स्थानिय मण्डलीबारे बाइबलीय बुझाई

पस्टर प्रेमनारायण भट्टराई,

शक्तिशाली बप्तिस मण्डली, ललितपुर

परिचय :
मण्डलीलाई ग्रीक भाषामा एकलेसिया भन्ने शब्द प्रयोग गरिएको छ । एकलेसियाको अर्थ बोलाइएका वा अलग गरिएकाहरू भन्ने हुन्छ । साधारणतया भण्डली भन्नाले दुई प्रकारका मण्डलीहरू भनि बुझिन्छ । पहिलो विश्वव्यापी जोचाहिँ विश्वास गरेका सम्पूर्ण ख्रीष्टियानहरू हुन् । संसारभरीका विश्वासीहरूलाई विश्वव्यापी मण्डली भनेर चिनिन्छ । विश्वव्यापी भण्डली संसारभरीका विश्वास गरेर उद्धार पाएका विश्वासी मानिसहरूको समूह हो । दोस्रो प्रकारको मण्डली चाहिँ स्थानिय मण्डली हो । स्थानिय मण्डली भन्नाले स्थानिय भूगोलको वरिपरी भएका विश्वासीहरू कुनै निश्चित स्थानमा भेला भएर एउटा स्थानिय नाम वा समूहको नामाकरण गरेर स्थानीय मण्डलीको स्थापना हुँदछ । स्थानीय मण्डली भन्नाले स्थानीय स्थानमा भेला हुने विश्वास गरेर उद्धार पाएका र मण्डलीको सदस्यता प्राप्त गरेका विश्वासी सदस्यहरूको समूह हो ।

मत्ती १६ः१५–१९
१५उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?”
१६सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।”
१७येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो । १८म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली ग्रीक भाषामास् एकलेसिया यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। १९म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।”

स्थानिय मण्डलीको परिभाषा
स्थानिय मण्डलीको परिभाषा जोनाथन लीमेनको पुस्तक चर्च मेम्बरसिपबाट उल्लेख गर्न चाहन्छु । अब येशू ख्रीष्टिमा एकअर्काको सदस्यतालाई आधिकारीक मान्यता दिन र रेखदेख गर्न साथै उहाँको राज्यमा सुसमचार प्रचार र सुसमचारको वीधि पालन गर्न–गराउन स्थानिय रुपमा नियमित भेला हुने विश्वासीहरूको समुह नै स्थानिय मण्डली हो । नयाँ करारमा हेर्दा येशूले मत्तीको सुसमचारमा राज्य अर्थात प्ष्लनमयm ४९ पटक र मण्डली अर्थात् Church २ पटक प्रयोग गर्नुभएको छ । पावलले नयाँ करारको पत्रहरूमा राज्य अर्थात Kingdom १४ पटक र मण्डली अर्थात् Church ४३ पटक प्रयोग गरेका छन् । पुरानो करारमा हेर्दा इस्राएल परमेश्वरका प्रजाहरु भएको एउटा राज्य थियो र त्यहाँ इस्राएलीहरू नागरिक थिए । अहिले पनि स्थानिय मण्डली परमेश्वरको राज्यको प्रतिनिधी मूलक संस्था हो । अझ स्थानिय मण्डलीलाई परमेश्वरको राज्यको दूताबास पनि मान्न सकिन्छ । दूताबासको काम राज्यको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्नु हो । तपाईं विदेशमा हुनुहुँदा तपाईंको राहधानीको म्याद सिद्धियो भने र तपाईंले नेपाल फर्किन सक्नुभएन भने के गर्नु हुन्छ ? नेपालको दूताबासमा गएर नविकरण गर्नुपछ्र्र । दूताबासले नागरिकता दिने होइन तर नागरिक हो भनेर प्रमाणिकरण गर्छ ।

स्थानिय मण्डलीको औचित्य 
मण्डली जाने वा नजाने चाहिँ क्लव वा सेवा पउने÷लिने स्थानमा जानको निम्ति छनौट गरिने विषय होइन । जस्तै उदाहरणको निम्ति तपाईंको गाडीमा पेट्रल सिद्धिएपछि पेट्रोल पम्पमा जानु वा बाइक सर्भिसिङ्गको आवश्यकता परेको समयमा वर्कसप÷ग्यारेजमा जानु जस्तो होइन । यदि कसैलाई मनोरञ्जन चाहिएको बेलामा मनोरञ्जनको निम्ति सेवा सुविधा पाउने बेला क्लवमा जानु जस्तो मण्डली जानु होइन । मण्डलीको आफ्नो उत्तरदायित्व पनि हुन्छ । संसारको कल्व वा सेवाकेन्द्रमा त को आउँछ र को जान्छ भन्ने कुराको लेखा राखिन्छ भने मण्डलीमा यो कुराको अभ्यासको अझ बढी जरूरी छ । तपाईं आफुले उपभोग गर्न जाने रेष्टूरेण्टमा त पैसा तिर्नु पर्छ भने मण्डली प्रति पनि तपाईंको उत्तरदायित्व अझ बढी हुन्छ । स्थानिय मण्डलीले उद्धार पाएको मानिस को हो वा को होइन भन्ने कुराको आधिकारिकता दिँदछ । यो कुरा बुझ्न अलिक गाह्रो छ तर आधारभूत कुरा पनि हो । कसैले भन्न सक्छ के मैले व्यक्तिगत रुपमा विश्वास गरेर उद्धार पाएपछि पर्याप्त छैन त ? पर्याप्त हुन्छ ! तर यसको उत्तरदायित्व कसले वहन गर्छ ?

मण्डली संसारको सबैभन्दा शक्तिशाली शरीर हो]  (The Highest Kingdom Authority on the Earth) ब्गतजयचष्तथ यल तजभ भ्बचतज० । मण्डली परमेश्वरको राज्यको आधिकारिक प्रतिनिधी हो । मण्डलीले एकअर्कालाई राज्यको आधिकारिकता प्रदान गर्दछ । अंग्रेजीमा एउटा चर्चित भनाई पनि छ । ख्रीष्टियानिटी व्यक्तिग हो तर गोप्य कहिल्यै हुन सक्दैन(Christianity is personal but never private) । हामी मण्डलीको रुपमा एउटा समुदायमा जिउँछौं । स्थानिय मण्डली येशूले यस संसारमा दिनुभएको आधिकारलाई संस्थागत रुपमा स्थापित गर्ने अधिकार भएको समूह हो । स्थानिय मण्डलीले यसका सदस्यहरुको आत्मिकी र शारीरिक अवस्थाको विषयमा आवश्यक चासो राख्नुका साथै आफ्नो समूह भित्र को पर्छ र को समुह भित्र पर्दैन भन्ने कुराको लेखा पनि राख्नुपर्छ ।

स्थानिय मण्डलीका अभ्यासहरू 
मण्डलीको निम्ति दिइएको दुईवटा पालना गर्नुपर्ने विधीहरु प्नि छन्– बप्तिसमा र प्रभुभोज । यी दुई विधीहरुको पालनले उद्धारसँग केही सरोकार राख्दैनन् तर यी विधी पालनले उद्धार पाएका र उद्धार नपाएका मानिसको बीचमा सिमाना बनाउँछन् । मण्डलीमा यी बिधीहरू ठीकसँग र अनिवार्य पालना गर्नुपर्छ । यी विधीहरुको पालनाउने मानिसलाई उद्धार गर्ने वा बचाउने काम गर्दैन तर बचाइएका वा उद्धारपाएका मानिसहरुको पहिचान दिन्छ । यसकारण मण्डलीमा प्रभुभोज र बप्तिसमालाई ठीकसँग प्रयोग गरिनुपर्छ । बप्तिसमा येशूले मानिसको उद्धारको निम्ति गर्नुभएको कामको स्वीकारलाई सार्वजनिक रुपमा ग्रहण गर्न मद्दत गर्दछ । बप्तिसमा लिनै पर्छ त ? हो विश्वास गर्नेहरुले पानीको बप्तिसमा लिनै पर्छ ! यहाँ फेरी दोहो¥याउन आवश्यक ठानें बप्तिसमा उद्धार पाउनको निम्ति होइन तर उद्धापाएको कुरालाई सार्वजनिकरण गर्नको निम्ति पानीको बप्तिसमा लिनै पर्छ ।

अब र्ओ पनि प्रश्न गरौं– प्रभुभोज खानै पर्छ त ? विश्वास गरेर बप्तिसमा लिएका मानिसहरूले प्रभुभोज खानै पर्छ ! प्रभुभोले फेरी पनि उद्धार, पापको क्षमा वा स्वर्गीय आशिष दिने होइन तर को मानिस मण्डली भित्र छ र को मानिस मण्डलीमा छैन भन्ने कुराको प्रकट गर्छ । यसैकारण मण्डलीमा अनुशासनको अभ्यास पनि जरुरी छ । जो मानिसले ख्रीष्टियान गवाहीलाई जोगाउन सक्दैन, उसलाई मण्डलीले सुधारिने र पश्चतापन गर्ने मौका दिनुपर्छ तर उसले मण्डलीको सुधारलाई स्वीकार गर्न र अपश्चतापी व्यवहार निरन्तर देखाउँछ भने उसलाई अनुशासनमा राख्न वा शैतानको हातमा सुम्पन येशूले (मत्ती १८ अध्याय) सिकाउनुभयो र पावलले (१ कोरिन्थी ५ अध्याय) पनि त्यही आज्ञा दिएका छन् । अनुशासनमा राखिएको व्यक्तिले प्रभुभोजको अभ्यासमा सहभागिता जनाउन पाउँदैन र यसले ऊ मण्डली भित्र नभएको कुरा बताउँछ । यसकारण प्रभुभोजको सहभागिताले को व्यक्ति मण्डली भित्र र को बाहिरको हो भनेर छुट््यउँछ । एउटा मण्डलीको निम्ति यी दुबै विधीहरूको ठीक प्रयोग वा अभ्यास आवश्यक छ । यदी यी विधीहरू विश्वास गरेका व्यक्तिलाई बप्तिसमा दिने र मण्डलीमा (अर्थात् राज्यमा) सदस्यताको आधिकारिका दिने तथा बप्तिसमा लिएर राज्यको योग्यका भएका हरूलाई मात्र प्रभुभोजमा सहभागिता गराउने गरिएमा यसले मण्डलीलाई स्वस्थ्य र बलियो साक्षी बनाउन मद्दत गर्छ । येशूले बप्तिसमा दिन र लिनको लागि आज्ञा दिनुभएको छ । यसकारण ख्रीष्टको आज्ञाकारिताको निम्ति पनि बप्तिसमा आवश्यक छ ।

स्थानिय मण्डलीको कर्तव्य 
जोनाथन लीमनले चर्च मेम्बरसिप (नाइनमार्क सिरिज) शिर्षकको पुस्तकमा निम्न अनुसार १० वटा कर्तव्यहरू उल्लेख गरेका छन् (पृ.४२–४६) । उक्त खण्डको सारांश मेरो भाषामा यहाँ उल्लेख गर्न चाहन्छुः
१) उद्धारकर्ता र प्रभुको वचनको एकताको निम्ति भेला हुनु । नयाँ करारमा सुरु भएको पहिलो मण्डलीको विश्वासीहरुले जहिले पनि भेला हुँदा येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनि घोषणा गर्दथे । (२ प्रेरित १७ः३, कोर.४ः५, यूहन्ना २०ः३१)
२) विश्वासीहरू साधारणतया एकआपसमा एकतामा बाँधिन्छन् र एउटा स्थानिय मण्डलीको स्थापना हुँदछ तर अन्य स्थानिय मण्डलीहरूसँग जोडिएका हुन्छन् । नयाँ करारमा एक पछि अर्को गर्दै अन्य नयाँ स्थानिय मण्डली थपिएका र ती मण्डलीहरू एक आपमा एकतामा पाउँछौं । जस्तै एफिसी, कोरिन्थी, गलातियाका इलाकामा भएका मण्डलीहरू आदि थिए । यी मण्डलीहरूले एक आपसको खाँचोमा सहयोग गर्ने गर्दथे ।
३) विश्वासीहरुको समूह नै भेला भएर मण्डली कहलिन्छन् । पहिलो शताब्दीमा शाउलले मण्डलीलाई सताए (प्रेरित ८ः३) । बाइबलमा हेर्दा भवन र व्यानर वा लोगो आदिले चर्च बनाउने होइन तर विश्वासीहरूले आफैं नै चर्च बनाउँछन् । मानिसहरूको समूहको नियमित भेला, वचन प्रचार, विधीहरुको प्रयोग र येशूको अधिकारको प्रयोग आदिले मण्डली स्थापना गर्दछ ।
४) आधिकारिक रुपमा स्थापना भएपछि मण्डलीले विशेष शक्ति प्राप्त गर्दछ । स्थानिय मण्डलीमा येशूको शक्तिको उपिस्थिति हुन्छ (१ कोरिन्थी ५ः४) । “येशूले भन्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिइएको छ” (मत्ती २८ः१८) । “जे तिमीहरुले पृथ्वीमा बाँध्छौ त्यो स्वर्गमा पनि बाँधिनेछ…” (मत्ती १८ः१८) ।
५. सधैं इसाई जीवनको पहिलो कदम भनेको बप्तिसमा हो । बप्तिसमा हामी हाम्रो विश्वासलाई सार्वजनिक रुपमा घोषणा गर्दछौं (प्रेरित २ः३८, रोमी ६ः३) । बप्तिसमाले उद्धार दिने वा पापबाट बचाउने होइन तर विश्वास गर्ने मानिसले सार्वजनिकरुपमा मेरो पहिचान अब फरक छ भनेर सार्वजनिक घोषणा गर्दछ ।
६. इसाईहरुलाई संसारबाट अलग हुनको निम्ति आज्ञा दिइएको छ । बाइबलमा संसारसँग सहभागिता नहोओ भनिएको छ । पावलले विश्वास नगर्नेहरुसँग सम्बन्ध राख्दै नराख्नु भनेका छैनन् (१ कोर ५ः९,१०) । तर विश्वास गर्ने र नगर्नेको बीचमा भिन्नता चाहिँ हुनुपर्छ । उदाहरण पुरानो करारमा खतनाको करार जसले अन्यजातीको संसारबाट परमेश्वरका मानिसहरुलाई अलग गरेको थियो । तर अहिले हामी पुरानो करारमा होइन तर नयाँ करारमा जिउँछौं यसको मतलव करार नभएका मानिस होइनौं तर हामी नयाँ करारबाट यो सम्बन्धलाई नविकरण गर्छौं र संसार र हाम्रो बीचमा भिन्नता राख्छौं ।
७. मण्डलीले जीवन र अधिकारले सदस्य विश्वासीको जीवनलाई चलाउँछ र निर्देषित गर्छ । उदाहरणको लागि पहिलो शताब्दिको पहिलो मण्डलीमा विश्वासीहरू प्रेरितहरुको शिक्षामा लागिरहन्थे । आज पनि मण्डलीमा सही शिक्षाको अभ्यास हुनुपर्छ ।
८. मण्डलीको अगुवाहरूलाई आफ्ना बगालको आधिकारिक जिम्मेवारी दिइएको हुन्छ (१ पत्रूस ५ः२) । मण्डलीका आफ्ना बगाललाई आत्मिक रुपमा खुवाउने र स्वस्थ्य राख्ने काम मण्डलीको अगुवाहरूको हो । स्थानिय मण्डलीका अगुवाहरूले आफैं पनि सिक्ने र सक्षम भएर सिकाउन सक्ने हुनुपर्छ । मण्डलीको पास्टर वा एल्डरहरुको काम अन्य मण्डलीका मानिसहरुलाई सिकाउने कुरामा भन्दा पनि आफ्नै बगालका भेडाहरूलाई सिकाउने कुरामा बढी केन्द्रीत हुनुपर्छ ।
९. स्थानिय मण्डलीका सदस्य विश्वासीहरूले आप्mना मण्डलीका अगुवाहरूलाई आदर र सम्मान गर्नुपर्छ । आज्ञाकारिता बाइबलको आधारभूत आवश्यकता पनि मानिन्छ (हिब्रू १३ः१७) । येशूले पनि आज्ञाकारितामा जोड दिनुभयो । येशू आफैं पनि पिताको आज्ञाकारितामा जिउनुभयो र एउटा असल उदाहरण दिनुभयो ।
१०. स्थानिय मण्डलीका सदस्य विश्वासीहरूले गलत शिक्षा र गलत शिक्षा सिकाउने शिक्षक दुबैलाई इन्कार गर्नुपर्छ । पावलले कोरिन्थीको मण्डलीलाई आज्ञा दिए, “तिमीहरुले आप्mनो बीचबाट दुष्टमानिसलाई निकालिदेओ” (१ कोरिन्थी ५ः१३) । आफ्नो मण्डलीमा कसलाई पस्न दिने र कसलाई पस्न नदिने स्थानिय मण्डलीका सदस्यहरुको आफ्नो अधिकार भित्रको कुरा हो ।

स्थानिय मण्डलीको परिभाषा र औचित्यलाई ठीकसँग बुझ्न र बुझाउन नसक्दा स्थानिय मण्डलीमा धेरै विवाद र समस्याहरू आएका हामि देख्छौं । स्थानिय मण्डलीलाई स्वस्थ्य र बलियो बनाउन मण्डलीको अगुवा र विश्वासी सदस्यहरू दुबै उत्तिकै जिम्मेवार हुन्छन् । तपाईंको स्थानिय मण्डलीलाई स्वस्थ्य बनाउने कि रोगी बनाउने तपाईंको हातमा नै हुन्छ । यो लेखले हामीलाई केही आधारभूत र थाहा भएका कुराहरुलाई पुनः स्मरण गर्न सहायता ग¥योहोला मन्ने ठान्छु ।

Related Articles

One Comment

Back to top button