आमुल परिवर्तन पार्टीले समस्त ख्रीष्टियन समुदायल भोट हाल्न आवहान

केही समय अघि ५, ६ वटा ख्रीष्टियन पार्टीहरु क्रियासिल थिए । पछिल्लो सयममा समानुपातिक सिट प्राप्त एक सासंद बामसँग मिलेपछि आमुल परिवर्तन पार्टी नेपाललाई बाटो खुलेको जस्तो देखिएको छ ।
वचन पत्रिकालाई सो पार्टीका अध्यक्षसँग भेटघाटमा भएको थियो । सो भेटमा प्रत्यक्ष र सामानुपातिकमा सबै नेपाली र ख्रीष्टियनहरुको साथ भएमा जित्ने सक्ने प्रवल सम्भावना रहेका छ भनी दावी गर्नुभयो । अरु पार्टीमध्ये यो नै ईश्वरको भय मान्ने पार्टी भएकाले देशमा आमुल परिवर्तन ल्याउने उल्लेख गर्नुभयो । एकपटक जिताएर हेर्नुहोस यसले येशूले जस्तै मानवहितको निम्ति कार्य गर्न नछोड्ने अध्यक्ष भरत गिरीका दावी रहेको छ ।
आउदो १० गते देशमा पहिलो चरणमा आम निर्वाचन हुँदैछ । यस पार्टीले प्रत्यक्ष र समानुपातिकमा आफ्ना नेताहरुलाई उठाएका छ । नेपालीहरु भारतमा कुल्ली काम गरेका, दिदीबहिनी बेचिएका र चरम बेरोजगारी चर्चा गर्दा उनको आँखा रसाएको थियो । असल कार्य गर्न खोज्दा पनि हाम्रा मानिसले साथ नदिएकोमा उनको आरोप थियो । यस्ता वाधाहरुलाई चिर्दै जाने उनको सकारात्मक सोचले यहाँसम्म आएको बताउँनु भयो । पछिल्लो समयमा ख्रीष्टियनहरुका आवाजहरुलाई दवाउने फौजदारी कानूनलाई भोट दिएर जिताएमा पल्टाउने उनको दावी थियो ।

मतदाताहरु र विशेष ख्रीष्टियन समुदायलाई पानको पात चित्रमा भोट दिएर सहयोग गरिदिन हार्दिक अनुरोध समेत अध्यक्षले गर्नुभएको थियो ।

Related Articles

3 Comments

  1. May God lead to AP party to lead godly nation to redeem darkness to light in Nepal in Jesus Christ sake.without living active role there is no other way to speak the truth in Divine Love.Gid be with such Radical changes party to teach in high goal as Christ will and His plan.Glory to father and His beloved son Jesus Christ john17:3;20:30-31. 8:12;32

Back to top button