क्रसवे कन्सर्ट जमल नाच घरमा हुँदैछ

नेपाली इसाईका चर्चित गायक एड्रोन देवानले नोभेम्बर २५ (भोली शनिवार) का दिन भब्य सांगितिक कार्यक्रम गर्दैछन् । क्रसवे चर्चको प्रस्तुती रहेका सो कार्यक्रममा देवानले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । गायक देवानलाई विभिन्न कलाकारहरुको साथ रहनेछ ।
काठमाडौं राष्ट्रिय नाच घर जमलमा दिउँसो २ बजे हुने जानकारी प्राप्त भएको छ । बिभिन्न चर्चहरु लगायत संस्था र व्यक्तिहरुले यस कार्यक्रमको टिकटहरु बेचेर सहयोग गरिरहेका छन् । सो कार्यक्रमलाई आराधना र कन्सर्टको नाम दिएको छ । उल्लेखनिय दर्शकको साथ पाउनेमा आयोजकको विश्वास रहेको छ । उठेको रकम चर्च निर्माणको लागि जाने क्रसवे चर्चका पास्टर अरबिन पोखरेलले बताउनु भयो l

Related Articles

Back to top button