मेरो छोरोले नया जीवन पायो ।

म कौशिला राई हु  । जन्मस्थल घर भोजपुर जिल्ला अन्नपूर्ण गा.वि.स. पाटिगाउँ हो । अहिले ललितपुरको कुसुन्तीमा बस्छु । ललितपुरको नख्खुको एलबेथल मण्डलीमा जान्छु । मेरो जीवन कथा यो पुस्तकको माध्यमबाट बाँड्न गइरहेकी छु ।

म मेरो पुखौंली धर्म किराँतीमा नै जन्में र हुर्कें । मेरो मामाघर नागी हो । सानैदेखि मामाघरमा बसें । विस्तारै हुर्कदै र बढ्दै गएँ । मेरो मावालीमा नै किराँती परम्पराअनुसार (गुन्यु चोली) कर्म चलाई दिनुभयो । मेरो १९ वर्षमा खावा केराबारी वाबुं·लामा विवाह भयो । श्रीमान््् पहिलादेखि नै काठमाडौंमा जागिर गर्दै बस्नुहुन्थ्यो । विवाह गरेको केही समयपछि उहाँ काठमाडौंमा नै जानुभयो । मचाहिँँ माइतीमा बसें । मेरो छोरी जन्मेको १५ दिनमा श्रीमान््् काठमाडौंबाट आउनुभयो । सासू साह्रो बिरामी हुनुहुन्थ्यो र श्रीमानले भन्नुभयो, “आमा साह्रो बिरामी अवस्थामा हुनुहुन्छ, तर ठीकै छ, तिमी यही बस ।” छोरी २० दिनको हुँदा सासूको मृत्यु भयो ।

म घरमा आएँ । जस्तै भए पनि सासू भनेको सासू नै हुन्छ । घरको सबै व्यवहार मिलाउने र सम्हाल्नेदेखि सम्पूर्ण जिम्मा र घरको मुली नै सासूको हातमा हँुदो रहेछ । जब मेरो घरमा सासू बित्नु भयो, तब मेरो घरमा लथालिँ· भयो । मलाई घरको व्यवहार कसरी चलाउने केही पनि थाहा थिएन । म सानैदेखि मामाघरमा बसेकी हँु । जस्तै भए पनि म घरका सबै व्यवहारहरू सम्हाल्न थालें ।

श्रीमान््् काठमाडौंमा बस्ने हुनाले दशँै—तिहार र त्यस्तै चाँड—पर्वमा मात्र उहाँ घरमा आउनुहुन्थ्यो । घरमा आउँदा केही खानेकुराहरू मात्र ल्याएर आउनु हुन्थ्यो । खासै रूपैयाँपैसाहरू पनि मलाई त्यति दिनु हुन्नथ्यो, तर ससुराचाहिँँ मेरो छोराले कमाएको रूपैयाँपैसाहरू सबै बुहारीलाई दिन्छ, र मलाई दिदैन भन्नुहुन्थ्यो । मलाई मन पराउनु हुन्नथ्यो । सधैं गन्गन् मात्र गर्नुहुन्थ्यो ।

मेरो दोस्रो छोरो भयो । छोरो ११÷१२ महीना भएपछि साहै्र साह्रो बिरामी भयो । त्यस समयमा वर्षाको बेला थियो । म पानी झरीमा पनि छोराछोरीलाई छोडेर मेलापातमा
जान्थें । त्यो समयमा त मेरो छोरालाई चिसो गाडीएर निमोनिया भयो । खोक्दा पनि बाख्राको पाठो जस्तो खोक्थ्यो । केही खानेकुराहरू खुवाए पनि उल्टि गरिहाल्थ्यो । धामी झाँक्रीलाई फुक्नु लगाउँदा पनि वाचिम्ले खोलाको दोख लागेको भन्ने के लागेको भन्ने, छोरो दिनदिनै साह्रो भयो ।

भोजपुर अस्पतालमा देखाउन लगें । डाक्टरले भन्नुभयो, “यो बिरामी साह्रो भइसकेको छ । धरान घोपामा कि काठमाडौंमा लैजानुहोस् ।” यो खबर मेरो श्रीमानलाई भने त्यसपछि उहाँले काठमाडौं मै आउने सल्लाह दिनुभयो ।

मेरो पहिलाको नानी छोरी हो । गाउँघरमा हो, छोरी पायो भनेर मलाई हेला गर्नुभयो, तर पछि दोस्रो नानीचाहिँँ छोरा भएकोमा म मात्र होइन मेरो सबै परिवारहरू खुशी हुनु भएको थियो । सिकिस्त अवस्था देख्दा मलाई साह्रै पीर लाग्यो । यदि केही भइगयो, भने बल्लबल्लको र रहरको छोरो हो । त्यसबेलामा प्रभुमा विश्वास गरेकी थिइन । मेरो छोरो दिनदिनै गाह्रो भइरहेको थियो । छोरोलाई हेर्थे । छोरो मेरो साथमा रहन्छ कि रहन्न ? यो मेरो छोरोलाई मैले यति कै माया मार्नुपर्छ भन्ने लाग्थ्यो ।

भाइले पैसा खोजेर प्लेनको टिकट काटिदियो र छोरो लिएर म काठमाडौंमा थप उपचार गर्नको लागि आएँ । अस्पतालमा पुग्नसाथ मेरो छोरोलाई भर्ना लियो । त्यस बेला सम्ममा मेरो छोरोको अवस्था एकदम नाजुक भइसकेको थियो । डाक्टरले मेरो श्रीमानलाई भन्नुभयो, “यदि एकदिनमात्र यो नानीलाई ल्याउन ढिलो भएको भए जे पनि हुनसक्थ्यो ।” तर के गर्ने गाउँघरमा हो । सुविधा छैन । औषधीहरू र राम्रो अस्पताल छैन । मलाई पनि त मेरो छोरोको त्यस्तो अवस्था भएसम्म राख्न त मन कहाँ थियो, र त्यो मेरो बाध्यता थियो ।

त्यो समयमा श्रीमानलाई पाटन अस्पतालको विदेशी डाक्टरले सुसमाचार सुनाएर विश्वास गर्नु भएको थियो । मलाईचाहिँँ केही थाहा थिएन । ती विदेशीहरू अस्पतालमा आएर छोरोको लागि प्रार्थना गरिदिनुभयो र वास्ता पनि गर्नुभयो । यो देख्दा मलाई अचम्म लाग्थ्यो । को हो… को हो… नचिनेको मानिसलाई यति धेरै वास्ता ¤ मलाई काठमाडौंको ठाउँमा केही थाहा थिएन । कोही पनि चिन्दिन थिएँ । अस्पतालको गेटसम्म जान्थें, त्यसपछि फर्किन्थें । खानेकुराहरू पनि मेरो श्रीमानले अस्पतालमा नै ल्याइ दिनुहुन्थ्यो । केही दिनपछि छोरोलाई अस्पतालबाट डिस्चार्ज भयो । त्यसपछि हामी श्रीमानको कोठामा गयौं । यसरी मेरो छोरो निको भयो ।

केही महीना काठमाडौं बसेंपछि मेरो श्रीमानले मलाई भन्नुभयो । घरमा बुबा मात्र हुनुहुन्छ, त्यसैले तिमी घरमा नै जाऊ । त्यसपछि प्लेनको टिकट काटेर म फेरि भोजपुर घरमा नै फर्कें । अहिले जस्तो भए त म के जान्थें । गाउँघरका र छरछिमेकिको कुरा सुनेर ससुरा मदेखि रिसाउनु भयो । म काठमाडौं गएकोमा उहाँ खुशी हुनुहुन्नथ्यो, र उहाँले भन्नुभयो, “श्रीमानलाई भेट्न मन लाग्यो र छोरो बिरामी भयो भनेर बाहना बनाएर काठमाडौं गएको हो ।” यदि यसरी उहाँको नातिलाई काठमाडौं लगेर थप उपचार नगरेको भएमा नाति भन्न पाउनु हुन्नथ्यो ।

यसरी म केही समय म गाउँमा बसें । त्यसपछि म काठमाडौंमा मेरो श्रीमान््् भएकै ठाउँमा आएर बस्न थालें । फेरि मेरो छोरोलाई पहिलाकै बिमार बल्झ्यो । श्रीमानले भन्नुभयो, “तिमी पनि प्रभुलाई ग्रहण गर । दुई खाल्को भएर बस्नु हुँदैन ।” उहाँले मलाई डर पनि देखाउनुभयो । त्यसपछि मेरो श्रीमान््् सानेपाको आराधना मण्डली जानु हँुदोरहेछ । म पनि त्यही मण्डलीमा गएँ । त्यसै समयमा मैले परमेश्वरलाई “मेरो प्रभु र मुक्तिदाता” भनी व्यक्तिगतरूपमा प्रभुलाई ग्रहण गरें ।

मेरो छोरोलाई मण्डलीका सबैले प्रार्थना गरि दिनुभयो । विस्तारै छोरो निको भयो । औषधी उपचार गर्नु परेन र खर्च पनि भएन । यो प्रभुको आश्चर्य काम देख्दा मलाई प्रभुमा विश्वास लाग्यो । प्रभुको प्रेम मैले थाहा गर्दै गएँ । पहिला पनि त्यो विश्वासी विदेशीहरूको माया र वास्ता देख्दा मलाई अचम्म लागेको थियो । मण्डलीबाट पनि मलाई धेरै माया, वास्ता र फिक्रि गर्नुभयो । त्यो बेलामा मलाई प्रार्थना गरेर सहायता पु¥याउनु हुने सम्पूर्ण प्रभुका जनहरूलाई धेरै—धेरै धन्यवाद दिन चाहन्छु ।

मेरो त्यही मण्डलीमा पानीको बप्तिस्मा पनि लिएँ । अर्को छोरीको पनि जन्म भयो, र छोरीलाई मण्डलीमा नै अर्पण गर्यौ । म निरन्तर मण्डली जान थालें । मैले प्रभुबाट धेरै आशिषहरू पाएकी छु । मेरो ३ जना छोराछोरीहरू बाल संगतिमा बस्न पाए । राम्राराम्रा कुराहरू सिक्न पाए । छोराछोरीका पढाईहरू पनि राम्रै छ । नराम्रो बाटोमा लागेनन् । अरूहरूको छोरा–छोरीहरूलाई हेर्छु । धेरैको बिग्रेका र राम्ररी पढेका छैनन्, तर मेरो नानीबाबुहरूचाहिँँ त्यस्तो भएनन् । मेरो छोरा–छोरीबाट पनि म सन्तुष्टि छु ।

अहिले तिनीहरू सबै जना जागिर खान्छन् । पढाइहरू पनि ३ जनाले मास्टर डिग्री गर्दैछन् । सबै भन्दा मेरो लागि ठूलो आशिष् त मेरो छोरोलाई प्रभुले बचाउनु भयो र मेरो छोराछोरीलाई समयमा नै राम्ररी गाइड गर्न सक,ें र बिग्रीएनन् । यसरी अहिले मेरो जीवनमा प्रभुले धेरै भन्दा धेरै आशिष् दिनुभएको छ । अहिले मेरो श्रीमानले जागिर खानुहुन्न त्यही छोराछोरीले हामीलाई पालेका छन् । प्रभुलाई पाएर खुशी र आनन्दमा छौं । म मेरो प्रभुलाई धन्यवाद दिन्छु ।

Related Articles

Back to top button