि बिस्तारका लागि परमेश्वरले राख्नु भएको संस्था हो । उत्पति ९ः६, रोमी १३ अध्याय र १ पत्रुस २ ः १३, १४ । त्यसैले सरकार वा शासकले बाइबल बमोजिम नागरिकका पक्षमा अविभावकको भूमिका निर्वाह गर्नुपर्छ र हरेक निर्वाचित जनप्रतिनिधिहरूले पनि यसैको आधारमा जनजीविकासँग सरोकार राख्ने सम्पूर्ण कुराको व्यवस्थापन, प्रशासन, वितरण यसै सिद्धान्तको आधारमा गर्नु गराउनुपर्छ ।
२. संसारका सम्पूर्ण अधिकारको एकमात्र मूख्य श्रोत सम्पूर्ण कुराका सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्छ, त्यसैले सबै तहका शासक प्रशासकहरू उहाँप्रति पूर्ण रूपमा जवाफदेहि हुनैपर्छ । किनकि देश र जनताका हित, उन्नती, बृद्धि, शान्ति, विस्तार र कल्याण्का लागि आवश्यक सम्पूर्ण श्रोत साधानहरू र यसका निरन्तरताका लागि आवश्यक प्रबन्ध सबै परमेश्वरले नै मिलाईदिनु भएको हो । जस्तै हावा, पानी घाम, माटो लगाएत विविध जैविक पदार्थहरू । त्यसैले होला जर्ज वाशीङ्गटन भन्नुहुन्छ,स्वर्गबाटको कृपालु मुश्कान त्यस्ता देशहरूमाथि मात्र वर्षन्छ जसले अनन्तको शासन व्यवस्था र अधिकारको बेवास्ता गर्दैन जो स्वर्गबाटनै अभिषेक गरिएको हुन्छ । तपाईंका लागि कोल्सन नामक अर्का एक व्यक्तिको भनाई पनि राखौँ जसले पक्कै पनि उत्साहित तुल्याउनेछ, विश्वासीहरूले सकेसम्म उत्कृष्ट ढंगले आप्mना सबै कत्र्तव्य पूरा गर्नुपर्छ । जे जती गरे पनि परिवर्तन नआएको जस्तो भान परे तापनि र ख्रीष्टिय मूल्य मान्यता सार्वजनिक रूपमा स्थापित गर्न नसके तापनि हामीले बुभ्mनुपर्छ हाम्रो सेवाको मापदण्ड सफलता होईन, विश्वासयोग्यता हो । हितोपदेश ८ः१५,१६ ।
३. सम्पूर्ण राष्ट्रिय जीवनको अधिकारको श्रोत परमेश्वर नै हुनुहुन्छ (व्यवस्था २६ ः १९, भजन ८६ः९, प्रेरित १८ ः २४(२६), विश्व इतिहास निर्माणको प्रकृयासंगै परमेश्वरले कुनै खास देशलाई आप्mनो समयमा अस्तित्वमा ल्याउनुहुन्छ (प्रेरित १७ ः २६) र परमेश्वरलेनै कुनै पनि देशलाई आधिकाररिक भौगोलीक सिमाना दिनुहुन्छ ( प्रेरित १७ ः २६) ।
४. त्यसकारण कुनै पनि राष्ट्रलाई उहाँले कुनै पनि समयमा आप्mनो राजकीय न्यायीक अधिकार बमोजिम कुनै सौभाग्य दिनुहुन्छ त कुनै बेला खोस्नु पनि हुन्छ (यर्मिया १८ ः ७ देखि १०), परमेश्वरसँग मात्र कुनै पनि देशलाई उसको धार्मिकता अनुसार ईनाम र पाप अनुसार दण्ड दिने अधिकार छ, किनकि उहाँ नै संसारका सम्पूर्ण देशहरूका सृष्टिकर्ता हुनुहुन्छ (व्यवस्था ६ ः १ देखि ३ र ८ः१) ।
५. कुनै पनि देश र त्यसका शासक, प्रशासकहरूको जीवन सिधै परमेश्वरद्वारा नै संचालीत र नियन्त्रीत हुने भएकोले सिद्धान्तः यी कुराहरू परमेश्वरका भएकाले कुनै पनि तह र तप्काका अधिकारीहरूले उहाँको आज्ञा पालन गर्नुपर्छ (रोमी १३ ः १,२) र देशका जनताद्वारा चुनीएर बनाईएका सरकारको संरचना, संविधान, यस बमोजिमको अधिकारको वितरण र व्यवस्थापन परमेश्वरद्वारा सृजिएका मानिसहरूका संरचना र व्यवस्थापन हुन् (१ पत्रुस २ ः १३,१४) ।
६. सार्वजनिक पद धारण गर्ने सबै तहका अधिकारीहरू परमेश्वरप्रति जवाफदेहि र विश्वासयोग्य हुनुपर्छ, किनकि उनीहरूलाई विवेक, समझ, चेतना र भावना दिएर उहाँलेनै सृजनु भएको हो (रोमी १३ः४(६ र १ पत्रुस २ ः १३, १४) । त्यसैले अरु कसैलाई नभई सक्षम, सचेत, परमेश्वरको डर मान्ने र सबैलाई न्यायोचीत तरिकाले नेतृत्व दिन सक्नेलाई मात्र यस्तो पदमा उठाउनु पर्छ (प्रस्थान १८ः२१ र २ शमूएल २३ ः २,३) । अनैतिक, गलत र दुष्ट मानिसलाई यस्ता पदमा पुयाए दुष्टता, भ्रष्टता, अन्याय, अधर्म र अपराधले प्रश्रय पाउँछ (भजनसंग्रह १२ ः ८) ।
७. सम्पूर्ण सार्वजनिक पद धारण गर्ने अधिकारीहरूले परमेश्वरको वचन र व्यवस्थाबाट सिक्नैपर्छ, पालन गर्नैपर्छ, नत्र दुष्टता र भ्रष्टताले सिमाना नाछ (भजनसंग्रह २ ः १० देखि १२) । त्यसैकारण यी अधिकारीहरूले परमेश्वरद्वारा प्रकाशीत व्यवस्थाको पुस्तक, पवित्र धर्मशास्त्र बाइबलको अध्ययन, मनन र यसैद्वारा निर्देशित हुनु अत्यावश्यक छ (व्यवस्था १७ ः १८(२०) । र अन्तमा,
८. न्याय र परमेश्वरलाई प्रेम गर्ने अधिकारी र शासकहरूले देशलाई सधैँ उज्यालो बनाईराख्छन्, शान्ति र सम्बृद्धितिर डोयाउँछन् र जनता डर, अनिकाल, अन्याय, असमानता, पाप, अधर्म र अपराधको शिकार भएर बाँच्नु पर्दैन । २ शमूएल २३ ः ३, ४ ।
परमेश्वरले सम्पूर्ण निर्वाचित ख्रीष्टिय जनप्रतिनिधिहरूलाई परमेश्वर र उहाँको प्रेम, सत्यता र शक्ति शब्द, साक्षी र सेवाद्वारा छर्लंग पारेर नेपाललाई आशिषमय बनाएर उहाँको महिमा गर्न अनुग्रह गरुन् । आमेन ।

Related Articles

Back to top button